व्यवस्था बहुदलीय अभ्यास निर्दलीय
लोकतान्त्रिक देशहरू लोकतन्त्रका लागि राजनीतिक दलहरू आवश्यक पर्ने निष्कर्षमा पुगेका छन् । त्यसैले राजनीतिक दलहरूको अभावमा लोकतन्त्रको संस्थागत विकास प्रायः असम्भव हुन्छ ।
लोकतान्त्रिक देशहरू लोकतन्त्रका लागि राजनीतिक दलहरू आवश्यक पर्ने निष्कर्षमा पुगेका छन् । त्यसैले राजनीतिक दलहरूको अभावमा लोकतन्त्रको संस्थागत विकास प्रायः असम्भव हुन्छ ।
सुदृढ युनियन र न्यूनतम ज्यालाको सुनिश्चतताले उत्पादकत्व वृद्धि हुन पुगेको थियो भने गरिब र धनीबीचको असमानताको खाडललाई नियन्त्रण गर्न सहयोग पुगेको थियो।
वामपन्थीहरूको समाजवाद, लोकतन्त्र र वामपन्थ जनतामा भ्रम सिर्जनागर्ने नारा मात्र हुन्। यसको आकर्षण र ब्रान्ड भनेको साम्यवाद नै हो।
मान्नुस् या नमान्नुस्, चौधरी/प्रसाईहरूको राजनीतिको लगानी भोलिका दिनमा आफ्नो पक्षमा नीति निर्माण गराउने स्वार्थसँग जोडिएको हुन्छ।
सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टीले हालै ‘साम्यवाद’लाई पार्टीको ‘उद्देश्य’बाट झिकेर आफ्नो राजनीतिकप्रतिवेदनमा‘दार्शनिकलक्ष्य’का रूपमा राखेकोछ।२००६सालमा गठन भएको नेपाल कम्युनिस्ट पार्टीले इतिहासमा प्रमुख कम्युनिस्ट पार्टीलेलक्ष्यसाम्यवादराखेका हुनाले अहिलेसम्मपार्टीको झण्डाको रङ रातो नै छ।साम्यवादका प्रणेतामाक्र्सले आफ्नोभाष्यमा समाजद्वन्द्वका क्रममा सामन्तवादबाट पुँजीवादहुँदै समाजवादअनि साम्यवाद स्थापनाहुने ठोकुवा गरेका थिए। उनले यो साम्यवाद वर्गविहीन र राज्यविहीनहुने बताएकाथिए।
सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले क्लीन फिड नीति लागु गरेरै छाड्ने स्पष्ट पारेका छन्। उनले क्लीन फिड नीतिले नेपाली मिडिया उद्योगमा समृद्धि आउने दाबी गरे।
पुरुष–सत्ताको उदय आदिम साम्यवादी समाजको विघटनको जगबाट भएको सर्वस्वीकृत तथ्य हो। पुरुष–सत्ताले महिलालाई यौन सन्तुष्टिको साधन, बच्चा उत्पादन गर्ने यन्त्र र घरेलु सेवकका रूपमा मात्रै अस्तित्व स्वीकार गर्दै आएको छ। सत्ताको आरोहण र बहिर्गमनको आलापालो चक्रमा फरक राजनीतिक फ्लेबरका पुरुष शासकहरू फेरिए। यद्यपि महिलाहरूलाई हेर्ने पुरुष–सत्ताको दर्शन र व्यवहार फेरिएन।
नेपाल कम्युनिस्ट पार्टीभित्र सरकार चलाइरहेकाहरू र बाहिर बसेकाहरू बीच उत्पन्न परकम्पले उत्पन्न गरेको सुनामी शान्त भइसकेको हो त ? राजनीतिको बजारमा यो प्रश्न अझै सेलाएको छैन। अन्तर्राष्ट्रिय साम्यवादी आन्दोलनलाई हेर्ने दृष्टिकोणका आधारमा विगतमा साम्यवादी दलहरू फुटिरहेका हुन्थे। यो पटक अमेरिकालाई हेर्ने र बुझ्ने फरक दृष्टिकोणका आधारमा नेपाल कम्युनिस्ट पार्टीमा कलहको बीजारोपण भएको छ।
दुईतिहाइभन्दा बढी बहुमतका साथ गठित स्वघोषित साम्यवादी दलको सरकारले एक वर्षको कार्यावधि पूरा गरेको छ। बिहानीले दिउँसोको झल्को दिन्छ भन्ने उक्ति पत्याउने हो भने तिनै तहको सरकारमा लगभग एकल वर्चस्व कायम गरेको नेकपा दोहोरो दलको कार्यसम्पादन पटक्कै आशलाग्दो देखिँदैन। आयात बेपत्ता बढेकाले शोधनान्तर घाटा उकालो लागेको छ।
