९ मंसिर २०८१ आइतबार
image/svg+xml

रूसी सेनाको विमान दुर्घटनामा ३९ को मृत्यु

रूसी सेनाको विमान सिरियामा दुर्घटना हुँदा ३९ जनाको मृत्यु भएको छ।रसियन एएन –२६ नामक विमान सिरियाको हेमिम एयरबेसमा दुर्घटनाग्रस्त हुन पुगेको रूसी सञ्चार माध्यमहरूमा उल्लेख गरिएको छ।

रूस विश्कपमा भिएआरको स्वीकृति

फुटबलसम्बन्धी कानुन निर्माताहरूले शनिबार सन् २०१८ को रूस विश्वकपमा भिडियो सहायक रेफ्री (भिएआर)को प्रयोग गर्ने प्रस्ताव पारित गरेका छन्।

सिरियामा युद्धविराम गर्न रूस तयार

रुसका विदेश मन्त्री सर्गेइ लाभरोभले सिरियाका सबै दलहरूले सर्तहरू मान्न तयार भए मात्रै राष्ट्रसंघीय सुरक्षा परिषद्को युद्धविरामको प्रस्ताव कार्यान्वयन हुने बताएका छन्

कोकले ४० समर्थकलाई रूस लाने

फिफाको अधिकारिक प्रायोजक कोकाकोलाले यसै वर्ष रूसमा हुने विश्वकप हेर्न नेपालबाट ४० समर्थक लाने भएको छ। ‘कोक खाम् रसिया जाम्’ योजनाअनुसार ४० भाग्यशाली उपभोक्तालाई सम्पूर्ण खर्च बेहोरेर विश्वकपका खेल हेर्न रूस लाने मंगलबार पत्रकार सम्मेलनमा कोकाकोलाको नेपाल हेर्ने कन्ट्री डाइरेक्टर अम्बुज सिंहले जानकारी गराए।

१३ रूसी नागरिकमाथि एफबिआईकाे आरोप

अमेरिकी अनुसन्धान एजेन्सी एफबिआईले १३ रूसी नागरिकहरू माथि अमेरिकाको राष्ट्रपति निर्वाचनको समयमा हस्तक्षेप गरेको आरोप लगाएको छ ।उक्त हस्तक्षेप गैर कानुनी भएको समेत एफबिआईको रिपोर्टले बताएको छ।

रूसको गम्भीर आपत्ति

रूस ओलम्पिक कमिटी (आरओसी) ले मंगलबार प्रतिबन्ध मुक्त भए पनि आफ्ना खेलाडी र अन्य खेल पदाधिकारी गरी १५ जनालाई प्योङचाङ हिउँदे ओलम्पिकको उद्घाटन समारोहमा नबोलाउने अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी (आइओसी) को निर्णयप्रति गम्भीर आपत्ति भएको जनाएको छ ।

अमेरिकाको लागि खतरा बन्दै चीन र रूस : टिलर्सन

अमेरिकी विदेशमन्त्री रेक्स टिलर्सनले अमेरिकामा चीन र रूसको बढ्दो उपस्थिति खतराको संकेत रहेको बताएका छन्।

‘रूसी खेलाडीबारेको खबर निराधार’

अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी (आइओसी)ले बिहीबार आजीवन प्रतिबन्धबाट सफाइ पाएका २८ रूसी खेलाडीले स्वतः प्योचाङ हिउँदे ओलम्पिकमा खेल्ने पाउने खबर निराधार भएको बताएको छ।

रूस अमेरिका सम्बन्ध जटिल : पुटिन

रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले रूस अमेरिकाको कुटनीतिक सम्बन्धले जटिल मोड लिएको बताएका छन्।

रूसमा विपक्षीले नेताले गरे निर्वाचन बहिष्कारको माग

रूसमा विपक्षी नेता एलेक्से नभाल्नीले आगामी वर्ष हुने राष्ट्रपति निर्वाचनको बहिष्कारको माग गरेका छन् ।

रूसमाथिको प्रतिबन्ध यथावत्

अन्तर्राष्ट्रिय पारा ओलम्पिक कमिटी ९आइपिसी० ले बुधबार रूसको पारा ओलम्पिक कमिटी ९आरपिसी० माथि लगाइएको प्रतिबन्धलाई यथावत् राख्ने जनाएको छ  । तर आइपिसीले रूसलाई सन् २०१८ मा दक्षिण कोरियामा हुने विन्टर पारा ओलम्पिकमा सहभागी हुन दिने वा नदिनेबारे अन्तिम निर्णय भइनसकेको बताएको छ । प्रतियोगिता मार्च ८ देखि सुरु हुनेछ ।

अहिलेसम्मकै शक्तिशाली मिसाइल परीक्षण गर्दै रूस

रूसी रक्षा प्रमुख भ्यालरी गेरासिमोभका अनुसार रूसले विश्व नै खल्बलाउने एसएटीएएन २ नामक क्षेप्यास्त्र परीक्षण गर्ने दाबी गरेका छन्।  उक्त मिसाइल प्रतिसेकेन्ड सात किलोमिटरको गतिमा उड्न सक्ने रूसी रक्षा अधिकारीहरूको दाबी छ । उक्त क्षेप्यास्त्रले एक पटकको प्रहारमा फ्रान्सको क्षेत्रफल बराबरको भू —भागलाई नष्ट पार्न सक्नेछ।

ट्रम्पको निर्णयप्रति रूसको आपत्ति

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रूसलाई नाकाबन्दी लगाउने विधेयकमा हस्ताक्षर गरेपछि अमेरिकाले दुई देशबीच व्यापारीक युद्ध चाहेको भन्दै रूसले आपत्ति जनाएको छ ।

रूस र अमेरिकाबीच तनाव बढेका बेला ट्रम्पले गरे पुटिनको प्रशंसा

अमेरिकी राष्ट्रपतिमा निर्वाचित डोनाल्ड ट्रम्पले रसियाली राष्ट्रपतिले अमेरिकी कूटनीतिज्ञलाई अमेरिकी नयाँ प्रशासनको नीति हेरेर मात्र स्वदेश फिर्ता गर्ने भनी दिएको प्रतिक्रियापछि रसियाली राष्ट्रपति भ्लादिमिर पुटिन ‘धेरै बुद्धिमान्’ नेता भनी प्रशंसा गरेका छन्।

सचिवहरूसँग प्रधानमन्त्री अाक्राेशित, परिणाममुखी काम गर्न २६ बुँदे निर्देशन

प्रधानमन्त्री पुष्पकमल दाहाल मुख्यसचविवसहित सरकारका सबै सचिवहरूसँग कडा रूपमा प्रस्तुत भएका छन्। पदीय दायित्व र जिम्वारीबाट सबैजसाे सचिवहरू चुकेकाे र ढिलासुस्तीयुक्त कार्यसम्पादन शैलीका कारण सरकारका मुख्य कामहरू समेत प्रभावित बनेकाे तथा समयमा काम सम्पन्न हुन नसकेकाे भन्दै उनी सचिवहरूसँग अाक्राेशित बनेका हुन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्