२२ आश्विन २०८१ मंगलबार
image/svg+xml

धारिलो हतियार प्रहार गरी पुरुषको हत्या,श्रीमतीमाथि आशंका

जिल्लाको उत्तर–पूर्वी चुरे क्षेत्रस्थित विकट गाउँमा धारिलो हतियार प्रहार गरी एक पुरुषको हत्या भएको छ ।

धारिलो हतियार प्रहार गरी पुरुषको हत्या, पत्नी पक्राउ

सर्लाहीको उत्तर–पूर्वी चुरे क्षेत्रस्थित विकट गाउँमा धारिलो हतियार प्रहार गरी एक पुरुषको हत्या भएको छ। हत्यामा संलग्न भएको आशंकामा प्रहरीले मृतककै पत्नीलाई अनुसन्धानका लागि नियन्त्रणमा लिएको छ।

धारिलो हतियार प्रहार गरी पुरुषको हत्या, हत्या आशंकमा पत्नी पक्राउ

जिल्लाको उत्तर–पूर्वी चुरे क्षेत्र स्थित विकट गाउँमा धारिलो हतियार प्रहार गरी एक पुरुषको हत्या भएको छ। हत्यामा संलग्न भएको आशंकमा प्रहरीले मृतककै पत्नीलाई अनुसन्धानका लागि नियन्त्रणमा लिएको छ।

धरानबाट पेस्तोल र एसएलआरको गोलीसहित ३ पक्राउ

प्रहरीले धरानबाट पेस्तोल, एसएलआरको गोली र लागुऔषधसहित ३ जनालाई पक्राउ गरेको छ। प्रहरीले बुधबार रातभर सर्च अप्रेशन गरेर धरान १५ बाट एक जना र धरान ११ बाट २ जनालाई हतियार, गोली र लागुऔषधसहित पक्राउ गरेको हो।

धारिलो हतियार प्रयोग गरी युवकको हत्या

जिल्लामा धारिलो हतियार प्रयोग गरी एक युवकको हत्या गरिएको छ। जिल्ला प्रहरी कार्यालय दैलेखका अनुुसार भैरवी गाउँपालिका–६ कुटीमा युवकको हत्या भएको हो।

पशुपति दर्शन गर्ने निहुँमा हतियारसहित छिरेका भारतीय प्रहरीको टोली पक्राउ

अनुमतिविना हातहतियारसहित पोशाकमै नेपाल आएका भारतीय प्रहरीलाई नेपाल प्रहरीले नियन्त्रणमा लिएर फिर्ता पठाएको छ। पशुपति मन्दिर दर्शन गर्ने निहुँमा मकवानपुरको हेटौंडा आइपुगेका भारतीय प्रहरीलाई प्रहरीले नियन्त्रणमा लिएर भारतको रक्सौल फिर्ता पठाएको हो।

पाँचथर हत्या प्रकरण : मुखुण्डो लगाएर आएका समूहले गरे नौ जनाको विभत्स हत्या, सबैको सनाखत

पाँचथरको मिक्लाजुङ गाँउपालिका–३ आरुबोटेमा गत राति दुई परिवारका नौ जनाको विभत्स हत्या गरिएको छ । घटनास्थलमा रहेकी लघु उद्यम प्रशिक्षक अर्चना गुरुङका अनुसार गत राति स्थानीय धनराज शेर्मा र उनका ससुरा बमबहादुर फियाकको परिवारका नौ जनाको धारिलो हतियार प्रहार गरी हत्या गरिएको हो । धनराजको परिवारका पाँच जनाको हत्यापछि शव घरभित्रै रहेको तथा बमबहादुरको परिवारका चार जनाको शव घरभित्र तथा बाहिर विभत्स अवस्था भेटिएको गुरुङले जानकारी दिनुभयो । वडाध्यक्ष हस्तराज फियाकले घटनाको पुष्टि गरे ।

दुई सातामा १४ थान हतियार बरामद

सरकारले नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपा माओवादीलाई प्रतिवन्ध लगाएसँगै सुर्खेत प्रहरीले अबैद्य हतियार संकलन अभियानलाई तिब्रता दिएको छ। जिल्ला प्रशासन कार्यालय सुर्खेतले सार्वजनिक सूचनामार्फत हतियार बुझाउन दिएको एक महिने समय सकिएलगत्तै प्रहरीले गाउँगाउँबाट अबैद्य हतियार संकलन गर्न थालेको हो।

भैरहवामा गोली चल्योः हतियारसहित एक भारतीय पक्राउ, तीन प्रहरी घाइते

रुपन्देहीको सिद्धार्थनगर पालिकामा वडा नं. १० शंकरपुर दशगजा क्षेत्रमा बिहीबार साँझ ५ बजेतिर गोली चलेको छ। भारतबाट हतियार लिएर नेपाल प्रवेश गरेका एक व्यक्तिलाई नेपाल प्रहरीले नियन्त्रणमा लिन खोज्दा भारतीय पक्षबाट ३०/३५ जनाको समूहले प्रहरी माथिनै आक्रमणको प्रयास गर्दा आत्मरक्षाका लागि प्रहरीले गोली एक राउण्ड गोली चलाएको हो।

मध्यरातमा घरमा लुटपाट

नकाबसहितको हतियारधारी समूहले शुक्रबार राति हरिपुर नगरपालिका–३, फरहदवास्थित विकाउ महराको घरमा लुटपाट मच्चाएको छ। चारजनाको समूहमा रहेका लुटेराले घरमा रहेका महिला एवं बालबालिकालाई नियन्त्रणमा लिई तीस हजार रुपैया“ नगद तथा एक थान सुनको तिलहरी लुटेर लगेको पीडितले बताएका छन्।

‘हतियार व्यापार सन्धि’बाट अमेरिका फिर्ता हुने

आफ्नो देशलाई अन्तर्राष्ट्रिय हातहतियार व्यापार सन्धिबाट फिर्ता ल्याउने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बताएका छन्। आफ्ना पूर्ववर्ती राष्ट्रपति बाराक ओबामाले राष्ट्रहरुबीच हतियारको किनबेचमा नियमन गर्नका लागि सन् २०१३ मा गरेको सम्झौताबाट आफू फिर्ता हुने ट्रम्पले बताएका छन्।

गण्डकी प्रदेशमा ४७ थान हतियार बुझाइए

पोखरा- गण्डकी प्रदेशमा इजाजत नलिएका र नवीकरण नगरिएका ४७ थान हतियार सम्बन्धित व्यक्तिले बुझाएका छन्।

सीमानाकाबाट प्रहरीले बरामद गर्‍याे हतियार

नेपाल प्रहरीले बुधवार मध्यरातमा सीमानाकाबाट हतियारसहित गोली बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय रौतहटबाट प्रहरी निरीक्षक पप्पु नायकको कमाण्डमा खटिएको एम्बुस टोलीले एक थान कटुवा पेस्तोल र एक थान गोली बरामद गरेको हो ।

ताप्लेजुङ प्रहरीद्वारा १२५ थान हतियार संकलन

जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले करिव महिना दिनको अवधिमा १ सय २५ थान हतियार संकलन गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्