बिदेसिएको सपना, दलालको जालोः ठगीको चक्र कहिले नटुट्ने
विदेशमा उज्यालो भविष्यको सपना बोकेका हजारौँ नेपालीहरू दिनप्रतिदिन ठगीको जनजाल भित्र परिरहेका छन्। विदेशी जनजीवन, राम्रो सेवा सुविधा, लोभलाग्दो तलब र युरोप–अमेरिकाको विकसित सहर देखाउँदै दलालले दूर दराजमा रहेका सिधा सोझा युवायुवतीबाट लाखौँ लाख असुल्ने गर्छन्।

