२० आश्विन २०८१ आइतबार
image/svg+xml

सप्तरीमा स्वाइन फ्लु

सप्तरीमा हङकङ फ्लु (ए/एच–३) र स्वाइन फ्लु (एच–१, एन–१) को संक्रमणले तीन बालबालिकाको मृत्यु भएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले पुष्टि गरेको छ।

फेरियो व्यवस्था , फेरिएन रवैया

सप्तरी सदरमुकामसमेत रहेको राजविराज नगरपालिका वडा नम्बर ५ को कार्यालयमा तीन दिनदेखि तालाबन्दी गरिएको छ ।

राेकिएन किर्ते नागरिकता धन्दा

किर्ते नेपाली नागरिकता बनाएको आरोपमा सप्तरी प्रहरीले एक भारतीय व्यापारीलाई पक्राउ गरी अनुसन्धान थालेको छ।

भारतले सप्तकोसीको बहाव परिवर्तन गरिदिंदा सप्तरीका हजारौं घर डुवानमा (भिडियाे)

सोमबार अबेर साँझ बस्ती पसेको बाढी अझै साम्य भएको छैन्। थोरै पानी घटेको छ तर अवस्था भने उस्तै। अझै घरहरुमा डेढ फिटसम्म पानी रहेको स्थानीय पीडितहरुको भनाई छ। बस्तीको तल्लो भेगमा भने ५ फिटसम्म पानी रहेको स्थानीयहरु बताउँछन्।

सप्तरीमा सामूहिक बलात्कार, पाँच पक्राउ

दाजुभाइले दिदीबहिनीबीच ‘स्नेहसहित सुरक्षा’ दिने प्रतिबद्धताका साथ तराई–मधेशमा मनाइने रक्षाबन्धन पर्वकै दिन सप्तरीमा एक युवती सामूहिक बलात्कारमा परेको घटना सार्वजनिक भएको छ । घटनामा संलग्न आरोपमा सप्तरी प्रहरीले मंगलबार पाँच अभियुक्तलाई पक्राउ गरेपछि घटना बाहिर आएको हो।

सप्तरीमा सवारी दुर्घटना अत्यधिक

सप्तरीमा सवारी दुर्घटना अत्यधिक हुने गरेको छ। आर्थिक वर्ष २०७४–७५ मा जिल्लामा ३२० सवारी साधन दुर्घटनामा परेका थिए।

सप्तरीमा कहालीलाग्दाे घटना : अंश जोगाउन ५ बर्षीया भतिजीसहित दाजुभाउजुको हत्या ?

सप्तरीको राजविराज नगरपालिका १५ मुसहरनियाँमा आफन्तकै संलग्नतामा ५ वर्षीय बालिकासहित सिंगो परिवारकै हत्या गरिएको रहस्य खुलेको छ। स्थानीय ३५ बर्षीय सुरज साह, सुरजकी पत्नी १७ बर्षीया बेचनीदेवी साह र ५ बर्षीया छोरी प्रतिभा साहको आफन्तकै संलग्नतामा हत्या भएको प्रहरीले जनाएको छ।

सप्तरीमा ट्रक पल्टिँदा चालकको मृत्यु

पूर्व–राजमार्गअन्तर्गत सप्तरीको अग्नीसाई कृष्णासवरण गाउँपालिका–१ मा बुधबार बिहान ट्रक पल्टिँदा एक जनाको मृत्यु भएको छ।

सप्तरी कारागारमा दोब्बर कैदीबन्दी

सप्तरीको राजविराजस्थित जिल्ला कारागारमा क्षमताभन्दा दुई गुणा बढी कैदीबन्दी रहेको पाइएको छ।  करीब १३५ जना कैदीबन्दीको क्षमता रहेको कारागारमा हाल १३ जना विदेशीसहित २९४ जना कैदीबन्दी रहेको कारागारले जनाएको छ।

सप्तरीबाट १० हजार जना सहभागी हुने

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको आउँदो शुक्रबार जनकपुरमा हुने नागरिक अभिनन्दनमा सर्वसाधारणको सहभागिता जुटाउन सरकारी खर्चमा सप्तरीबाट ५८ वटा बस जनकपुर जाने भएका छन्।

सप्तरीमा चिसोबाट थप एक महिलाको मृत्यु

पछिल्ला केही दिनयता चलेको शीतलहर र अत्यधिक चिसोका कारण सप्तरीको कञ्चनरुप नगरपालिका–३ मा आइतबार थप एक महिलाको मृत्यु भएको छ। स्थानीय ६२ वर्षीया कलियादेवी सदाको अत्यधिक चिसोका कारण मृत्यु भएको इलाका प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।

चिसोबाट सप्तरीमा थप तीन र कपिलवस्तुमा एकको मृत्यु

अत्यधिक चिसोका कारण सप्तरीमा विहीबार साँझ तीन जनाको मृत्यु भएको छ। छिन्नमस्ता गाउँपालिका–२ रामपुरा बस्ने ५२ वर्षीया सरोदेवी मुखिया र ७० वर्षीया सरस्वतीदेवी साह तथा सुरुङ्गा नगरपालिका–१ निवासी ५१ वर्षीय अम्बरबहादुर पुलामीको चिसोका कारण मृत्यु भएको प्रहरी नायब उपरीक्षक धुव्रकुमार श्रेष्ठले बताए।

सप्तरीका अस्पतालमा औषधी अभाव

सप्तरी जिल्लाका सरकारी स्वास्थ्य संस्थामा औषधी अभावका कारण गरिव तथा विपन्न परिवारका व्यक्ति तथा बिरामी उपचारबाट वञ्चित भएका छन् ।

सप्तरीमा चिसोबाट दुई बालबालिकाको मृत्यु

एक सातादेखि पूर्वी तराईमा बढेको चिसो र शीतलहरका कारण सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका–१ मा सोमबार साँझ स्थानीयवासी गुल्डेन मण्डलकी ६ महिनाकी छोरी पार्वतीको मृत्यु भएको इलाका प्रहरी कार्यालय भारदहले जनाएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्