फोहोर व्यवस्थापनमा गठबन्धनको चासो
सत्तारूढ गठबन्धनका शीर्ष नेताहरूले काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापनमा आवश्यक पहल लिन प्रधानमन्त्री शेरबहादुर देउवालाई आग्रह गरेका छन्।
सत्तारूढ गठबन्धनका शीर्ष नेताहरूले काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापनमा आवश्यक पहल लिन प्रधानमन्त्री शेरबहादुर देउवालाई आग्रह गरेका छन्।
कपनको सरस्वतीनगरमा अव्यवस्थित रुपमा फोहोर फालेर सडक अवरुद्ध पारेर स्थानीयले विरोध गर्न थालेपछि सडक सफाइ गर्दै प्रहरी र फोहोर व्यवस्थापन टोली।
‘बञ्चरे डाँडामा फोहोर फाल्ने कुराको हामी मन्त्रालयमा छलफल गरिरहेका छौँ। बञ्चरे डाँडा, सिसडोल भन्दा अरु मान्छेले पनि त्यहाँका जनतालाई नाक खुम्च्याउने गर्छन् त्यसलाई हामी रोक्छौँ। उनीहरुलाई शिर ठाडो बनाएर हिँड्ने वातावरण बनाउँछौँ। विद्यार्थीहरुमा पनि यसको असर परेको छ। आजबाट ल्याण्डफिल साइटमा फोहोर लैजाने प्रोजेक्ट नै रोक्ने योजना ल्याउन छलफल भइरहेको छ।'
अहिले देखिएको फोहोरको समस्या भनेको देशभरिकै साझा समस्या हो। विगतका कमी/कमजोरीका परिणाम हो।
काठमाडौं उपत्यकाका तीनवटै जिल्लाबाट निजी तथा गैरसरकारी संस्थाले फोहोर संकलन गरेबापत वार्षिक साढे तीन अर्ब रूपैयाँभन्दा धेरै शुल्क उठाउँदै आएका छन्। तर फोहोर व्यवस्थापनमा भने सधैं लापरबाही हुँदै आएको छ।
सिथि नखः पर्वको दिन आइतबार नक्सालस्थित ढुंगेधाराको पेटीमा भगवान्को मूर्तिअगाडि थुपारिएको फोहोरले रविलाल सुवेदीको मन निकै दुखेको थियो। शुक्रबार तुलसीको दल राख्ने दिन यही स्थानमा पुग्दा विष्णु भगवान्छेउ उभिएका सुवेदी प्रसन्न मुद्रामा भेटिए।
काठमाडौँ उपत्यकाको फोहोर अबदेखि रातिमात्र लैजाने गरी काठमाडौं महानगरपालिका र स्थानीयबीच गए राति १८ बुँदे सहमति भएको छ। सिसडोल बञ्चरेडाँडा–कुँडुले ल्याण्डफिल साइडमा फोहोर व्यवस्थापन गर्न १८ बुँदे सहमति भएको हो।
अहिले फोहोर व्यवस्थापनमा राजनीति समेत रहेको छ। मुलुकको सबैभन्दा ठूलो र सम्पन्नमध्येको एक राजधानीको काठमाडौँ महानगरपालिकामा प्रमुख दलहरूको पराजय भएको छ। यसको नेतृत्वमा बालेन आएका छन्। उनी आउनासाथ समस्या समाधान हुन थाल्नु भनेको प्रमुख दलहरूको साख थप गुम्ने स्थिति हो। त्यसैले फोहोरको समस्यालाई अरू धेरै बल्झाएर मात्र समाधानतर्फ लगिने निश्चित छ।
राष्ट्रपति विद्यादेवी भण्डारीले विश्व वातावरण दिवस (जुन ५) का अवसरमा आइतबार आम नेपालीलाई शुभकामना व्यक्त गर्दा काठमाडौं रातोपुल नजिकैकी मन्दिरा केसी नाक थुनेर पसलमा बसिरहेकी थिइन्।
सफा हिमाल अभियान अन्र्तगत नेपाली सेनाले कञ्चनजंघा हिमालको आधार शिविर तथा माथिल्लो शिविरबाट संकलन गरेको करिव साढे १५ क्विन्टल फोहोर व्यवस्थापनको प्रकृया आरम्भ भएको छ।
तपाईले आफ्नो जन्म दिन मनाइदिएकै भरमा १४७ वटा गाई/बाछा पालिन्छन् भने किन गोठसम्म नपुग्ने त्यो दिन मनाउन ? उत्तमको प्रश्न हुने गर्छ ‘ह्याप्पी बर्थ डे’ वालाहरूसँग।
विभिन्न प्रकारका कर छुट तथा फोहोर व्यवस्थापन शुल्क हटाउँदै सुशासन युक्त नगरपालिका बनाउने घोषणासहित रुपन्देहीको तिलोत्तमा नगरपालिकामा गठबन्धनले प्रतिबद्धता पत्र सार्वजनिक गरेको छ।
बढ्दो शहरीकरणसँगै दिसाजन्य फोहोर व्यवस्थापनमा सास्ती भोग्दै आएको वीरेन्द्रनगर नगरपालिकाले त्यहीँ फोहोरबाट मोहर बनाउन थालेको छ। वीरेन्द्रनगर बजारदेखि तीन किलोमिटर टाढाको तारेभीरमा सञ्चालन आएको प्रशोधन केन्द्रमार्फत नगरपालिकाले दिसाजन्य फोहाेरलाई मल बनाएर बिक्री गर्न थालेको हो। एक करोड ९७ लाख रूपैयाँमा बनेको दिसाजन्य फोहाेर प्रशोधन केन्द्रको प्रशोधन क्षमता प्रतिदिन १० घनमिटर छ।
सहरी फोहोर व्यवस्थापन चुनौतीपूर्ण बनिरहेका बेला त्यसबारे वैज्ञानिक विधिसम्बन्धी ‘भर्चुअल’ छलफल गरिएको छ। बुधबार ६ वटा महानगरपालिका र ओमनमा सन् २००९ देखि फोहोर व्यवस्थापनको काम गर्दै आएको संस्था अलवियाका प्रतिनिधिहरूबीच नेपालको फोहोर व्यवस्थापन र सहरी सुन्दरताबारे छलफल भएको हो। त्यसक्रममा सहरी क्षेत्रमा जनसंख्या र बस्ती बढेसँगै फोहोर व्यवस्थापनसम्बन्धी कठिनाइबारे विज्ञहरूले चिन्ता व्यक्त गरेका थिए।