३० वैशाख २०८१ आइतबार
image/svg+xml

कर्मचारी अभावको कारण देखाउँदै आठराइ त्रिबेणीद्वारा काजमा खटिएका कर्मचारी फिर्ताको माग

पालिकाका कर्मचारी काजमा खटाइएका कारण कर्मचारी अभाव भइ दैनिक सेवा प्रवाह गर्न कठिनाइ भएको भन्दै गाउँ कार्यपालिकाको बैठकले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको पत्रमार्फत काजमा खटिएका कर्मचारीलाई फिर्ता बोलाउने कार्यमा संघीय सरकारको ध्यानाकृष्ट गर्ने निर्णय गरेको थियो।

गर्भवती महिला र जेष्ठ नागरिकहरुका लागि दुई–दुई महिनामा निःशुल्क स्वास्थ्य शिविर

गाउँपालिकाले मर्मतसम्भार गर्न आवश्यक देखिएका पालिका भित्रका कच्चीबाटो दशैं अगावै मर्मत गरिसक्ने भएको छ। पालिकाले विभिन्न वडाका लागि आवश्यक पर्ने सडक तथा अन्य भौतिक पूर्वाधारको विस्तृत परियोजना प्रतिवेदन तयारीका लागि शीघ्र पहलकदमी लिने समेत निर्णय लिएको छ।

सात वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक वृद्ध पक्राउ

पक्राउ पर्नेमा आठराइ त्रिबेणी गाउँपालिकालाई वडा नं १ निघुरादिनका ६३ वर्षीय कैलाश पोमू लिम्बू रहेको प्रहरीले जनाएको छ।

आठराइ त्रिवेणीमा सात जना विद्यार्थीले पाए उच्च शिक्षा अध्ययनको छात्रवृति

गाउँपालिकाले पालिकाभरीका ७ जना विद्यार्थीलाई प्राविधिक विषय अध्ययनका लागि छात्रवृतिको समेत व्यवस्था गरेको छ भने कक्षा ११ र १२ अध्ययन गर्ने विद्यार्थीको शुल्क आफूले व्यहोर्न थालेको छ। गाउँपालिकाका अध्यक्ष दीपेन्द्र पोमू(दीपेन)का अनुसार पालिका भित्र कक्षा ११ र १२ पढाई हुने तीनवटा विद्यालय रहेका छन्।

छोराको उपचार गर्दागर्दै साढे १५ लाख ऋणसहित सुकुम्बासी बनेका दम्पतिको दर्दनाक व्यथा!

‘माया त लाग्छ नी, तर के गर्नु न हामी उसको उपचार गर्न सक्छौं, नत उसलाई सध्ये अवस्थामा देख्न नै सक्छौं’ मानसिक सन्तुलन गुमाएका छोराको उपचारमा श्रीसम्पत्ति गुमाए पनि छोराको दैनिकी सहज नहुँदाको पीडाले थलिएकी ताप्लेजुङको आठराइ त्रिबेणी गाउँपालिका वडा नं २ फूलबारीकी नरमाया भट्टराईको यस्तो बिलौनाले जोे कोहीलाई भावुक बनाउँछ।

ताप्लेजुङका चार स्थानीय तहको बजेट बढ्यो

चालू आर्थिक वर्षभन्दा आगामी आवका लागि ताप्लेजुङका ४ पालिकामा बजेटको रकम बढ्दा ४ पालिकामा घटेको छ भने एउटामा बराबर रकम आएको छ।

ताप्लेजुङमा नवनिर्वाचित २२ जना वडाध्यक्षको उमेर ४० वर्ष भन्दा कम

ताप्लेजुङका ६१ वटा वडामध्ये २२ जना वडाध्यक्ष ४० वर्ष भन्दा कम उमेरका युवाहरु रहेको पाइएको छ। सबैभन्दा कम २६ वर्ष उमेरमै वडाध्यक्ष भएका छन्। निर्वाचन आयोगकोले आफ्नो वेबसाइटमार्फत् स्थानीय तह निर्वाचन २०७९ को नतिजा प्रविष्टी गरेको हो।

आठराइ त्रिबेणी गाउँपालिकामा संक्रमितकाे संख्या बढ्दै, मृतककाे संख्या १८ पुग्यो

ताप्लेजुङको आठराइ त्रिबेणी गाउँपालिकामा एकपछि अर्को गर्दै कोरोना संक्रमितको संख्या बढी रहेको पाइएको छ। स्वास्थ्य कार्यालय ताप्लेजुङले अद्यावधिक गरेको विवरण अनुसार आठराइ त्रिबेणी गाउँपालिकामा १ सय ६९ जना कोरोना संक्रमित रहेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्