१६ वैशाख २०८१ आइतबार
image/svg+xml

धरहरा उद्घाटनको एक वर्ष : ठेकेदार कम्पनी चौथो पटक म्याद थपको माग गर्दै

पूर्वप्रधानमन्त्री ओलीले गत वैशाख ११ गते धरहरा वरपरका अत्यावश्यक पूर्वाधार तयार नहुँदै हतार–हतार उद्घाटन गरेका थिए। उद्घाटन गरेको एक वर्ष पुगुञ्जेलसम्ममा पनि धरहराको भौतिक प्रगति भने ७८ प्रतिशत मात्रै भएको छ।

धरहरा उद्घाटनमा हतारो: ४० प्रतिशत काम अझै बाँकी

प्रधानमन्त्रीलाई उद्घाटन गर्न हतार भएपछि ठेकेदार कम्पनीले काम नसकिँदै लिफ्ट जडान गरेको थियो। २० औं तलासम्म पुग्ने भर्‍याङ (सिढी) बनाउन समय लाग्ने भएपछि लिफ्ट जडान गरिएको थियो। तर राम्रोसँग लिफ्ट नराखिएका कारण फेरि खोेलेर फिटिङ गर्ने कार्य भइरहेको छ।

प्रधानमन्त्रीले आज धरहराको उद्घाटन गर्दै

बाहिरी सजावटको कार्य सकिन अझै एक वर्ष समय लाग्ने भएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले धरहरा मात्रै तयार गरेर उद्घाटन गर्न लागेका हुन्। भूकम्प गएको ६ वर्ष पुगे पनि पुनर्निर्माणमा विवाद भएपछि २०७५ मा मात्रै धरहराको पुनर्निर्माण सुरु भएको थियो। स्तम्भ तयार गर्न र सुनको गजुर राखेको गरी हालसम्म ३ अर्ब ४८ करोड बजेट खर्च भइसकेको छ।

धरहरा उद्घाटनमा हतारो

स्रोतका अनुसार आफू नेतृत्वको सरकार ढल्न सक्ने सम्भावना देखेर प्रधानमन्त्री ओली धरहरा उद्घाटन गर्न हतारिएका हुन्। यसअघि पुनर्निर्मित रानीपोखरी र दरबार स्कुल भवन उद्घाटन गरिसकेका ओलीले उपत्यकाको अर्को धरोहर धरहरा निर्माण कार्य पनि औपचारिक रुपमा सकिएको घोषणा गर्दैछन्। ‘यति धेरै हतार गर्नुपर्ने अवस्था त थिएन तर माथिल्लो तहबाट निर्देशन आएकाले काम तीव्र गतिमा भइरहेको हो,’ स्रोतले भन्यो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्