१५ वैशाख २०८१ शनिबार
image/svg+xml

आफ्नै छोराको हत्या गर्ने बुवा पक्राउ

बुवा छोराबीच झगडा हुँदा लौरंगलालले बुधबार राति आफ्नै २० वर्षीय छोरा विवेक चौधरीको पेटमा फुटेको वियरको बोत्तल प्रहार गरी गम्भीर घाइते बनाएका थिए। गम्भीर घाइते भएका विवेकलाई उपचारको लागि बर्दिया अस्पताल ल्याउँदै गर्दा बाटोमै ज्यान गएको थियो।

माओवादीको गणमा कांग्रेसको जित

माओवादीको गण बारबर्दिया नगरपालिकामा नगर प्रमुख र उप–प्रमुख पदमा नेपाली कांग्रेसका उम्मेदवार निर्वाचित भएका छन्।

अतिक्रमित सरकारी जग्गा खोज्दै कपास विकास समिति

कैलाली, कञ्चनपुर, बाँके, बर्दिया, र दाङका विपन्न किसानको जीविकोपार्जन सुधार गर्न तथा स्वदेशमा खपत हुने कपासको माग धान्ने गरी २०३७ पुसमा सरकारले उक्त समिति गठन गरेको थियो। तत्कालीन समयमा एक हजार २०० हेक्टर बन क्षेत्र फँडानी गरी सरकारले कुम्भर फार्मको नाममा ५५० हेक्टर जग्गा उपलब्ध गराएको थियो।

अभिभावकविहीनका अभिभावक मेयर दुर्गा

‘ममी बुवा हुनुहुन्न। आफन्तका केही दिन बसे एक छाक खान पनि मुस्किल थियो,’ पुलिस बन्ने सपना बोकेकी संझनाले नागरिकसँग भनिन्, ‘बाल संरक्षण केन्द्रमा आएपछि मैले आफूलाई सुरक्षित ठानेकी छु। पढाइ पनि अघि बढाएकी छु। साथीभाईको सहयोग र मेयर सरले दशैं, माघि लगाएतका सबे त्यौहार हामीसँगै मनाउनु हुन्छ। यसले हामीलाई सुरक्षित पारिवारिक वातावरणको अनुभव दिएको छ।’

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्