१५ वैशाख २०८१ शनिबार
image/svg+xml

२०७९ को स्थानीय निर्वाचन

स्थानीय तहको निर्वाचनका लागि देशभरिका ७५३ स्थानीय तहमा नेतृत्वका लागि परेको १ लाख ४५ हजार ८३ जना कूल उम्मेदवारहरू चुनावी मैदानमा भिडेका थिए।

विरासत जोगाउन र भत्काउन होड

२०७९ वैशाख ३० मा भएको स्थानीय निर्वाचनमा वडाध्यक्षका उम्मेदवारहरूले पाएको मत र २०७४ को आम निर्वाचनमा दलहरूले समानुपातिकतर्फ पाएको मतका आधारमा त्यस प्रदेशमा नेपाली कांग्रेस नेतृत्वको गठबन्धन अघि देखिएको हो। कांग्रेस, माओवादी, राजपा र एमाले, राप्रपा संघीय समाजवादी फोरमले पाएको समानुपातिक मतलाई लिँदा विपक्षी गठबन्धन सात र सत्ता गठबन्धन ११ क्षेत्रमा अगाडि छन्।

पार्टीमा अनुशासन तोड्नेलाई दण्डित गरिएन भने पार्टी कम्युनिष्ट जस्तो रहँदैनः प्रचण्ड

‘यो कुरा कुनै खास ठाउँमा भएका अनियमितता वा गढबडीहरुलाई सच्याउने कुरासँग मात्रै सम्बन्धित छैन। यो पार्टीलाई विधिसम्मत तरिकाले र अनुशासनमा राखेर चलाउने विषयसँग बढी सम्बन्धित छ। त्यसकारण राम्रो गर्नेलाई प्रोत्साहित गर्ने र नराम्रो गर्ने, अनुशासन तोड्ने र अराजकतातिर जानेहरुलाई दण्डित गर्ने यो प्रक्रिया अगाडि नबढाउने हो भने कम्युनिष्ट पार्टी कम्युनिष्ट पार्टी जस्तो रहँदैन।'

गठबन्धन बलमा सुदूरपश्चिममा विरासत फर्काउने कांग्रेस दाउ

स्थानीय निर्वाचनमा सुदूरपश्चिमका ९ जिल्लामध्ये बाजुराबाहेकमा जिल्ला समन्वय समितिको नेतृत्व हात पार्न कांग्रेस सफल भएको छ। कांग्रेसले प्रदेशका ८८ स्थानीय तहमध्ये ४० वटामा नेतृत्व (मेयर/अध्यक्ष) जितेको छ। स्थानीय तहका ७ सय ३४ वडामध्ये कांग्रेसले ३ सय १३ वटामा अध्यक्ष जितेको छ।

चुनावी परिणाम र वाम एकता

वामको नाममा वामलाई नै बदनाम गर्ने केहीको वास्तविकता नबुझी वाम एकता, वाम एकता भनेर मात्र हुँदैन। अब वाम नामधारीहरू कि मासिनुपर्छ कि मिसिनुपर्छ। मासिनका लागि एमाले बलियो बनाउनुपर्छ भने मिसिनका लागि उनीहरू सच्चिनुपर्छ।

लैङ्गिक तुलोमा स्थानीय निर्वाचन

गठबन्धनका कारण अनुमान गरिए जति महिलाको सङ्ख्या घटेन। तर यो सकारात्मक सङ्केत हुँदै हैन किनकि यसले राजनीतिमा लैङ्गिक समानताको गतिलाई ५ वर्षअघिकै ठाउँमा रोकिन बाध्य पार्‍यो। बढ्न सक्ने सङ्ख्यामा अङ्कुश लगायो।

स्थानीय चुनावको जनादेश सन्देश

काठमाडौंँ महानगरपालिकालगायत धरान, जनकपुर, धनगढी जस्ता महत्वपूर्ण उपमहानगरपालिकामा मेयरका स्वतन्त्र उम्मेद्वारहरूमार्फत लाखौँं मतदाताले व्यक्त गरेको अभिमत गम्भीर कौतुहलको विषय हो।

कांग्रेस न एमाले!

यो चुनावले देश दुई दलीयतातर्फ अगाडि बढेको पुनर्पुष्टि गरेको छ। कांग्रेसले दक्षिणपन्थी प्रजातान्त्रिक र एमालेले वामपन्थी लोकतन्त्रवादीहरूको प्रतिनिधित्व गरेको जगजाहेर छ।

आगामी बजेटमा ‘महिलासँग राज्य’ कार्यक्रम आउँदै

स्थानीय निर्वाचनको सरगर्मी नसकिँदै आर्थिक वर्ष २०७९/०८० को बजेट निर्माणले माहोल तातेको छ। सडकदेखि सदनसम्म नै आगामी आर्थिक वर्षको बजेटका बारेमा चर्चा र चासो हुन थालेको छ।

बागलुङमा गठबन्धन हावी हुँदा एमाले किनारामा

जिल्लामा वैशाख ३० सम्पन्न स्थानीय तह निर्वाचनको अन्तिम परिणाम सार्वजनिक भैसकेको छ। केन्द्रीय निर्णयअनुसार नै बागलुङमा पाँच दलीय गठबन्धन र एमालेबीच प्रतिस्पर्धा भयो।

चितवन निर्वाचनः उत्साहित छन् नयाँ मतदाता

भोजाडका अमृत परियारले पनि पहिलोपटक मतदान नयाँ किरण माविबाट मतदान गर्दैैछन्। उनलाई आफ्नो टोल विकास भएको हेर्ने ठुलो धोको छ। त्यसैले यस पटकको स्थानीय तह निर्वाचनमा टोलको व्यवहारिक योजना बनाएका उम्मेदवारलाई मत दिने सोच बताएका छन्।

पूर्व प्रधानन्यायाधीश कार्कीसहितको टोलीद्वारा मतदान केन्द्र निरीक्षण

पूर्व प्रधानन्यायाधीश एवं स्थानीय निर्वाचन २०७९ की पर्यवेक्षक सुशीला कार्कीसहितको पर्यवेक्षक टिमले मतदान केन्द्रको निरीक्षण गरेको छ।

स्थानीय निर्वाचन २०७९ः मतदाता परिचयपत्र नभए नागरिकता

आयोगले मतदाता नामावलीमा दर्ता भएका नयाँ मतदाता र परिचयपत्र हराएकालाई मतदाता परिचयपत्र वितरण गर्ने पनि जनाएको छ। ‘पहिलो पटक मतदाता नामावलीमा नाम दर्ता गराएका नयाँ मतदाता र परिचयपत्र हराएको भनी सम्बन्धित जिल्ला निर्वाचन कार्यालयमा निवेदन दिएका मतदातालाई वैशाख २८ र २९ गते सम्बन्धित मतदान स्थलबाट मतदाता परिचयपत्र वितरण गरिनेछ,’ आयोगका प्रवक्ता शालिग्राम पौडेलले भने।

'शीर्ष नेतृत्वबाट निर्वाचन थिचोमिचो गर्ने शैली अपनाइएको छ'

पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठले राजनीतिक दलका शीर्ष नेताहरुले स्थानीय तहको निर्वाचनमा धावा बोलिरहेको बताएका छन्।

'निर्वाचनलाई बिथोलिने काम गर्नुहुँदैन'

सरकारले स्थानीय तहको निर्वाचनमा आम नागरिकहरुको भूमिका महत्वपूर्ण हुने भएकाले भयरहीत रुपमा मतदान गर्न आग्रह गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्