६ वैशाख २०८१ बिहीबार

स्काउटको जग्गा फिर्ता गराउँदै खेलकुदमन्त्री

नेपाली कांग्रेसका सांसद तथा पूर्वमन्त्री दीपक खड्काले नेपाल स्काउटको लैनचौरस्थित जग्गा अनधिकृत रूपमा हडपेर भाडा उठाएको विषयमा युवा तथा खेलकुद मन्त्रालयले छानबिन थालेको छ।

दशरथ रंगशालामा खेलकुदको मात्र गतिविधि गर्न मन्त्रालयको निर्देशन

युवा तथा खेलकुद मन्त्रालयले दशरथ रंगशालामा खेलकुदको मात्र गतिविधि गर्न राष्ट्रिय खेलकुद परिषद्लाई निर्देशन दिएको छ।

नियम विपरित नेपाल स्काउटको निर्वाचन !

अदालतको फैसला बिनै निर्वाचन किन गराउन लागेको भन्ने विषयमा समितिका संयोजक भण्डारीसँग सम्पर्क गर्दा उनीसँग सम्पर्क हुन सकेन भने निर्वाचन समितिका संयोजक रेग्मीले नेपाल स्काउटको निर्वाचनबारे केही नबोल्ने भन्दै फोन राखे।

देशभर क्रिकेट मैदानसहित रङ्गशाला निर्माण गरिँदै

सरकारले देशका विभिन्न भागमा खेलकुद पूर्वाधारका रूपमा क्रिकेट मैदान र रङ्गशाला निर्माणलाई उच्च प्राथमिकतामा राखेर काम गरिरहेको छ।

आज प्रतिनिधिसभाको बैठक बस्दै

आज बिहान साढे ११ बजे बस्ने बैठकमा श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, वन तथा वातावरण मन्त्रालय, संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयअन्तर्गतको विनियोजन विधेयकका शीर्षकमाथि छलफल हुने सभामुख अग्निप्रसाद सापकोटाले जानकारी दिएका छन्।

राजनीतिक दललाई चुनाव लागेको बेलामा राष्ट्रलाई खेलकुदमय बनाउँछौँ: घिसिङ

कोरोनाले थलिएको नेपाली खेलकुद वर्ष २०७८ तङ्ग्रिने विश्वास गरिएपनि अपेक्षा अनुसारको गति लिन सकेन। खेलकुदमा उपलब्धि भन्दा खेलकुद क्षेत्रको राजनीतिक खिचातानी बढी चर्चामा रह्यो।

कास्कीका ५२ खेलकुद योजनालाई पौने तीन करोड बजेट

मन्त्रालयको जिम्मेवारी सम्हालेपछि युवा तथा खेलकुद मन्त्री राजीव गुरुङ(दिपक मनांगे)ले खेलकुद पूर्वाधारको लागि बजेट छुट्टाएका हुन्।

नेपालले र्‍याफ्टिङमा ओलम्पिक पदक जित्ने आँकलन

नेपालको भौगोलिक अवस्थितिका कारण पहाडबाट दक्षिणतर्फ बग्ने अधिकांश नदीमा पर्यटनसँगै खेलकुदलाई जोड्न र प्रयोग गर्नसक्ने प्रशस्त सम्भावना छ। त्रिशूली, भोटेकोसी, सुनकोसी, कालीगण्डकी, मस्याङ्दी, बूढीगण्डकी, कर्णाली र पश्चिम सेती साहसिक जलयात्राका लागि विश्वमै कहलिएका नदी हुन्।

राखेपमा अस्थायी समाधान

राष्ट्रिय खेलकुद परिषद् (राखेप)का सदस्यसचिवको बर्खास्ती र नियुक्ति प्रक्रियाबारे सर्वोच्च अदालतमा मुद्दा परेपछि दुई महिनादेखि नेपाली खेलकुद संक्रमणकालीन अवस्थाबाट गुज्रिरहेको थियो।

खेलकर्मी सम्मानित

युवा तथा खेलकुद मन्त्रालयले ६ खेलाडी, दुई प्रशिक्षक र एक निर्णायक गरी कुल ९ जनालाई राष्ट्रिय खेलकुद प्रतिभा सम्मानबाट आइतबार सम्मानित गरेको छ।

राखेप सदस्यसचिवमा घिसिङ

युवा तथा खेलकुदमन्त्री महेश्वरजंग गहतराजले मन्त्रालयका सहसचिव कमलप्रसाद पोखरेलको संयोजकत्वमा कमला ज्ञवाली र हरिबहादुर श्रेष्ठ सम्मिलित सदस्यसचिव छनोट समिति गठन गरेका थिए। सोही समितिले अन्तर्वार्ता र कार्ययोजनाको प्रस्तुतिलाई आधार मानेर तीन जनाको नाम सिफारिस गरेको हो।

राखेपका सदस्य पनि बर्खास्त

मन्त्री गहतराजले राष्ट्रिय खेलकुद विकास ऐन २०७७ अनुसार राखेपको अध्यक्षको हैसियतमा नियुक्त गरिएका सदस्यसँग गत कात्तिक २३ गते स्पष्टीकरण मागेका थिए। तीन दिनभित्र स्पष्टीकरण बुझाउन निर्देशन दिँदै मन्त्रालयले जबाफ चित्त नबुझे कारबाही गर्ने तयारी गरेको थियो।

खेल पत्रकारिताबाट नागरिककर्मी पुरस्कृत

नागरिककर्मी अनिल मल्ल ठकुरी खेलकुद मन्त्रालयले प्रदान गरेको खेलकुद पत्रकार प्रोत्साहन पुरस्कार–२०७७ बाट आइतबार पुरस्कृत भएका छन्।

खेलग्राम बनाउन चाहने स्थानीय तहलाई ३५ दिनभित्र प्रस्ताव पेस गर्न सरकारकाे आह्वान

गत वर्षदेखि ८४ वटा पालिकामा खेल पूर्वाधार निर्माण सुरु भइसकेको जानकारी दिँदै यस वर्ष थप ३० स्थानीय तहमा यो कार्यक्रम सुरु गरिने मन्त्रालयले जनाएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्