अकर्मण्य निर्णय
औपचारिक रूपमा ४० घन्टा काम गर्ने हो भने पनि आम रूपमा सार्वजनिक कार्यालयमा कामको संस्कृति छैन। खाजा, चिया, जाडो, गर्मी अनेकन बहानामा सरकारी कार्यालयमा काम हुँदैन। कामको संस्कृति नभएको यो मुलुकमा यसरी दिइने बिदाले सर्वसाधारणलाई सबैभन्दा बढी पीडित बनाउनेछ।