९ मंसिर २०८१ आइतबार
image/svg+xml

पीडितलाई न्याय

पीडितले न्याय पाउने प्रक्रिया टाढिँदै गयो भने स्वाभाविक रूपमा त्यसले समाजमा दण्डहीनता मात्र बढाउँदैन, खराब काम गर्नेले अझ प्रोत्साहित हुने मौका पाउँछ। सकेसम्म यस्ता घटना नहुने र भइहाले पनि सजिलै कानुनको दायरामा आउन सक्ने परिपाटी मुलुकमा विकास गर्नुपर्ने देखिएको छ।

‘सुन्दरी प्रतियोगिताका नाममा यौन शोषण’

पीडित एक युवतीले सामाजिक सञ्जाल टिकटकमार्फत सात वर्षअघि आफ्नो यौनशोषण भएको घटना सार्वजनिक गरेकी हुन्। २०७१ सालमा आफू १६ वर्षकी हुँदा यौन शोषणमा परेकोे उनको भनाइ छ। घटनाबारे डरत्रासका कारण कसैलाई भन्न नसकेको तर अहिले जान्नेबुझ्ने भएपछि बाहिर ल्याएको उनले बताएकी छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्