२३ आश्विन २०८१ बुधबार
image/svg+xml

अफगानिस्तानमा २६ सैनिक मारिए

अफगानिस्तानको दक्षिणी प्रान्त कान्दाहारमा तालिबानको आक्रमणमा परी कम्तीमा पनि २६ जना सैनिक मारिएको समाचार छ।

अफगानिस्तानले नेपाललाई यु १९ विश्वकप खेल्नबाट रोक्यो

नेपाल यु १९ विश्वकप क्रिकेटमा छनौट हुन असफल भएको छ। मंगलबार समूह चरणको अन्तिम खेल अफगानिस्तानसँग ९६ रनले पराजित भएसँगै यु १९ विश्वकपमा छनौटको अवसर गुमेको हो। सिंगापुरमा भएको खेलमा नेपाललाई हराउँदै अफगानिस्तान भने अर्को वर्ष न्युजिल्यान्डमा हुने यु १९ विश्वकपमा स्थान सुरक्षित पारेको छ।

अफगानिस्तानद्वारा नेपाललाई १९६ रनको लक्ष्य

आइसिसी उन्नाइस वर्षमुनि (यु १९) विश्वकप छनोटअन्तर्गत आज भएको समूह चरणको अन्तिम खेलमा अफगानिस्तानले नेपाललाई १९६ रनको लक्ष्य प्रस्तुत गरेको छ।

यु-१९ विश्वकप छनोटमा अफगानिस्तानसँग नेपाल पराजित

एसिसी यु-१९ विश्वकप क्रिकेटको एसियाली छनोटमा नेपाल अफगानिस्तासँग पराजित भएको छ। मलेसिया र सिंगापुरलाई जितेको नेपाल अफगानिस्तासँग १ सय ४१ रनले पराजित भयो।

शीर्ष टोलीसँग खेल्ने अफगानिस्तानको आशा

वेस्ट इन्डिजविरुद्ध बुधबार सम्पन्न तीन एकदिवसीय अन्तर्राष्ट्रिय खेलको शृंखला १–१ को बराबरीमा टुंगिएपछि अफगानिस्तानका कप्तान अशघर स्टानिकजाईले आगामी दिनमा शीर्ष टोलीहरूसँग निरन्तर खेल्न पाइरहने आशा व्यक्त गरेका छन्।

अफगानिस्तानको आत्मघाती विस्फोटमा पाँच नेपाली घाइते

८० जनाको ज्यानगरी अफगानिस्तानको राजधानी काबुलमा भएको आत्मघाती बम विस्फोटमा पाँच नेपाली घाइते भएका छन्। उनीहरु सबै खतरामुक्त रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ।

अमेरिकाले अफगानिस्तानमा खसाल्यो अहिलेसम्मकै शक्तिशाली बम, ९४ को मृत्यु

अमेरिकाले बिहीबार अफ्गानिस्तानमा खसालेको शक्तिशाली ‘मदर अफ अल’ बमबाट मृत्यु हुने इस्लामिक स्टेट (आईएस) विद्रोहीको संख्या कम्तिमा ९४ पुगेको अधिकारीहरुले बताएका छन्।

कार बमले थर्कियो पूर्वी अफगानिस्तान

सुरक्षा निकायको कार्यालय नजिकै आत्मघाती कार बम आक्रमण हुँदा अफगानिस्तानको पूर्वी प्रान्तमा कम्पन महसुस गरिएको छ ।

अफगानिस्तानमा २८ लडाकु मारिए

अफगानिस्तानका विभिन्न ठाउँमा भएको सुरक्षा कारबाहीमा परी कम्तीमा २८ जना लडाकु मारिएको अफगानी सेनाले शुक्रबार जनाएको छ ।

अफगानिस्तानमा ३३ जना लडाकु मारिए

अफगानिस्तानको पूर्वी क्षेत्रमा पर्ने नानगार्हार प्रदेशमा सरकारी सुरक्षा फौजले बिहीबार राति गरेको सुरक्षा कारबाहीमा परी ३३ जनाभन्दा बढी लडाकुको मृत्यु भएको छ ।

अफगानिस्तानमा सांसदमाथि गोली प्रहार

अफगानिस्तानको तल्लो सदनका एक सदस्यमाथि दक्षिणी प्रान्त कान्दहरमा शनिबार गोली प्रहार भएको छ।

अफगानिस्तानमा चिसोको कारण २७ बालबालिकाको मृत्यु

अफगानिस्तानमा अत्याधिक चिसो मौसमका कारण कम्तीमा २७ जना बालबालिकाको मृत्यु भएको छ । जाउजान प्रान्तको दार्जाब जिल्लामा चिसोले उनीहरुको मृत्यु भएको जिल्लाका गभर्नर रहमातुल्लाह हसारले बिहीबार जानकारी दिए ।

अफगानिस्तानमा तालिवानी नेतासहित पाँच जनाको मृत्यु

अफगानिस्तानको दक्षिणी क्षेत्रमा एक स्थानीय तालीवानी नेता सहित पाँच जना मारिएका छन् । अफगानिस्तानी सेनाले उजुजान क्षेत्रमा गरेको सुरक्षा कारबाहीमा उनीहरु मारिएको रक्षा मन्त्रालयले आइतबार जनाएको छ ।

क्यान्सरपीडित युवतीलाई अफगानिस्तानका नेपालीको सहयोग

क्यान्सर रोगबाट पीडित बनेकी ओखलढुंगा मुलखर्क-१ निवासी अनिका तामाङ,२० को उपचारका लागि अफगानिस्तानमा कार्यरत नेपालीले आर्थिक सहयोग गरेका छन्।

अफगानिस्तानबाट अमेरिकी सेना फिर्ता लैजान ट्रम्पलाई तालिबानको आग्रह

आतंकवादी संगठन तालिबनले अफगानिस्तानबाट आफ्ना सेना फिर्ता लैजान अमेरिकी नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पलाई आग्रह गरेको छ। तालिबानले बिहीबार एक विज्ञप्ति जारी गर्दै ट्रम्पले राष्ट्रपतिको जिम्मा सम्हालेपछि तत्काल अफनगानिस्तानबाट अमेरिकी सेना फिर्ता लैजान आग्रह गरेको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्