२३ आश्विन २०८१ बुधबार
image/svg+xml

अफगानिस्तानमा मृत्यु हुनेको संख्या ४५ पुग्यो

अफगानिस्तानमा सोमबारको तालिबानी हमलामा परी कम्तिमा ४५ जनाको ज्यान गएको अधिकारीहरुले वताएका छन्। अफगानिस्तानको पूर्वी प्रान्तस्थित सैनिक क्याम्प नजिकै भएको उक्त हमलामा मृत्यु हुनेहरुमा अधिकांश सैनिक जवान रहेको उनीहरुले पुष्टि गरेका छन्।

दोस्रो कार्यकालका लागि घानीद्वारा उम्मेद्वारी दर्ता

अफगानिस्तानका राष्ट्रपति असरफ घानीले दोस्रो कार्यकालका लागि उम्मेद्वारी दर्ता गरेका छन्। राजधानी काबुलमा आइतबार घानीले राष्ट्रपति पदको उम्मेद्वारका रूपमा उम्मेद्वारी दर्ता गरेको समाचार एजेन्सी रोयटर्सले जनाएको छ। १७ वर्ष देखि गृहयुद्धले आक्रान्त अफगानिस्तानमा सन् २०१९ मा हुने राष्ट्रपतीय निर्वाचनमा घानीले आफ्नो पूर्ववर्ती सरकारी शासकीय साझेदारविरुद्ध गठबन्धन बनाएसँगै राष्ट्रपति पदको उम्मेद्वारी दर्ता गरेको बताइएको छ।

अफगानिस्तानको सुनखानीमा पहिरो जाँदा कम्तीमा ३० को मृत्यु

आइतवार अफगानिस्तानको उत्तरी प्रान्त बदखस्थनस्थित सुनखानीमा गएको पहिरोमा परि ३० जनाकाे मृत्यु भएकाे छ। बदखस्थन प्रान्तका प्रहरी प्रवक्ता सनउअल्ला रोहनीका अनुसार उक्त सुनखानीमा गएकाे पहिरोका कारण उनीहरुकाे मृत्यु भएकाे हाे।

तालिबानको आक्रमणमा दुई प्रहरी अधिकृतको मृत्यु

अफगानिस्तानको उत्तरी प्रान्त बाघलानमा तालिबान लडाकूको आक्रमणबाट बुधबार राति दुईजना प्रहरी अधिकारीको मृत्यु भएको छ।

इमरान खानलार्इ पत्र लेखेकाे भाेलिपल्टै ट्रम्पले विशेषदूत पाकिस्तान पठाए

अफगानिस्तानमा १७ वर्षदेखि जारी युद्धलाई सहमतिका आधारमा टुङ्ग्याउने उपाय पहिल्याउन नियुक्त गरिएका अमेरिकी विशेषदूत जाल्मे खलिलजाद इस्लामाबाद आइपुगेका छन्। अफगानिस्तानमा युद्धरत तालिबानलाई शान्ति प्रक्रियामा ल्याउने बारेमा पाकिस्तानका राजनीतिक तथा सैनिक नेतृत्वसँग छलफल गर्न उनी इस्लामाबाद आइपुगेका हुन्।

अफगान राष्ट्रपति जेनेभा प्रस्थान

अफगानिस्तानका राष्ट्रपति असरफ घानी सोमबार बिहान स्वीट्जरल्याण्डको जेनेभा प्रस्थान गरेका छन्।अफगान राष्ट्रपतिको कार्यालयले सोमबार बिहान एक विज्ञप्तिमार्फत सो जानकारी गराएको छ।

इस्लामिक स्टेटका प्रवक्ता मारिए

सुरक्षाफौजको कारबाहीमा अफगानिस्तानमा सक्रिय लडाकू समूह इस्लामिक स्टेट (आइएस) का एकजना प्रवक्ता मारिएका छन्।

अफगानिस्तानमा बम विस्फोट, कम्तीमा ५० जनाको मृत्यु

अफगानिस्तानमा आत्मघाती बम विस्फोट हुँदा ५० जनाको मृत्यु भएको छ। मुस्लिम धर्मका गुरु पैगम्बर मोहम्मदको जन्मजयन्ती मनाउन राजधानी काबुलस्थित उरानस हलमा भेला भएका धार्मिक नेतालाई लक्षित गर्दै बम विस्फोट गराइएको यहाँको गृह मन्त्रालयले जनाएको छ।