शीर्षक मात्र सरक्क पढ्दा ‘के भनेको होला ?’ भन्ने लाग्नु स्वाभाविकै छ। यो पंक्तिकार पनि यो देश बाँच्छ भन्ने कुरामा त ढुक्क छ, विश्वस्त छ, भूभौतिक कारणबाट मात्रै पनिस तर नेपाल नेपाल नै भएर बाँच्ने हो कि यमन वा भेनेजुएला भएरस अहिलेको अहं प्रश्न भने त्यो हो। यो प्रश्न त्यसै खडा भएको होइन। निरन्तर ‘नियन्त्रित अस्थिरता’ व्यहोरिरहेको यस मुलुकले बल्लबल्ल पचास र साठीको अस्थिरताको दशक पनि पार गरेर तथाकथित स्थायित्व हासिल गर्योस मुलुक गणतन्त्रमयी लोकतन्त्र बन्योस संविधान बन्यो, झण्डै दुई तिहाइको ‘साम्यवादी’ सरकार पनि बन्यो। तर मुलुक र जनताले खोजेको भन्दा शासन व्यवस्था पृथक् ढंगले चलेकामा मुलुक त्रस्त छ। किन ?
नेपाली राजनीतिमा बिस्तारै तेस्रो विकल्पको सपना तुहिन लागेको छ। सपना देख्नेहरूले सोचेजस्तो विकल्पका सम्भावना अत्यन्त कमजोर जगमा अडिएको देखिँदैछ। दुईजना युवाले संयुक्त अभियानका रूपमा एक वर्षपहिले खडा गरेको विवेकशील साझा पार्टी दुई चोइटा हुन पुगेपछि त तेस्रो विकल्पको प्रश्न आफैँमा ओझेलमा परेको छ। नेपाली राजनीतिमा लोकतान्त्रिक नेतृत्वको इतिहास नेपाली कांग्रेससँग मात्र छ। उसलाई चुनौती दिने अर्को लोकतान्त्रिक राजनीतिक दलको उदय भएको छैन।
नेपालमा ‘वाद’को कमी छैन। हामीकहाँ साम्यवाद र समाजवाददेखि उदारवादसम्म र त्यसभित्रका विभिन्न तह र तप्काबारे छलफल चलि नै रहेको छ। यतिले नपुगेर एक समय हिजोको माओवादीले निकालेको ‘पचण्डपथ’ पनि देशमा हाबी भएको थियो यद्यपि त्यो के हो र कहाँ छ भन्ने कुरो यसका निर्माताहरूले पनि बिर्सिइसकेका छन्।
व्यक्तिगत सम्पत्तिको लोभ गर्नेहरू कम्युनिस्ट नेता हुनसक्दैनन् भन्ने वाक्य अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको छ। यो वाक्यका आविष्कारक सामान्य व्यक्ति होइनन्। सामान्य व्यक्तिले असामान्य कुरा गरे पनि समाजले त्यति महत्व दिँदैन। तर ठूला वा प्रभावशालीहरूका भनाइहरूलाई समाजले बहसमा ल्याउने गर्छ। साम्यवादी चीनका शक्तिशाली राष्ट्रपति सी जिन पिङको वाक्य हो यो। उनले साम्यवादमा विश्वास गर्ने नेताहरूले निजी सम्पत्तिमा लोभ गर्नु हुँदैन भन्ने विचार प्रस्तुत गरेका छन्।
साम्यवादका आधारमा सत्तामा जाने बाटाहरू कमजोर भएपछि संसारका साम्यवादीहरूले प्रणालीगतरूपमा साम्यवादलाई तिलाञ्जली दिँदै लोकतान्त्रिक प्रणाली स्वीकार गरेको अवस्था छ।
नेपाली कांग्रेसका सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाले पछिल्लो वाम गठबन्धन लोकतन्त्र विरोधी शक्ति भएको आरोप लगाएका छन्। उनले कम्युनिष्ट शासन स्थापना भएमा एकदलीय तानशाह जन्मने भन्दै त्यसो भएमा नेपाली जनताले डरत्रास पूर्ण दैनिकी बिताउन बाध्य हुनुपर्ने पनि बताए।