२० वैशाख २०८१ बिहीबार
image/svg+xml
प्रवास

सेप्टेम्बरमा भएका आतङ्ककारी आक्रमणमा परी २४० को मृत्यु

(फाइल फाेटाे)

काबुल – अफगानिस्तानमा सेप्टेम्बर महिनामा भएका आतङ्ककारी आक्रमणहरुमा परी करिब २ सय ४० व्यक्तिको मृत्यु हुनुको साथै अन्य ३ सय ५० जना घाइते भएका एक मानवअधिकारवादी समूहले मङ्गलबार जानकारी दिएको छ।

अफगानिस्तानका ३४ प्रान्तमध्ये २० ओटामा भएको आतङ्ककारी आक्रमणमा ठूलो नागरिक हताहत भएको मानवअधिकारवादी समूह सिपिएजीद्वारा जारी एक प्रेस विज्ञप्तिमा जानकारी दिइएको छ। अफगानिस्तानको पूर्वी प्रान्त नान्गाहारको मुहमद दारा जिल्लामा सेप्टेम्बर ११ मा एक विरोध प्रदर्शनलाई लक्षित गरी गरिएको आत्मघाती आक्रमणमा परी कम्तीमा ६८ व्यक्तिको मृत्यु हुनको साथै १६५ घाइते भएका थिए।

अफगानिस्तानका विभिन्न १२ प्रान्तमा गत महिना अफगान र विदेशी सैन्य बलले गरेको हवाई तथा स्थल कारबाहीमा परी करिब १ सय २३ व्यक्ति हताहत भएका थिए। त्यसैगरी आतङ्ककारी आक्रमणहरुमा परी कम्तीमा १०३ व्यक्तिको मृत्यु हुनुको साथै अन्य २० घाइते भएका सिपिएजीले जानकारी दिएको छ।

सिपिएजीले सर्वसाधारण नागरिकको ज्यान जानेगरी रात्री समयमा हुने सुरक्षा कारबाहीलाई रोक्न पनि जारी विज्ञप्तिमा अपिल गरेको छ। गत अगस्ट महिनामा अफगानिस्तान भरमा भएका आतङ्ककारी आक्रमणहरुमा २६२ व्यक्तिको मृत्यु हुनको साथै अन्य ५२४ घाइते भएका सिसिएजिद्वारा जारी विज्ञप्तिमा जानकारी दिइएको छ।

 

प्रकाशित: १६ आश्विन २०७५ ०८:४६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App