८ आश्विन २०८१ मंगलबार
image/svg+xml

विराटनगर जुट मिल्स सञ्चालनमा, सुतली निकासीको तयारी

लामो खिचातानी र विवादवीच व्यवसायिक उत्पादन थालेको विराटनगर जुट मिल्सले सुतली निकासीका तयारी गरेको छ। एक महिना पहिलेदेखि  परीक्षण उत्पादन थालेको मिल्सले उत्पादन गरेको सुतली भारत निर्यात गर्ने तयारी भइरहेको जानाएको छ।

प्रदेश १ : राजधानी सार्ने चलखेलविरुद्ध आन्दोलनको तयारी

विराटनगरबाट प्रदेशको राजधानी सार्ने चलखेल सुरू भएको भन्दै विराटनगरमा आन्दोलनको तयारी सुरू भएको छ। मोरङ व्यापार संघ र उद्योग संगठन मोरङको अगुवाईमा राजधानी सार्ने चलखेल विरुद्ध आन्दोलनको तयारी सुरू भएको हो। आइतबार विराटनगरमा मोरङ व्यापार संघ र उद्योग संगठन मोरङले संयुक्त रुपमा सर्वपक्षीय छलफल आयोजना गरेका छन्।

जीके रोयलाई सम्झेर

साताको साहित्य पुरस्कार अर्पण गर्न विराटनगर यात्रा गर्नु एक दिन अगाडि एउटा पसलमा एलबिसरसँगै भेटिए कालो वर्णका एकजना भारतीय । देख्दा साधारण तर अस्वभाविक । उनका मनमा धेरै कुरा मडारिरहे जस्तो ।

अन्तर्राष्ट्रिय उडानका लागि तयार भयाे विराटनगर विमानस्थल

अन्तर्राष्ट्रिय उडानका लागि विराटनगर विमानस्थलको पूर्वाधार तयार भइसकेको नागरिक उड्ययन प्राधिकरण विराटनगरले जनाएको छ।

सुन तस्करी प्रकरण : एसपी खनाललाई रिहा गर्न आदेश

उच्च अदालत विराटनगरले सुन तस्करी र सनम शाक्य हत्या प्रकरणमा थुनामा रहेका प्रहरी उपरीक्षक (एसपी) विकासराज खनाललाई साधारण तारेखमा रिहा गर्न आदेश दिएको छ। मंगलबार न्यायाधीश नगेन्द्रलाल कर्ण र थिरबहादुर कार्कीको संयुक्त इजलासले जिल्ला अदालतको निर्णय उल्ट्याउँदै खनाललाई छाड्ने आदेश दिएको हो।

पूर्वको व्यापार घाटा साढे २ खर्ब

मुलुकका पूर्वी क्षेत्रका भन्सार नाकाहरुबाट गत आर्थिक वर्षमा भारत तथा तेस्रो मुलुकहरुसँग भएको व्यापारमा साढे दुई खर्ब घाटा भएको छ । व्यापार तथा निकासी प्रवद्र्धन केन्द्र क्षेत्रीय कार्यालय विराटनगरका अनुसार आव २०७४–७५ मा पूर्वको व्यापार घाटा दुई खर्ब ५२ अर्ब रुपैयाँ पुगेको हो।

महानगरमा विस्फोट गराउने तीन पक्राउ

विराटनगर महानगरपालिकामा बम विस्फोट गराउन संलग्न रहेको आरोपमा तीन जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा मोरङ जहदा गाउँपालिका  २ का मनोजकुमार सिंह, सिरहा लक्ष्मीपुरपतार ३ नया“ टोलका अभिमनु गिरी र सिरहा सुखिपुर नगरपालिका ५ का रामरिझन यादव रहेका छन्।

खुकुरी प्रहारबाट तीन घाइते

विराटनगरमा एक व्यक्तीले अन्दाधुन्द खुकुरी प्रहार गर्दा तीन जना घाइते भएका छन्।  सिरहा गोलबजारका दिलीप सहनीले मंगलबार खुकुरी प्रहार गर्दा उनकी  श्रीमती पुनम सहनी, छोरी मनिता सहनी र सालो सन्दिप सहनी घाइते भएका हुन्।

नेपालमा संसारकै थोरै कर : प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा संसारकै सबैभन्दा थोरै कर भएको बताएका छन्। मंगलबार विराटनगर विमानस्थलमा पत्रकारसँगको संक्षिप्त कुराकानीमा ओलीले नेपालमा जति थोरै कर, सस्तो बजार र मूल्य संसारमै नभएको बताए।

सुरक्षा गार्डको हत्या

अज्ञात समूहले मोरङको विराटनगर–२ धरानरोड स्थित न्यूविकी हार्डवयरका सुरक्षा गार्ड टंक भट्टराईको हत्या गरेको छ।

काँग्रेसले जितेको स्थानीय तहमा कर वृद्धि हुँदैन : कोइराला

नेपाली काँग्रेसका महामन्त्री डा. शशांक कोइरालाले संघियतालाई सफल बनाउन सबैको सहयोग आवश्यक रहेको बताएका छन्।

३३ किलो सुन तस्करी प्रकरण : जिल्लाको आदेश उच्च अदालतद्वारा सदर

साढे ३३ किलो सुन तस्करी तथा सनमशाक्य हत्याकाण्डमा संलग्न रहेको आरोप लागेका तीन जनाको सम्बन्धमा जिल्ला अदालत मोरङले गरेको आदेश उच्च अदालत विराटनगरले सदर गरेको छ।

विराटनगरमा बम विस्फाेट प्रकरण: शकास्पद ९ जना पक्राउ

विराटनगर महानगरपालिका प्रमुखको कक्षको बाहिर अाइतबार गराइएको कुकर बम विष्फोटनको आशङ्कामा प्रहरीले नौ जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख मनोजकुमार केसीले उनीहरुलाई अनुसन्धानका लागि नियन्त्रणमा लिएको बताए।

विराटनगर महानगरमा बम विष्फोट

विराटनगर महानगरपालिकामा आज अपरान्ह बम विष्फोट भएको छ। महानगरका मेयर भिम पराजुलीको कार्यकक्ष अगाडि बम विष्फोट भएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्