८ वैशाख २०८१ शनिबार

पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलः समय दुईमहिना मात्रै, तर सबै काम बाँकी

आगामि जनवरी एकलाई पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल संचालनको दिन तोकेको झन्डै तीनमहिना अघि हो। नेपाल नागरिक उड्डयन प्राधिकरणले तोकेको दिनमा उडान सुरु भए अबको दुइमहिनामा यहाँको विमानस्थलबाट हवाईजहाज उड्नुपर्छ। तर, प्राधिकरणले झन्डै तीनमहिना अघि विमानस्थल संचालनको दिन तोक्दा यहाँको विमानस्थल संचालनका जे जस्ता अप्ठेरा थिए, ती अहिले पनि उस्तै छन्।

पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलः जनवरी एकदेखि संचालन लक्ष्य (तस्बिरसहित)

राष्ट्रिय गौरवको आयोजनामा पर्ने पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक पूर्वाधारतर्फको सम्पूर्ण काम सकिएको छ। हवाई क्षेत्रको नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरण(क्यान)ले आगामि जनवरी एकदेखि विमानस्थलबाट हवाई सेवा संचालन गर्ने लक्ष्य राखेको छ। तर, तोकिएको समयमा उडान सुरु हुने वा नहुने भन्ने अझै यकिन भईसकेको छैन।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्