९ जेष्ठ २०८१ बुधबार
image/svg+xml

स्काभेटर पल्टिएपछि सिद्धिचरण लोकमार्ग अवरुद्ध

बीच सडकमा स्काभेटर पल्टिएपछि सिराहा र उदयपुरलाई माथिल्लो सगरमाथासँग जोड्ने सिद्धिचरण लोकमार्ग आइतबार बिहानदेखि अवरुद्ध छ।

स्काभेटर दुर्घटनामा एकको मृत्यु, एक घाइते

शुभकालिका गाउँपालिका १ छातीमा स्काभेटर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने एकजना घाइते भएका छन्।

स्काभेटरमा आगजनी गर्ने पाँचजना पक्राउ

जिल्लाको थुलुङ दूधकोशी गाउँपालिकामा विभिन्न समयमा चार स्काभेटरमा आगजनी गरिएको हो। आगजनी गरेको आरोपमा प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ।

जनस्तरबाट सडक निर्माण, स्थानीयलाई सम्मान

भोजपुरको हतुवागढी गाउँपालिकाले जनस्तरबाट १९ किलोमिटर सडक निर्माण गर्ने स्थानीय बासिन्दालाई सम्मान गरेको छ।

रसुवाका ग्रामीण सडक खुला

वर्षा यामको भेल र पहिरोका कारण बन्द रसुवाका सबै ग्रामीण सडक अहिले खुला भएको छ। जिल्लाका पाँचै गाउँपालिकाभित्र अवरुद्ध रहेका ग्रामीण सडक स्काभेटरको सहायताले खाल्टाखुल्टी पुर्ने र पहिरो पन्छाएर सडक सुधार गरिएको हो।

यसरी भइरहेको छ तिनाउ नदीको दोहन

तिनाउ नदीमा दिनहुँ सयौँ टिपर र ट्र्याक्टर दौडिरहन्छन्। नदीमा एस्काभेटरले निकालेको ढुङ्गा गिटी र बालुवा बोक्न टिपरलाई भ्याइनभ्याइ छ। बिहान उज्यालो भएदेखि रातिसम्म टिपर र ट्र्याक्टरले नदीजन्य पदार्थ ओसारपसार गरिरहेका छन्।

तटबन्धसहितको करिडोर निर्माण सुरु

नवलपरासी (बर्दघाट-सुस्ता पश्चिम) को रामग्राम नगरपालिकाले डुबान र कटान नियन्त्रणलाई प्राथमिकता दिंदै झरही खोलामा तटबन्धसहितको करिडोर निर्माण थालेको छ।

सडक निर्माणको काम अलपत्र पारेका ठेकेदारको स्काभेटर र ब्याक लोडर नियन्त्रणमा

नगरपालिकाले नियन्त्रणमा लिएको ती सामग्री ताल्चा लगाइएको छ। नगरपालिकाका प्रवक्ता एवं वडा नं ५ लफ्याङका वडाध्यक्ष दिनेश घिमिरे र वडा नं १ का वडाध्यक्ष नवराज राईले आइतबार स्काभेटर र ब्याक लोडरमा ताला लगाएका हुन्।

स्काभेटरले खनेका सडक प्रयोगविहीन

कालिकोटका सबै स्थानीय तहका ग्रामीण सडक प्रयोगमा छैनन्। स्थानीय सरकारले पहिलो प्राथमिकतामा राखेर स्काभेटरले खनेका सडक अहिले प्रयोगविहीन भएका छन्।

दाङमा जेसिबीको शाखा

नेपालका लागि जेसिबीको आधिकारिक विक्रेता एमएडब्लु अर्थमुर्भसले दाङको घोराहीस्थित रतनपुर चोकको शाखा कार्यालय सञ्चालनमा ल्याएको छ।

स्काभेटर दुर्घटनाका मृतकको शव फुङ्लिङ ल्याईदैं

उत्तर–दक्षिण (मूलघाट–दोभान–ओलाङचुङगोला) सडक खण्ड अन्र्तगत ताप्लेजुङको ललेपमा आइतबार अपरान्ह भएको स्काभेटर दुर्घटनामा परी मृत्यु भएका चालकको शव पुरिएको अवस्थाबाट निकाली पोष्टमार्टमका लागि फुङ्लिङ ल्याईदैं छ।

खोला उत्खनन् गर्दै गरेका दुई स्काभेटर र ट्याक्टर नियन्त्रणमा

जिल्लाको उत्तरी चुरे क्षेत्रस्थित पटौंना खोलामा उत्खनन् गरिरहेको अवस्थामा जिल्ला अनुगमन समितिको टोलीले दुईवटा स्काभेटर र दुईवटा ट्याक्टर नियन्त्रणमा लिएका छन् ।

अज्ञात समूहद्वारा चार स्काभेटरमा आगजनी

अज्ञात समूहले खोटाङमा मध्यपहाडी लोकमार्ग कालोपत्रेका काम गरिरहेको निर्माण कम्पनीको चार स्काभेटरमा आगजनी गरेको छ। दिक्तेल–चखेवाभञ्ज्याङ सडकको कालोपत्रेका काम गरिरहेको गोल्डेनगुड शेर्पा कन्ट्रक्सनको फरक–फरक स्थानमा राखिएका स्काभेटरमा शनिबार राति आगजनी भएको हो।

स्काभेटरले किच्दा एकको मृत्यु

स्काभेटरले किच्दा बैतडीमा एकजनाको मृत्यु भएको छ। मृत्यु हुनेमा मेलौली नगरपालिका–५, पेलेका ५५ वर्षीय शुक्रसिंह पुजारा रहेको प्रहरीले जनाएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्