६ आश्विन २०८१ आइतबार
image/svg+xml

त्रिभुवन विमानस्थलबाट अवैध सुनसहित दुई पक्राउ

काठमाडौं- त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थलबाट प्रहरीले दुई जनालाई अवैध सुन सहित पक्राउ गरेको छ। अवैधरुपमा भन्सार छलि ल्याएको करीव ७ लाख ४९ हजार ७ सय ७५ रुपैयाँ बराबर मुल्य पर्ने १ सय ५० ग्राम सुनका चुरा ३ थानसहित सुनसरी पञ्चकन्या–३ का ३० वर्षीय प्रताप गुरुङलाई शुक्रबार प्रहरीले पक्राउ गरेको हो।

पत्नीको रहस्यमय मृत्यु, हत्या शङ्कामा पति पक्राउ

कञ्चनपुरको झलारी पिपलाडी–४ असैनाका २२ वर्षीया जीविका रानाको शङ्कास्पद मृत्यु भएको छ । शुक्रबार मृतक रानाका श्रीमान् बलराम रानाले श्रीमतीलाई वन समिति दक्षिण क्षेत्रमा मोटरसाइकलले ठक्कर दिएको भन्दै प्रहरीमा जानकारी गराएका थिए ।

कोरिया पठाइदिन्छु भन्दै ठगी गर्ने पक्राउ

काठमाडौँ- वैदेशिक रोजगारीको लागि कोरिया पठाइदिने भनी रकम हुण्डी गर्न लगाई ठगी गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ।

खालको पैसा सहित तास खेल्ने ११ जना पक्राउ

काठमाडौँ महानगरपालिका–५ कालोपुल स्थित बिमल थापाको घरमा तास खेलिरहेका ६ जनालाई प्रहरीले बुधबार नगद १ लाख ५ हजार ७ सय रुपैया र ३ बुक ताससहित पक्राउ गरेको छ।

१८ रूपैयाको पानी २५ मा बेच्ने पाँचजना पक्राउ

जिल्ला प्रशासन कार्यालयले पानीमा कालोबजारी गरेको भन्दै भरतपुरबाट पाँच जना व्यवसायीलाई बुधबार नियन्त्रणमा लिएको छ ।

खैरो हेरोइनसहित पाँच पक्राउ

काठमाडौंका विभिन्न स्थानबाट अवैध लागुऔषध खैरो हेरोइन ४३.५ ग्राम र नगद ६८ हजारसहित लागुऔषध नियन्त्रण ब्यूरोका प्रहरीले मङ्गलबार पाँचजनालाई पक्राउ गरेको छ ।

बिद्यालयमा बम राख्ने थप दुई पक्राउ, मुख्य योजनाकार अझै फरार

काठमाडौं- प्रहरीले असोज ४ गते उपत्यकाका नौ बिद्यालयमा बम राख्ने संगठन दुई नेतालाई सोमबार पक्राउ गरेको छ। महानगरीय प्रहरी परिसर काठमाडौंले माओवादी कम्युनिष्ट केन्द्रका मार्नाथ उपाध्यक्ष बिष्णु पौडेल र पोलिटब्युरो सदस्य मुस्ताकिन अन्सारीलाई पक्राउ गरेको हो।

गुन्डा नाइके लागुऔषधसहित पक्राउ

गुन्डा नाइके जसवन्त राई भन्ने अश्विनकुमार राईलाई प्रहरीले लागुऔषधसहित पक्राउ गरेको छ । महानगरीय प्रहरीवृत्त कालीमाटीले नियमित चेकजाँचका क्रममा राईलाई लागुऔषध खैरो हिरोइनसहित आइतबार कालीमाटीबाट पक्राउ गरेको हो ।

चरेशसहित इरानी नागरिक पक्राउ

लागुऔषध नियन्त्रण ब्युरोले चरेससहित एक इरानी नागरिकलाई पक्राउ गरेको छ । ब्युरोले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक किलो सात सय ग्राम चरेससहित वाहिद निकजमिरलाई आइतबार पक्राउ गरेको हो ।

धरौटीमा छुटेका गुण्डा लागुऔषध सहित पक्राउ

काठमाडौं – प्रहरीले असार ९ गते गोली हानेर पक्रिएका गुण्डा नाईके जसवन्त राई भन्ने अश्विनकुमार राई लागुऔषध सहित पक्राउ परेका छन्। महानगरीय प्रहरी वृत्त कालीमाटीले लागुऔषध खैरो हेरोईन सहित राईलाई आईतबार पक्राउ गरेको हो।

गौ हत्याको आरोपमा तीनजना पक्राउ

कञ्चनपुर- कञ्चनपुरको पुनर्वास नगरपालिका–१५ का तीनजनालाई प्रहरीले गौ हत्याको आरोपमा आज पक्राउ गरेको छ।

बालिकालार्इ जबरजस्ती करणी गरेको अाराेपमा एक पक्राउ

बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बानियाभार बस्ने २० वर्षीय कुलदीप राजीलाई प्रहरीले पक्राउ गरेको छ।

बोक्सी आरोपमा महिलालार्इ दिसा खुवाउने ३ पक्राउ

घरमा छोरा बिरामी भएपछि बोलाएको झाँक्रीले डाइन(बोक्सी)को कारण देखाएकै कारण सर्लाहीमा एकल महिलालाई पशुसरह व्यवहार गरी दिशा खुवाइएको छ। चौपायालाई औषधि खुवाउने सोते(काँरी)ले महिलालाई दिसा खुवाइएको हो। सर्लाहीको मधुवनीमा एकल महिलालाई बोक्सीको आरोपमा दिसा खुवाइएको हो।

मदिराले मात्तिएपछि युवतीको ‘ग्याङ–फाइट’, ६ जना पक्राउ

ललितपुर–९ बालकुमारीमा रहेको गुडविल रेष्टुरेन्ट एण्ड बारमा अत्याधिक मदिरा सेवन गरेपछि ६ जना युवती अपसमा ‘ग्याङ–फाइट’मा उत्रिएका महानगरीय प्रहरी परिसर ललितपुरद्वारा प्रेषित प्रेस नोटमा उल्लेख छ।

प्रेमीको ऋण चुक्ता गर्न अपहरणमा परेको नाटक गर्दै परिवारसँग फिरौती माग्ने सावित्री पक्राउ

ऋण तिर्न अपरहणको नाटक गरी फिरौती माग्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। अन्य व्यक्तिबाट लिएको ऋण तिर्न नसकेपछि सिन्धुपाल्चोक घर भई पाटनढोका बस्दै आएकी २० वर्षीया सावित्री खड्का र उनका प्रेमी सिन्धुपाल्चोक कर्थली घर भएका हाल चप्पल कारखाना बस्दै आएका रामचन्द्र खत्रीलाई प्रहरीले पक्राउ गरेको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्