२९ वैशाख २०८१ शनिबार
image/svg+xml

कोरोना संक्रमण दर स्थिर

संक्रमणदर दुई अंकको दरले कम हुँदै गएकोले यो स्थितिलाई स्थिर अवस्था भन्न मिल्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा.समिर कुमार अधिकारीले बताउँछन्। ‘संक्रमणदर विस्तारै घट्दै गएको देखिन्छ, यसलाई सकरात्मक रूपमा लिनुपर्छ, तर यो फेरि कतातिर जान्छ अहिल्यै भन्न सकिंदैन,’ उनले भने। संक्रमणदर केही प्रतिशतले घटेपनि नयाँ भेरिन्यट आउने जोखिम कायमै रहेकोले सचेत हुन डा. अधिकारीले सवैलाई अनुरोध गरे।

खोप लगाउन पाँच दिन विद्यालय खुलाइने

जिल्ला कोरोना सङ्कट व्यवस्थापन समिति (डीसीसीएमसी) को बैठकले विद्यार्थीलाई मोर्डना खोपको दोस्रो डोज लगाउन पाँच दिन विद्यालय खोल्ने निर्णय भएको प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतमले जानकारी दिए। उनकाअनुसार विद्यालयका पठनपाठन भने माघ मसान्तसम्म नै बन्द हुनेछ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्