१४ मंसिर २०८१ शुक्रबार
image/svg+xml

पृथ्वीनारायणका सिक्कामा सांस्कृतिक प्रस्तुति

पृथ्वीनारायणले प्रसारण गरेका विभिन्न सिक्कामा विशेषगरी हिन्दू सांस्कृतिक चिन्तनलाई निरन्तरता दिएको देखिन्छ, जुन लिच्छवि तथा मल्ल सभ्यताको निरन्तरता हो । मुद्राको बनोट, बुनोटमा पनि लिच्छवि तथा मल्लकालीन मुद्राको समरूपमा तात्विक फरक देखिँदैन।

लिच्छविकालीन कला

प्राचीनकालमा देखिएका मूर्तिभन्दा लिच्छविकालका प्रस्तर मूर्ति विशेषतागत रूपमा भिन्न छन्। परिष्कृत रूपमा देखापरेका लिच्छविकालीन प्रस्तर मूर्तिभन्दा बेग्लै देखिएपछि अलि भद्दा प्रकारका मूर्तिलाई किरातकालका मूर्ति भन्ने प्रचलन बलियो भएको हो। सादा, चिल्लो र छरितो रूपमा बनेका प्रस्तर मूर्ति लिच्छविकालका खास विशेषता हुन्।

लिच्छविकालमा राज्यवतीले जोगाएको नेपाल

वि.सं. १९३७ मा भारतको गुजरातका भगवानलाल इन्द्रजीले ‘ट्वेन्टी थ्री इन्स्क्रिप्सन्स् फ्रम नेपाल’ भन्ने पुस्तकमा २३ वटा अभिलेख छापेका थिए । ती २३ वटा अभिलेखमध्ये लिच्छवि कालका १५ वटा, मल्ल कालका सात वटा र शाह कालको एउटा थियो । लिच्छवि कालको सबैभन्दा पहिलो अभिलेख सम्वत् ३८६ चाँगुनारायणको कुँदिएको अभिलेख थियो ।

लिच्छविकालमा सुरु भएको नेपाल संवत्, पृथ्वीनारायण शाहले दिए राष्ट्रिय मान्यता

नेपाल संवत् ११४० आज देशभर विविध कार्यक्रम गरी मनाइँदैछ। यस संवतलाई हाल नेवार समुदायले नयाँ वर्षका रुपमा मनाउने गरेका छन्। राष्ट्रिय विभूति शङ्खधर साख्वाले विसं ९३७ (इ सं ८८०) मा गरिब जनताको ऋण मोचन गरी नेपाल संवतको शुरुवात गराएका थिए।

भेटियो लिच्छविकालीन अभिलेख

काभ्रेपलाञ्चोकको भकुण्डेबेसीमा लिच्छविकालीन अभिलेख भेटिएको छ। पुरातत्व विभागले अनुसन्धानको क्रममा उक्त अभिलेख फेला पारेको हो। भकुन्डेबेसीको मुख्यबजार नजिकै एक स्थानीय मन्दिरमा नयाँ चतुर्मुखी शिवलिंगसहित दुई तहको ढुंगाको जलहरीको पिठमा अभिलेख फेला परेको विभागका अनुसन्धान अधिकृत मोहनसिंह लामाले जानकारी दिए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्