२४ मंसिर २०७९ शनिबार

थप एकताबद्ध भएर अघि बढ्ने सत्ता गठबन्धनको निर्णय

सोमबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको गठबन्धनको बैठकले चुनावी नतिजाले राजनीतिक स्थायित्व र आर्थिक समृद्धिको बाटोमा आपसी सहमति र सहकार्यका साथ मिलेर अघि बढ्नु पर्ने स्पष्ट सन्देश दिएकोले गठबन्धन थप एकताबद्ध भएर अघि बढ्नेजनाएको हो।

बालुवाटारमा सत्ता गठबन्धनको बैठक सुरु

सत्ता गठबन्धनको बैठक सुरु भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको बैठकमा सत्ता गठबन्धन दलका शिर्ष नेताहरुको उपस्थीती रहेको छ।

गण्डकीमा गठबन्धनलाई सहज बहुमत

सत्ता गठबन्धनका दलहरुले प्रत्यक्ष र समानुपातिकमा पाएको सिटका आधारमा गण्डकी प्रदेश सभामा उनीहरुको बहुमत पुग्ने देखिएको हो।

गठबन्धनका शीर्ष नेताको बैठक अपराह्न बस्दै

प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनपछिको समग्र अवस्थाबारे छलफल गर्न पाँच दलीय सत्ता गठबन्धनको बैठक बस्दैछ।

गण्डकीमा गठबन्धनको पल्लाभारी

गण्डकी प्रदेशमा सत्ता गठबन्धनको बहुमत पुग्ने संकेत देखिएको छ। सत्ता गठबन्धनका दलहरुले प्रत्यक्षमा जितेको सिट र समानुपातिकमा ल्याएको मतलाई आधार मान्ने हो भने गण्डकी प्रदेश सभामा गठबन्धन दलहरुको बहुमत पुग्ने देखिएको हो।

एमाले किल्ला सिन्धुपाल्चोक गठबन्धनको ‘क्लीन स्वीप’

एमालेका परम्परागत लालकिल्ला मानिने सिन्धुपाल्चोक कांग्रेस–माओवादीको गठबन्धनले ‘क्लीन स्वीप’ गरेको छ।

पर्वतमा गठबन्धन शून्य

प्रतिनिधि तथा प्रदेश सभा निर्वाचन २०७९ मा पर्वत जिल्लामा नेपाली काँग्रेस बढारिएको छ। नेकपा एमालेले प्रतिनिधि र प्रदेश सभा क्लिन स्वीप गर्दा काँग्रेस भने सिट विहीनमा खुम्चिएको छ।

सिन्धुलीका दुई प्रतिनिधिसभा र चार प्रदेशसभामा गठबन्धनको अग्रता

सिन्धुलीमा सत्ता गठबन्धनको अग्रता कायम भएको छ। पाँच दलिय गठबन्धनले अग्रता लिएको हो।

बर्दियामा गठबन्धनको नतिजा कमजोर

जिल्लाको दुवै निर्वाचन क्षेत्रमा वाम लोकतान्त्रिक गठबन्धनका साझा उम्मेदवारको नतिजा कमजोर देखिएको छ।

संविधानको रक्षा, स्थिरता र समृद्धिका लागि गठबन्धन दलका उम्मेदवारलाई मतदान गर्न संयुक्त अपील

आगामी २०७९ मंसिर ४ गते सम्पन्न हुन लागेको प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा गठबन्धनले आफ्ना उम्मेदवारलाई मतदान गर्न आग्रह गरेको छ।

भक्तपुर २ मा महेश बस्नेतले थाम्ला विरासत?

२०७४ सालको प्रतिनिधिसभाको निर्वाचनमा यति धेरै मत पाएको एमालेले पछिल्लो पटक मंसिरमा भएको स्थानीय निकायको निर्वाचनमा त्यो मत जोगाउन सकेन। प्रतिनिधि सभामा पहिलो बनेको एमाले स्थानीय निकायको निर्वाचनसम्म पुग्दा दोश्रोमा खुम्चिन बाध्य बन्यो।

गठबन्धनमा तालमेल नहुँदा उम्मेदवारहरु चिन्तित

पाँच दलीय गठबन्धनमा रहेका दलका स्थानीय नेताहरु एकापसमा नमिल्दा र एमालेको नेतृत्वको तालमेलमा रहेका दलका स्थानीय नेताहरु फरक फरक भएर हिँड्दा दुवैमा भाँडभैलो देखिएको छ।

गठबन्धन देशका लागि अभिसाप होः केपी ओली

‘एमालेले सरकारी स्कुल बनायो, अस्पताल देशभर एकैपटक शिलन्यास गर्यो। ६१ वटा राजमार्ग विस्तारको काम सुरु गर्यो। विमानस्थाल बनाउने काम गर्यो। तराईमा हुलाकी राजमार्ग विस्तार गर्दा पैसा पुग्छ,’ उनले भने, ‘गठबन्धन आउँदा किन त्यस्तो हुँदैन भन्दा खानाको बाहेक ध्यान छैन।’ उनले गठबन्धनलाई फुटेका हाडिको चोइटाको संज्ञा दिए।

खाँणलाई चुनौती बन्दै राप्रपाका बोहोरा

चुनावी समीकरण र माहोल केलाउँदा अहिलेसम्म खाँण नै बलिया देखिन्छन्। पाँच दलीय गठबन्धनमा जनमुक्ति पार्टी पनि थपिँदा खाँणको पल्ला भारी देखिएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्