२० असार २०८१ बिहीबार
image/svg+xml

नौ महिनामा भन्सार छलीका ५६ करोडका सामान बरामद

पर्साका प्रशासनले चालु आर्थिक वर्षको नौ महिनामा ५६ करोड एक लाख छ हजार नौ सय बराबरका राजस्व छलेर ल्याइएका सामान बरामद गरेको छ।

‘एक्सरे मेसिन’ जडान

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयको यात्रु जाँचपासमा थप चार एक्सरे मेसिन जडान गरिएको छ। ती एक्सरे मेसिन जडानसँगै अब जाँचपास १० मिनेटमा हुने जनाइएको छ।

३२ लाखको अवैध सामान बरामद

बाँकेमा भन्सार छलेर भारतबाट नेपाल भित्र्याउँदै गरेको ३२ लाख रूपैयाँ बराबरको अवैध सामान सशस्त्र प्रहरी बलको टोलीले बरामद गरेको छ।

अवैध सामानसहित अटो बरामद

अवैध सामानसहित इलेक्ट्रिक अटो प्रहरीले बरामद गरेको छ। गुलरिया नगरपालिका–६ बाट आज प्रहरीले सामानसहित अटो बरामद गरेको छ।

८० लाखको अवैध सामान बरामद

कर्णाली प्रदेशमा एक वर्षको अवधिमा ८० लाख रूपैयाँ बढीका करछलीका सामान प्रहरीले बरामद गरेको छ। खाद्य सामग्रीभित्र करछलीका सुर्तीजन्य वस्तु, चिनी सबैभन्दा बढी ल्याउने गरेको पाइएको हो।

प्रहरीद्वारा एक करोड बराबरको अवैध सामान बरामद

जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट–सुस्तापूर्व)ले एक करोड बराबरको अवैध सामग्री बरामद गरेको छ।

१ सय २० किलो गाँजा र ९ लाख बराबरको अवैध सामान बरामद

नेपाल–भारत सीमा क्षेत्र अन्तर्गत विराटनगर महानगरपालिका–१८ बाट लागुऔषध गाँजा, अदुवा र अवैध सामान प्रहरीले बरामद गरेको छ।

अवैध सामानसहित सर्लाहीमा बेवारिसे ट्रक बरामद

भारतबाट भन्सार छली ल्याएको सामान सहित सर्लाहीमा बेवारिसे अवस्थामा एउटा ट्रक बरामद भएको छ। सशस्त्र प्रहरी बल सर्लाहीले किराना सामान सहित ट्रक बरामद गरी भन्सार चलान गरेको छ।

एक वर्षमा साढे ५ करोड बढीको अवैध सामान बरामद

नेपाल प्रहरीले कपिलवस्तुमा एक वर्षको अवधिमा अवैधरुपमा भित्र्याइएका साढे ५ करोड बढीको बिभिन्न माल सामानहरु बरामद गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्