coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml

उपराष्ट्रपति निर्वाचन: देउवा र नेपालले गरे मतदान

नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले उपराष्ट्रपति पदको निर्वाचनमा मतदान गरेका छन्।

उठेर दुई कदम हिड्न नसक्ने वृद्धहरुले समेत टिकटको आकाक्षां राखेका छन्ः माधव नेपाल

‘उठेर दुई कदम हिँड्न सक्दैन विचरा वृद्ध भइसक्यो। तैपनि मर्ने बेलामा एकचोटी त पाउँ, अरु केही भएन भने नाम भएपनि त्यहाँ टाँसिन पाउँ। के होला, कस्तो गाह्रो?’ ती आकांक्षीहरुले टिकट नपाउने हो भने बेहोस् हुने हो की भन्ने आफूलाई चिन्ता लागेको छ’, नेपालले भने।

अब काठमाडौँमा बस्ने होइन, बस्तीबस्तीमा जाने होः माधव नेपाल

‘अब हामीले चुनावमा लाग्नुछ। चुनावका लागि नै संगठन बनाउनु छ। संगठन परिचालन गर्नुपर्नेछ। अब काठमाडौँ र सदरमुकाममा बस्ने होइन। अब बस्तीबस्तीमा जाने हो। त्यसका निम्ति को उठ्यो? ठूलो कुरा होइन। हाम्रो पार्टीका कलम चिन्हका उम्मेदवार उठे, उठेनन्? हामीले समानुपातिकमा सबै ठाउँमा उम्मेदवारी दिन्छौं। त्यसको निम्ति हामीेले प्रत्यक्ष निर्वाचन मात्रै होइन। समानुपातिक निर्वाचन पनि सँगसँगै हुने भएको हुनाले समानुपातिकको मतमा प्रतिनिधिसभामा पनि कलम छाप, प्रदेशसभामा पनि कलम छाप।'

केपी ओलीबारे सकारात्मक कुरा गर्दै नगर्नुस्ः माधव नेपाल

'केपी ओलीका खुट्टा टाँसीटाँसी हिँड्ने पनि होइन। हामीलाई समाप्त पार्ने कोसिस गरेसम्म हामीले पनि उनीहरुप्रति माया, दया गरेर बस्ने पनि होइन। अहिले पनि मसँग खबर आइरहेका छन्–केपी ओलीसँग बस्न सकिदैन भन्दै कतिपय मानिसहरुले सम्पर्क गरिरहेका छन्। यही चुनावमा पनि हामी एकीकृत समाजवादीमा आएर चुनाव लड्न चाहन्छौं भनिरहेका छन्। त्यसो हुनाले एमालेसँग जाने कल्पनानै गर्न सकिदैन। जुन पार्टीले हाम्रो अस्तित्व स्विकार गर्दैन। जसले हामीलाई अपराधि घोषणा गरेको छ।'

अब गठबन्धनको डम्फू बजाएर बस्न सकिँदैनः माधव नेपाल

‘अहिले तपाईहरुलाई थाहा छ–हामीले स्थानीय तह निर्वाचनमा भाग लियौं। अब मंसीर महिनामा चुनाव आउँदैछ। सम्भवत मंसीर महिनाको पहिलो हप्तामा चुनावको घोषणा हुनेछ। अब कति दिन कति हामीले गठबन्धनको डम्फू बजाएर बस्ने? अब डम्फू बजाउने होइन। अब यो पार्टीलाई बलियो बनाउने डम्फु बजाउने। यो पार्टीलाई सुदृढ बनाउने कुरा गर्ने हो।’

गठबन्धनभित्र अपमानपूर्ण व्यवहार मान्य हुँदैन: माधव नेपाल

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले सत्तारुढ दल गठबन्धनभित्रैबाट स्थानीय तह निर्वाचनको सिट बाँडफाँडको विषयलाई लिएर अपमानपूर्ण व्यवहार गरिए मान्य नहुने चेतावनी दिएका छन्।

सत्तारुढ दलहरुबीच निर्वाचनमा मिलेर जाने सहमति भइसक्यो: माधव नेपाल

सत्तासाझेदार नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले सत्तारुढ दलहरुबीच स्थानीय तह निर्वाचनमा मिलेर जाने सहमति भइसकेको दावी गरेका छन्।

प्रचण्ड र नेपालले एमसीसी पारित गराउन देउवालाई वचन दिएका छन्ः केपी ओली

अध्यक्ष ओलीले हिजो बिहानै प्रधानमन्त्री देउवालाई भेटेर दाहाल–नेपाल दुवैले गठबन्धन नटुटाउने सर्तमा एमसीसी पास गर्ने वचन दिएको बताएका हुन्।

केपी ओली फेरी सत्तामा आए नेपाललाई सिध्याउँछन्: माधव नेपाल

सत्तारुढ दल नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले केपी ओली फेरी सत्तामा आए नेपाललाई सिध्याउने गम्भिर आरोप लगाएका छन्।

केपी ओलीले न भाले न पोथीको चाल देखाइरहका छन्ः माधव नेपाल

नेपालले एमसीसी पास गर्ने नाममा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग अनैतिक सम्झौंता नगर्न प्रधानमन्त्री शेरबहादुर देउवाको ध्यानाकर्षण गराएका छन्।

कृषकको कल्याण गर्ने कुरा नै हाम्रो राजनीतिको मूल विषय हो: माधव नेपाल

अध्यक्ष नेपालले कम्युनिष्ट पार्टीहरु किसानको मुक्तिको लागि बनेको भन्दै किसान आन्दोलन उठाउनको लागि वामपन्थी शक्तिहरुको भूमिका महत्वपूर्ण हुने बताए। उनले किसानको हित र कल्याण गर्नु नै आफूहरुको राजनीतिको मूल विषय भएको उल्लेख गरे।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्