टर्कीेमा सेनाको हेलिकप्टर दुर्घटना, तेह्रको मृत्यु
टर्कीको सिनाक प्रदेशमा बुधबार अवेर राती टर्की सेनाको हेलिकप्टर दुर्घटना भएको छ । सो दुर्घटनामा परी १३ जना सैनिकले ज्यान गुमाएका छन् ।
टर्कीको सिनाक प्रदेशमा बुधबार अवेर राती टर्की सेनाको हेलिकप्टर दुर्घटना भएको छ । सो दुर्घटनामा परी १३ जना सैनिकले ज्यान गुमाएका छन् ।
टर्कीका न्यायाधिश र सरकारी वकिल गरी १०७ जनालाई शुक्रबार निलम्बन गरिएको छ।
टर्कीका राष्ट्रपति रेसेप तैइप एर्डोगान मंगलबार टर्कीको सत्ताधारी दल ‘इस्लामिक जस्टिस एन्ड डेभलपमेन्ट पार्टी’ (एकेपी) मा पुनःसम्मिलित भएका छन् ।
भित्रि वस्त्रमा चेरस लुकाएर टर्की हिँडेकी २४ वर्षीया सोय सेलेन नाम गरेकी एक युवती पक्राउ परेकी छन् । चरेस लुकाएर त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल पुगेकी उनलाई लागुऔषध नियन्त्रण ब्युरोले पक्राउ गरेको हो ।
टर्कीका गृहमन्त्री सुलेमन सोयलुले टर्कीमा भएको प्रदर्शनमा एक लाख १३ हजार २६० जना पक्राउ परेको जानकारी दिएका छन् ।
राष्ट्रपति रेसेप तायिप एर्डोगानको पक्षमा मत व्यक्त गर्न सरकार समर्थक हजारौं महिलाले टर्कीको राजधानी इस्तानबुलका विभिन्न ठाउँमा जुलुस निकालेका छन् ।
टर्कीमा ५.३ रेक्टरस्केलको भूकम्प गएको छ। टर्की भूकम्प मापन केन्द्रका अनुसार स्थानीय ६:५१ बजे भूकम्प गएको हो। भूकम्पमा परी कम्तीमा चार जना घाइते भएका छन्। स्थानीय सञ्चारमाध्यमका अनुसार उत्तर दक्षिणको क्यान्कल क्षेत्रको पाँच गाउँका घरहरु क्षतिग्रस्त बनेको छ।
रसियाको १८ सदस्यीय अनुसन्धान टोली टर्कीका लागि रसियाली राजदूत एन्डे« कार्लोभको हत्याबारे टर्कीसँग समन्वय गरी छानबिन गर्न मंलबार अङ्कारा आइपुगेको स्थानीय सञ्चारमाध्यमले बताएका छन् ।
टर्कीको राजधानी अंकारामा प्रहरीले टर्कीकालागि रुसका राजदूत आन्द्रेई कालरेवको गोली हानी हत्या गरेका छन्। प्रहरीको कला प्रदर्शनका क्रममा एक प्रहरीले आवेशमा आएर राजदूत आन्द्रेई कालरेवमाथि गोली प्रहार गरे र भने ‘एल्पेपो र बदला’ भन्दै नाराबाजीसमेत गरेका थिए। आफ्ना राजदूतको हत्या भएपछि रुसले हत्याको बदला लिने चेतावनी दिएको छ। उसले हत्यारालाई नछोड्ने चेतावनीसमेत दिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।
टर्कीमा गतमहिना सैनिकले विद्रोह गरी गरिएको ‘कू’ को प्रयासमा संलग्न भएको आरोपमा यहाँको सरकारले जारी राखेको कारबाहीका क्रममा मानवअधिकार हनन् भएको भनाई यहाँका अधिकारवादीहरूको छ । टर्कीको सरकारले उक्त असफल सैनिक कूको पक्षमा लागेको आरोमा कैयौँलार्ई थुनामा राखी कारबाही गरेको छ । हजारौँ हजार व्यक्तिलाई सेनाले नियन्त्रणमा लिएर कारबाही गरेको छ ।
टर्की सरकारले जुलाई १५ मा भएको सैनिक ‘कू’ को प्रयासमा संलल्न भएको भन्दै पक्राउ गरेको ७ सय ५८ लाई रिहा गरेको सरकारी संचार माध्यमले जनाएको छ।
र्कीका राष्ट्रपति रिसेफ तैयप एर्दोआनले विगतमा आफ्ना विरुद्ध अपमान गर्ने नागरिक विरुद्ध दर्ता भएका सबै मुद्दा सबै फिर्ता लिने बताएका छन्।
सैनिकको एक खेमाले गरेको ‘कू’ को प्रयासको केही घण्टापछि अपदस्थ भनिएका टर्कीका राष्ट्रपति रिसेफ तैइयप एर्दौआनले सर्वसाधरणलाई सडकमा उत्रन र प्रजातन्त्रको रक्षा गर्न आह्वान गरे। तर एर्दौआनले सर्वसाधरणलाई उक्त अपिल कुनै सरकारी संचार माध्यमबाट गरेका थिएनन्। यसका लागि उनले आफ्नो स्मार्टफोनको प्रयोग गरेका थिए। उनको उक्त लाइभ भिडियो सिएनएन टर्कीले प्रसारण गरेको थियो।
टर्कीका राष्ट्रपतिले रिसेप ताइयप एन्र्दौेनले तीन महिनाको संकटकाल घोषणा गरेका छन्। अंकारास्थित राष्ट्रपति भवनबाट सम्बोधन गर्दै एन्र्दोनले गत शुक्रबार भएको असफल ‘कू’ को प्रयासपछि देशमा असहज परिस्थिति आएको भन्दै तीन महिने संकटकाल घोषणा गरिएको बताएका छन्।
अमेरिकाले टर्कीमा हालै भएको सैनिक ‘कू’ मा अमेरिकाको सहयोग छ भन्नु गलत भएको बताएको छ । टर्कीका श्रम मन्त्रीसँग फोन वार्ताका क्रमम अमेरिकी सुरक्षा परिषद प्रमुख जोन केरीले टर्कीलाई आफ्ना विरुद्ध अभिव्यक्ती नदिल चेतावनी दिएका हुन् ।उनले यस्तो अभिव्यक्तीले दुई देशबीचको आपसी समझदारीमा असर पुग्न सक्ने चेतावनी दिएका हुन्।