१ मंसिर २०८२ सोमबार
image/svg+xml

कांग्रेस केन्द्रीय कार्यसमिति बैठकको मिति सर्‍यो, अब मंसिर ४ गते बस्ने

पहिले २०८२ मंसिर १ गते सोमबार दिउँसो २:०० बजेका लागि तय गरिएको बैठक अब मंसिर ४ गते बिहीबार दिउँसो २:०० बजे बस्ने गरी नयाँ मिति तोकिएको छ।

नेपाल–ओमानबिच श्रम सम्झौता अन्तिम चरणमा

लामो समयदेखि अड्किएको श्रम सम्झौता गर्न खाडी मुलुक ओमानले नेपाल सरकारलाई पत्र पठाएको छ। पत्र प्राप्त भएपछि नेपाल सरकारले ओमान सरकारसँग गर्ने भनिएको श्रम सम्झौतालाई अन्तिम रूप दिन प्रक्रिया अगाडि बढाएको हो।

उम्मेदवारी दर्ता माघ ६ मा

प्रत्यक्ष निर्वाचन प्रणालीतर्फ आगामी माघ ६ गते बिहान १० देखि बेलुका ५ बजेसम्म निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारको मनोनयनपत्र दर्ता हुनेछ ।

निर्वाचन सुरक्षा योजना: दोस्रो पटक सेनालाई कार्यादेश

यसअघि सशस्त्र द्वन्द्वताका २०५६ सालमा भएको निर्वाचनमा मतदान सामग्री ओसारपसार, मतपेटिका मतगणना केन्द्रसम्म ल्याउने र मतगणना केन्द्रको सुरक्षा जिम्मेवारीसमेत सेनाले पाएको थियो। अहिले दोस्रो पटक सेनालाई त्यही भूमिका दिनेगरी सुरक्षा योजना पास भएको हो।

निर्वाचन नभए कांग्रेस संसद् पुनर्स्थापनामा लाग्छ: सहमहामन्त्री राठौर

नेपाली कांग्रेस एउटा लोकतान्त्रिक पार्टी भएको हुनाले हामीले निर्वाचनलाई बहिस्कार गर्न मिल्दैन। हिजो राजाले २०३६ सालमा धाँधली गरेरै गराएको जनमत सङ्ग्रहलाई पनि हामीले एक्सेप्ट गरेका थियौँ।

सुदूरपश्चिम र कर्णालीवासीको मुख्य रोजगारस्थल भारत

भारतमा काम गर्ने धेरै नेपाली छन् तर उनीहरूलाई आप्रवासी श्रमिकका रूपमा व्यवहार गरिएको छैन । तेस्रो मुलुकमा गएका नेपाली श्रमिकले पाएको जस्तै हकअधिकार भारतमा काम गर्ने श्रमिकले पनि पाउनुपर्छ ।

मधेसका २४ स्थानीय सरकारले अझै ल्याएका छैनन् बजेट

धेरै स्थानीय सरकारले अझै बजेट ल्याउन सकेका छैनन् । मधेस प्रदेश भित्रका २४ स्थानीय सरकारले अझै आर्थिक वर्ष २०८२/८२ को बजेट ल्याउन नसकेका हुन् ।

देशका हरेक समस्याको समाधान अब हामी गर्छौं: वामदेव गौतम

नवगठित नेपाली कम्युनिष्ट पार्टीका नेता वामदेव गौतमले देशमा विद्यमान सबै समस्याको समाधान अब आफ्नो पार्टीले गर्ने दाबी गरेका छन्।

एमाले संकटबाट भाग्ने होइन, डटेर सामना गर्छ: शंकर पोखरेल

एमाले देशको राजनीतिक संकटसँग जुध्न सक्षम पार्टी भएको बताउँदै पार्टीलाई थप सुदृढ बनाउन आवश्यक रहेको टिप्पणी गरेका छन् ।

खाद्य वस्तुमा गुणस्तर कायम गर्न खाद्य प्रविधिको कडाइ

बजारमा विषादीयुक्त खाद्यवस्तु तथा तरकारीको बिक्रीवितरण नहोस् भने नमुना संकलन गरी परीक्षण गर्छौं । न्यून गुणस्तरका खाद्यवस्तु बजारमा भेटिए कारबाही गर्छौं ।

हाम्रो पार्टी बुढाहरुको मात्र होइन, युवाको पनि हो: झलनाथ

आइतबार पार्टीको केन्द्रीय कार्यालय, पेरिसडाँडामा बसेको उपलब्ध पदाधिकारीहरूको बैठकपछि सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै नेता खनालले यस्तो बताएका हुन्।

त्रिवि मैदान एनपीएलका लागि तयार, आधुनिक रंगशाला क्यानलाई हस्तान्तरण

सरकारले कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा निर्माण गरेको प्यारापिट र फ्लडलाइटसहित अत्याधुनिक क्रिकेट रंगशाला नेपाल क्रिकेट संघ (क्यान)लाई हस्तान्तरण गरेको छ।

पूर्वसचिव अर्जुन कार्की पक्राउ

प्रहरीले पूर्वसचिव अर्जुन कार्कीलाई पक्राउ गरेको छ । नेपाल ट्रस्टको जग्गा भाडा प्रकरणमा कार्की पक्राउ परेका छन् ।

सिद्धार्थ बैंकको साधारण सभाबाट १०.५३ प्रतिशत लाभांश पारित

सिद्धार्थ बैंक लिमिटेडको चौबिसौं वार्षिक साधारण सभा आइतबार सम्पन्न भएको छ । सञ्चालक समितिका अध्यक्ष राहुल अग्रवालको अध्यक्षतामा सभा सम्पन्न भएको हो ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्