२८ वैशाख २०८१ शुक्रबार
image/svg+xml

बागलुङ–म्याग्दी सडक कालोपत्र गरिँदै

बागलुङ– म्याग्दी सडकअन्तर्गत बागलुङको गलकोट नगरपालिका– ३ हटिया बजार–ताराखोला हुँदै म्याग्दी पुग्ने सात किलोमिटर खण्डमा कालोपत्र गर्न थालिएको छ।

बेँसीसहर–खुदी सडक कालोपत्र

मनाङ र लमजुङ जोड्ने बेँसीसहर–चामे सडक कालोपत्र सम्पन्न भएको छ। उक्त सडकअन्तर्गत बेँसीसहरबाट खुदीसम्मको सात दशमलव आठ किलोमिटर खण्ड कालोपत्र भएको हो।

तनहुँमा सात दशमलव पाँच किलोमिटर सडक कालोपत्र

गण्डकी प्रदेश सरकारबाट बजेट विनियोजन भएपछि तनहुँमा चालु आर्थिक वर्षमा सात दशमलव पाँच किलोमिटर सडक कालोपत्र भएको छ।

कालीगण्डकी करिडोरः तिप्ल्याङ–पोखरेबगर खण्डमा कालोपत्र

राष्ट्रिय गौरवको कालीगण्डकी करिडोर, बेनी–जोमसोम–कोरला सडक योजनाअन्तर्गत म्याग्दीको तिप्ल्याङ–पोखरेबगर खण्डमा कालोपत्र गरिएको छ।

कालीगण्डकी कोरिडोरः १५ महिनापछि बेनी–मालढुङ्गाखण्ड निर्माणमा प्रगति

म्याग्दी र मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–मालढुङ्गा सडक कालोपत्रका लागि सञ्चालित योजनाको कामले १५ महिनापछि गति लिएको छ।

बुढीगंगाले आफ्नै लगानीमा सडक कालोपत्र गर्ने

बुढीगंगा नगरपालिकाले आफ्नै लगानीमा ग्रामीण सडक कालोपत्र गर्ने भएको छ। पालिकामा नयाँ नेतृत्व आए लगत्तै गरेको निर्णयलाई कार्यान्वयन गर्दै नगरपालिकाले दुई वटा सडक आफ्नै लगानीमा कालोपत्र गर्न लागेको हो।

हुलाकी राजमार्ग निर्माण सुस्त

राष्ट्रिय गौरवको आयोजनाको हुलाकी राजमार्ग निर्माणले गति लिन सकेको छैन। राजमार्ग १४ वर्षमा एक हजार ३९ किलोमिटर मात्रै सडक कालोपत्रे भएको छ। हुलाकी आयोजना निर्माण सम्पन्न कहिले हुने भन्ने अन्योल कायमै छ।

एक वर्षमा ८ सय २० किलोमिटर सडक कालोपत्रे

पूर्वाधार निर्माण गर्ने सबैभन्दा ठूलो सरकारी निकाय सडक विभागले गत आर्थिक वर्षमा ८ सय २० किलोमिटर सडक कालोपत्रे स्तरमा स्तरोन्नति गरेको छ।

आँबुखैरेनीतर्फ सात किमि सडक कालोपत्रको तयारी

मुग्लिन पोखरा सडक विस्तार योजनाअन्तर्गत तनहुँको आँबुखैरेनी खण्डमा सात किलोमिटर सडक कालोपत्रको तयारी गरिएको छ।

तीन महिनामा ३८ किलोमिटर सडक कालोपत्रे

सडक विभागले चालु आर्थिक वर्षको तीन महिनाको अवधिमा ३८ किलोमिटर सडक कालोपत्रे गरेको छ। विभागले साउनदेखि असोजसम्मको अवधिमा ३८ किलोमिटर सडक कालोपत्रे गरेको हो।

सिगाना–गाजादह- बरेङ सडक कालोपत्र हुने

निर्वाचन क्षेत्र रणनीतिक सडकअन्तर्गत बागलुङ बजारबाट सिगानासम्मको सडक कालोपत्र गरिने भएको छ।

सडक कालोपत्रको काम २३ वर्षपछि सुरु

भौतिक पूर्वाधार मन्त्रालयले बेनी नगरपालिकाको वडा नम्बर १ रत्नेचौरको उपल्लाचौरदेखि अर्जम, वडा नम्बर २ को ज्यामरुककोट, स्यानालेक, तोराखेत हुँदै वडा नम्बर ३ भकिम्ली जोड्ने सडक स्तरोन्नतिको काम थालेको हो।

खर्च र सडक कालोपत्रे दुवैमा कमजोर

पूर्वाधार निर्माण गर्ने सबैभन्दा ठूलो सरकारी निकाय सडक विभागले गत आर्थिक वर्षमा सडक कालोपत्रे विगत चार वर्ष यताकै न्यून गरेको छ।

तमोर करिडोर कालोपत्रेका लागि ठेक्का खुल्यो

पूर्वी पहाडको ‘लाइफलाइन’ को रुपमा हेरीएको सडकको कालोपत्रे गर्ने ठेक्का खुलेसँगै यो क्षेत्रका बासिन्दा उत्साहित भएका छन्। गणेश चोकदेखि मुलघाटसम्मको १ सय १० किलोमीटर सडक कलोपत्रे गर्नका लागि ठेक्का खुलेको आयोजना प्रमुख कुवेर नेपालीले जानकारी दिए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्