१२ असार २०७९ आइतबार

मदन भण्डारीको जन्मजयन्ती: साताव्यापी कार्यक्रम सुरु

जननेता मदन भण्डारीको ७१औँ जन्मजयन्तीका अवसरमा मदन भण्डारी फाउण्डेशनले साताव्यापी विविध कार्यक्रम सुरु गरेको छ।

प्रचण्डले आरोप फिर्ता नलिँदा नेकपा फुट्योः वामदेव गौतम

पूर्व उपप्रधानमन्त्री एवं राष्ट्रिय सभा सदस्य वामदेव गौतमले तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहालका कारण नेकपा विभाजन भएको आरोप लगाएका छन्।

कम्युनिष्ट पार्टीको नाम परिवर्तन गर्न सकिन्छ: ओली

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले उद्देश्यलाई जीवित राखेर कम्युनिष्ट पार्टीको नाम परिवर्तन गर्न सकिने बताएका छन्।

एमाले बिग्रँदा कांग्रेसलाई लाभ

प्रतिस्पर्धी दलमा आउने विवाद र विभाजनको लाभ उठाउँदै नेपाली कांग्रेस सत्ताको भर्‍याङ चढ्दै आएको विगत छ।

एसपीपीबारे ओलीद्वारा स्पष्टिकरण: दाहालले हदै झूट र बेइमानी गरे

प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले अमेरिकासँग स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) आफू नेतृत्वको सरकारले अगाडि बढाएको भनेर माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले हदै दर्जाको झुट र बेइमानी कुरा गरेको बताएका छन्।

केपी ओली नेतृत्वको सरकारले एसपीपी सम्झौता कार्यान्वयन गरिसक्योः दाहाल

सत्ता साझेदार दल नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले एमालेका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले एसपीपी सम्झौता गरेको आरोप लगाएका छन्।

पूर्वप्रधानमन्त्री ओलीसँग एनआरएनए प्रतिनिधि मण्डलको भेट

संघको प्रतिनिधि मण्डलले गैरआवासीय नेपालीहरुको नेपालमा लगानी, दोहोरो नागरिकता, सामाजिक सुरक्षा लगायतका मागमा सहयोग गर्न अध्यक्ष ओलीलाई आग्रह गरेको थियो।

मलबिउ नपाउने किसानलाई पेन्सनको ‘ललिपप’

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले ठूलो तामझामका साथ चार वर्षअघि ल्याएको योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रम अहिले अस्तित्व रक्षाका लागि संघर्षरत छ। ओलीले जस्तै अर्थमन्त्री जनार्दन शर्माले पनि योगदानमा आधारित किसानलाई पेन्सन दिने अर्को ‘ललिपप’ कार्यक्रम ल्याएका छन्।

लिपुलेक, कालापानीको नक्सा समेटिएको पुस्तक सार्वजनिक गर्न केपी ओलीले रोक लगाए: पोखरेल

सत्तासाझेदार नेकपा (माओवादी केन्द्र) का नेता गिरिराजमणि पोखरेलले लिपुलेक, कालापानीको नक्सा समेटिएको पुस्तक सार्वजनिक गर्न तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले रोक लगाएको बताएका छन्।

आवेग र कुण्ठामा सहानुभूति मात्रै दिन सकिन्छः गगन थापा

नेपाली कांग्रेसका सांसद गगनकुमार थापाले प्रश्नको जवाफ दिन सकिने तर आवेग, कुण्ठामा सहानुभूति मात्रै दिन सकिने बताएका छन्।

एमालेले सांसदलाई आफ्नो विचार राख्न अवरोध गरेर गल्ती गर्‍यो: मन्त्री झाँक्री

सहरी विकासमन्त्री रामकुमाररी झाँक्रीले प्रमुख प्रतिपक्ष दल एमालेले सरकारको नीति तथा कार्यक्रमबारे सांसदहरुलाई आफ्नो विचार राख्न अवरोध गरेर गल्ती गरेको टिप्पणी गरेकी छिन्।

प्रधानमन्त्री देउवालाई ओलीको प्रश्नः लिम्पियाधुरा, लिपुलेक, कालापानी नेपालको हो कि होइन?

नेकपा(एमाले) का अध्यक्ष केपी शर्मा ओलीले नेपाल एक चीन नीतिको पक्षमा रहे÷नरहेको सम्बन्धमा प्रष्ट पार्न प्रधानमन्त्री शेरबहादुर देउवालाई आग्रह गरेका छन्।

निर्वाचनमा धाँधली भयो: ओली

नेकपा(एमाले)का अध्यक्ष केपी शर्मा ओलीले स्थानीय तहको निर्वाचन स्वच्छ र भयरहित वातावरणमा हुन नसकेको बताएका छन्।

‘पार्टीभित्रैबाट अन्तर्घात भयो’

नेकपा एमालेले स्थानीय चुनावमा पार्टीभित्रैबाट अन्तर्घात भएको निष्कर्ष निकालेको छ। एमाले अध्यक्ष केपी शर्मा ओलीले संसदीय दलको बैठकमा स्थानीय निर्वाचनमा पार्टीभित्रबाटै नसोचेको अन्तर्घात भएको तर पार्टीलाई प्राप्त लोकप्रिय मत नघटेको बताएका हुन्।

जहाँ ओलीको भाषण, त्यहीँ हार

एस पार्टीकी मिना लामा र कांग्रेसका राजेश बानियाँले जीत हाँसिल गरेका छन्। लामा बागमती प्रदेशको उपमहानगरपालिकामा पहिलो मेयर हुन्। लामा यसअघि एमालेको तर्फबाट उपमेयर थिइन्। उनी एमाले विभाजन भएपछि एसतिर लागेकी थिइन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्