सैनिक हेलिकोप्टर दुर्घटनाग्रस्त, २५ जनाको मृत्यु

अफगानिस्तानको पश्चिमी प्रान्त फराहमा बुधबार अफगान सेनाको हेलिकोप्टर दुर्घटनाग्रस्त भएको छ। उक्त दुर्घटनामा हेलिकोप्टरमा सवार २५ जनाको मृत्यु भएको अफगान अधिकारीहरुले बताएका छन्। इरानसँगको सीमा जोेडिएको फराह प्रान्तका गभर्नरका प्रवक्ता नासिर मेहरीले अनार डारा जिल्लामा खराब मौसमका कारण हेलिकप्टर दुर्घटनाग्रस्त भएको जानकारी दिए।

बम बनाउने क्रममा पड्किदा आमा र छोराछोरीको मृत्यु

अफगानिस्तानको उत्तरी प्रान्त फर्याबमा सोमबार बनाउँदै गरेको एउटा बम अकस्मात पड्किदा बम बनाउने व्यक्तिकै श्रीमती र दुई छोराछोरीको मृत्यु भएको छ। उक्त बम एकजना तालिबान लडाकूले बनाउन लगेका बताइएको छ। तर सो बम बनाउँदा बनाउदै अकस्मात पड्किन पुगेको बताइएको छ। फर्याब प्रान्तको एक गाउँमा उक्त दुर्घटना हुन पुगेको अधिकारीहरुले जानकारी दिएका छन्।

चुनावी सभामा भएकाे विष्फाेटमा ज्यान गुमाउनेकाे संख्या २२ पुग्याे

अफगानिस्तानमा शनिवार एक चुनावी सभालाई लक्षित गर्दै गराइएको बम विष्फोटमा परी मृत्यु हुनेको संख्या २२ पुगेको छ।

शान्ति वार्ताका लागि तालिबानहरुले अमेरिकी दूत भेटे

तालिबानहरुले अफगानिस्तानमा जारी हिंसाको अन्त्यका लागि आवश्यक शान्ति वार्ता गर्न अमेरिकी दूतलाई भेटेको खुलेको छ। उनीहरुका प्रतिनिधिले शुक्रबार औपचारिक रुपमा कतारमा अमेरिकी दूतसँग भेटवार्ता गरेको सो सङ्गठनले एक विज्ञप्तिमार्फत पुष्टि गरेको हो।

अफगानिस्तानमा तालिवानी अाक्रमण, कम्तीमा १५ सुरक्षाकर्मीकाे मृत्यु

अफगान विद्रोही तालिबानले पछिल्ला दिनहरुमा सरकारी सुरक्षाफौजमाथि आक्रमण तिब्र पारेका छन्। अफगान सुरक्षा स्रोतका अनुसार जवाजन प्रान्तमा तालिबानले गरेको आक्रमणबाट कम्तीमा १५ जना सुरक्षाकर्मी मारिएका छन्। आइतबार राति उत्तरी अफगानिस्तानमा भएको हमलामा अरु २६ जना सुरक्षाकर्मी गम्भीर घाइते भएको टोलो समाचार समितिले जनाएको छ।

सेप्टेम्बरमा भएका आतङ्ककारी आक्रमणमा परी २४० को मृत्यु

अफगानिस्तानमा सेप्टेम्बर महिनामा भएका आतङ्ककारी आक्रमणहरुमा परी करिब २ सय ४० व्यक्तिको मृत्यु हुनुको साथै अन्य ३ सय ५० जना घाइते भएका एक मानवअधिकारवादी समूहले मङ्गलबार जानकारी दिएको छ।

यु–१९ एसिया कप : नेपाल अफगानिस्तानसँग ३ विकेटले पराजित

बंगलादेशमा जारी एसीसी यू–१९ एसिया कप क्रिकेटमा नेपाल अफगानिस्तानसँग ३ विकेटले पराजित भएको छ। बिकेएसपी फोर मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको नेपालले ३८.३ ओभरमा सबै विकेट गुमाउँदै १३१ मात्र बनाएको थियो। जवाफी व्याटिङ गरेको अफगानिस्तानले ३७.३ ओभरमा ७ विकेट गुमाउँदै १३२ रनको विजय लक्ष्य पुरा ग-यो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्