शिखरतर्फ नेपाली महिला
नेपालमा बितेका सय वर्षमा सयौं योगमायाले महिला अधिकार र समानताका लागि कठोर कदम चाले, विद्रोह गरे।
नेपालमा बितेका सय वर्षमा सयौं योगमायाले महिला अधिकार र समानताका लागि कठोर कदम चाले, विद्रोह गरे।
तत्कालीन राजा महेन्द्रले २०१७ साल पुस १ गते जननिर्वाचित सरकारलाई बर्खास्त मात्र गरेनन्, प्रधानमन्त्री बिपी कोइरालालाई जेल हाले। १६ वर्षमा हिँड्दै गरेकी शैलजा आचार्य राजाको कदमविरुद्ध काठमाडौंको सडकमा कालो झन्डा बोकेर उत्रिइन्। प्रजातन्त्रको पक्षमा सडकमा उत्रिएकी उनलाई राजाको सरकारले पक्राउ गर्यो र तीन वर्षसम्म थुन्यो।