२१ फाल्गुन २०८२ बिहीबार
image/svg+xml

भक्तपुरमा ७१ दशमलव ४६ प्रतिशत मतदान

प्रारम्भिक विवरण अनुसार भक्तपुरमा ७१ दशमलव ४६ प्रतिशत मतदान भएको मुख्य निर्वाचन अधिकृत प्रकाश मगरले जानकारी दिए ।

पर्सामा ६७ प्रतिशत मतदान

अहिले मोटामोटी तथ्यांक प्राप्त भएको बताउदै निर्वाचन प्रमुख रेग्मिले बिहीबार राति १० बजेसम्म अन्तिम तथ्यांक आउने प्रतिक्रिया दिए ।

यस कारण गुमाउन सक्छन् एमाले-कांग्रेसले जनमत

नयाँ सरकार र संसद्मा पुराना खास गरी कांग्रेस र एमालेको उपस्थिति विगतको संसद्मा भन्दा पातलो हुनसक्ने हाम्रो सहकर्मीहरूको निर्वाचनअघि र मतदानपछिको आकलन रहेको छ ।

ताप्लेजुङमा ५१.४५ प्रतिशत मत खस्यो, मतपेटिका संकलन सुरु

जिल्ला निर्वाचन कार्यालयका अनुसार ताप्लेजुङमा ९० हजार ३ सय २७ मतमध्ये ४६ हजार ४ सय ७४ मत खसेको छ।

चितवनमा ६० प्रतिशत मत खसेको प्रारम्भिक अनुमान

जिल्ला निर्वाचन कार्यालय चितवनका निर्वाचन अधिकृत भिमसेन कार्कीका अनुसार प्रारम्भिक चरणमा ६० प्रतिशत मत खसेको हो । पुरा रिपोर्ट आउन बाँकी छ ।

मध्यपूर्व तनाव प्रभाव: बिहीबारका १५ अन्तर्राष्ट्रिय उडान रद्द

मध्यपूर्वको हवाई क्षेत्रमा आएको अवरोधका कारण केही अन्तर्राष्ट्रिय उडानहरू ढिलाइ, पुनःतालिका वा रद्द हुन सक्ने सम्भावना रहेको सूचनाका उल्लेख छ।

यी १५ जिल्लाका मतपेटिका हेलिकप्टरबाट ढुवानी गरिँदै

निर्वाचन आयोगले भौगोलिक रूपमा दुर्गम रहेका १५ जिल्लाका मतपेटिका हेलिकप्टरमार्फत ढुवानी गर्ने व्यवस्था मिलाएको छ।

मतदानमा देखिएको सहभागिताले थप जिम्मेवार बनाएको छः गगन थापा

नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले एक विज्ञप्ति जारी गर्दै निर्वाचनमा सहभागी भई आफ्नो अमूल्य मताधिकार प्रयोग गर्ने सम्पूर्ण आमाबुबा, दिदीबहिनी तथा दाजुभाइप्रति उच्च सम्मानसहित कृतज्ञता व्यक्त गरेका छन्।

रोल्पामा करिब ४७ प्रतिशत मतदान, मतपेटिका संकलन सुरु

महिला ७४ हजार ९ सय ७ र पुरुष ७४ हजार ६ सय ९० गरि जम्मा १ लाख ४९ हजार ९७ मतदाता रहेको रोल्पामा शान्तपुर्ण वातावरणमा मतदान सम्पन्न भएको छ ।

काठमाडौंका यी स्थानमा हुँदैछ मतगणना

प्रतिनिधिसभा सदस्यको निर्वाचन बिहीबार सम्पन्न भएसँगै मतगणना तयारी भइरहेको छ। काठमाडौंको क्षेत्र नं-१ को मतगणना सहकारी विभागमा हुँदैछ।

मनाङको नार र फू का मतपेटिका शुक्रबार बिहान मात्र ल्याइने

हिमाली जिल्ला मनाङको सबैभन्दा दुर्गम नार्पाभूमि गाउँपालिकाका मतपेटिका भोलि बिहान मात्र सदरमुकाम ल्याईने भएको छ। मतदान सकिएको भएपनि मौसमी अवरोधका कारण हेलिकप्टर पुग्न नसक्दा विहीबार मतपेटिका सदरमुकाम चामे ल्याउन नसकिएको निर्वाचन आयोगले बताएको छ।

मतपेटिका संकलन हुनासाथ मतगणना सुरु हुन्छ: आयुक्त भण्डारी

निर्वाचन आयोगका कार्यवाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले मतपेटिका सुरक्षित रूपमा संकलन भएलगत्तै मतगणना कार्य सुरु गरिने बताएका छन्।

मध्यपूर्वबाट ‘ट्रान्जिट’ यात्रामा आउनुअघि टिकट कन्फर्म गर्न आग्रह

मध्यपूर्व क्षेत्रमा हवाई उडान प्रतिबन्धका कारण केही अन्तर्राष्ट्रिय उडानहरू बन्द वा प्रभावित भएको छ।

झापामा आजै रातिदेखि मतगणना सुरु हुने

निर्वाचन अधिकारी तुलसी नेपालले मतपेटिका सङ्कलनपछि राजनीतिक दलसहितको सर्वदलीय बैठकको निर्णयअनुसार मतगणना सुरु गरिने जानकारी दिए।

रमजानका समय पनि मतदानमा मुस्लिम महिलाहरुको उत्साहजनक सहभागिता

पानी समेन नखाएर उनीहरु बिहानदेखि साझ सम्म मतदान गरेका हुन् । मुस्लिम बाहुल जिल्लामा धेरै मुस्लिम महिलाहरु बुर्का लगाएरै मतदान केन्द्रमा पुगेका थिए ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्