२५ वैशाख २०८१ मंगलबार
image/svg+xml

संसद बैठक बस्दै, विनियोजन विधेयकमाथि उठेका प्रश्नको अर्थमन्त्रीले जवाफ दिने

संसद सचिवालयका अनुसार आजको बैठकमा अर्थमन्त्री वर्षमान पुनले आ.व.२०८१/०८२ को लागि विनियोजन विधेयकमाथि उठेका प्रश्नहरूको जवाफ दिनेछन्।

प्रतिनिधि सभाको बैठक बस्दै, यस्ता छन् कार्यसूची

संसद सचिवालयका अनुसार आजको बैठकमा आ.व.२०८१/०८२ को लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा (कर प्रस्ताव बाहेक) माथि पनि छलफल सुरु हुनेछ।

प्रदेशको नाम राख्न मन्त्रालयले किन खोजेनन्?

विनियोजन विधेयक, २०८० को विभिन्न शीर्षकमाथि छलफल हुने क्रममा नामकरण भइसकेका प्रदेशहरूलाई प्रदेशको नाम उल्लेख नगरेको विषय सदनमा उठिरहेको छ। दुई दिनअघि आइतबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले प्रदेशको नाम नराखेको भन्दै सच्याउन निर्देशन दिइएको थियो।

कार्यसूचीबाट हटाइयो पर्यटन मन्त्रालयको शीर्षकमाथिको छलफल

विनियोजन विधेयक, २०८० को विभिन्न शीर्षकमाथिको जारी छलफल अन्तर्गत संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको विभिन्न शीर्षकमाथिको छलफल कार्यसूचीबाट हटाइएको छ।

विनियोजन विधेयक बहुमतबाट स्वीकृत

प्रतिनिधिसभामा ‘विनियोजन विधेयक २०८० माथि विचार गरियोस्’ भन्ने प्रस्ताव बहुमतबाट स्वीकृत भएको छ।

विनियोजन विधेयकका प्राथमिकताः आर्थिक स्थायित्व कायम गर्ने बजेट

मुलुकको अर्थतन्त्र अप्ठ्यारोमा परेका बेला सरकारले बजेट दिगो, फराकिलो एवम् समावेशी र आर्थिक वृद्धि हासिल गर्ने, रोजगारीका अवसर बढाउने लक्ष्यसहित आगामी आर्थिक वर्ष २०८०-८१ को बजेट ल्याउने जनाएको छ।

विनियोजन विधेयक–२०७९ लाई संसोधन गर्न बनेको विधेयक विधायन समितिमा पठाइयो

गण्डकी प्रदेश सरकारले ल्याएको विनियोजन विधेयक–२०७९ लाई संसोधन गर्न बनेको विधेयकमाथि मंगलबार सामान्य छलफलपछि दफावार छलफलका लागि विधायन समितिमा पठाइएको हो।

महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको खर्च कटौतिको प्रस्ताव पेश

नेकपा (एमाले)की राष्ट्रियसभाका सांसद तुलसाकुमारी दाहालले महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको खर्च कटौतिको प्रस्ताव पेश गरेकी छिन्।

‘विनियोजन विधेयक, २०७८’ प्रमाणीकरण, सरकारलाई खर्च गर्ने बाटो खुल्याे

राष्ट्रपति विद्यादेवी भण्डारीले ‘विनियोजन विधेयक, २०७८’ प्रमाणीकरण गरेकी छन्। राष्ट्रपति कार्यालयका अनुसार सङ्घीय संसद्को दुवै सदनको बैठकबाट पारित भई प्रमाणीकरणका लागि पेश भएको उक्त विधेयक प्रमाणीकरण भएको हो।

राष्ट्रियसभाबाट विनियोजन विधेयक पास

राष्ट्रियसभाबाट विनियोजन विधेयक पास भएको छ। बिहीवार बसेको राष्ट्रियसभाको बेठकले विनियोजन विधेयक पास गरेको हो।

विनियोजन विधेयक पारित

आश्रित विधेयक पारित गर्न बाँकी नै रहेकाले सरकारलाई खर्च गर्न भने बाटो खुलेको छैन। विनियोजन विधेयकसँगै आर्थिक विधेयक र राष्ट्र ऋण उठाउने विधेयक दुवै सदनले पारित गरेपछि मात्र खर्च गर्न बाटो खुल्छ।

एमालेकाे नाराबाजीबीच विनियोजन विधेयक पास

प्रमुख प्रतिपक्षी नेकपा एमालेको नाराबाजीका बीच प्रतिनिधिसभाले विनियोजन विधेयक बहुमतले पारित गरेको हो।

एमालेको विरोधबीच प्रतिनिधि सभामा विनियोजन विधेयकमाथि छलफल

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सांसदको विरोधबीच प्रतिनिधिसभाको बैठक सुरु भएको छ। सभामुख अग्निप्रसाद सापकोटाले विनियोजन विधेयकमाथि छलफल सुरु गरेका छन्।

‘बजेट उत्पीडित समुदायमैत्री हुन सकेन’

राष्ट्रियसभाको आजको बैठकमा विनियोजन विधेयक २०७७ माथिको छलफलमा भाग लिँदै केही सांसद्ले सरकारको बजेट दलित, महिला, मेधसीलगायत उत्पीडित र दुर्गम क्षेत्रका समुदायलक्षित हुन नसकेको बताएका छन् । छलफलमा समाजवादी पार्टीकी प्रमिलाकुमारीले बजेटले मधेसी समुदायलाई समेट्न नसकेको गुनासो गरिन् ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्