३ आश्विन २०८१ बिहीबार
image/svg+xml

हाइटी भूकम्पको एक वर्षः दुई लाख ५० हजार बालबालिका विद्यालय जान पाएनन्

ती विद्यालय भवनहरु निर्माण गर्न वर्षौँसम्म लाग्नसक्ने राष्ट्रसंघीय प्रवक्ताले जानकारी दिएका छन्। संयुक्त राष्ट्रसंघीय बालकोषले यहाँका २३४ कक्षा कोठा निर्माण गरिदिएको छ। सीमित आर्थिक अवस्था तथा अरु चुनौतीहरुका कारण राष्ट्रसंघीय बालकोषले गएको वर्ष दिनमा ती कक्षा कोठासहितका भवन निर्माण गरेको हो।

हाइटीमा ग्यास ट्रक विस्फोट, ६२ जनाको मृत्यु

हाइटीमा मङ्गलबार भएको ठूलो ग्यास ट्रक विस्फोटमा परी कम्तीमा ६२ जनाको मृत्यु भएको छ। गरिबीले ग्रस्त क्यारिबियन राष्ट्रको राजधानी हाइटीको दोस्रो सहर क्याप–हाइटियनमा सो विस्फोट भएको हो।

हाइटीको राष्ट्रपति निवासका सुरक्षा प्रमुख गिरफ्तार

हाइटीको राष्ट्रपति निवासका सुरक्षा प्रमुखलाई प्रहरीले नियन्त्रणमा लिएर थुनामा राखेको छ।

हाइटीमा खाद्य असुरक्षाको खतरा बढ्दै

राजनीतिक अस्थिरताका कारण हाइटीमा लामो समयदेखि विरोध प्रदर्शन जारी छन्। जसका कारण खाद्य असुरक्षा बढ्दै गएको बताइएको छ।

हाइटीमा खाद्य असुरक्षाको खतरा

राजनीतिक अस्थिरताका कारण हाइटीमा लामो समयदेखि विरोध प्रदर्शनहरु जारी रहेका छन्। जसका कारण यहाँ खाद्य असुरक्षा बढ्दै गएको बताइएको छ।

हाइटीमा नयाँ प्रधानमन्त्री नियुक्त

हाइटीका राष्ट्रपति जोभेनेल मोसेले सोमबार नयाँ प्रधानमन्त्री नियुक्त गरेका छन्। उनले फ्रिज विलियम मिसेललाई यहाँको नयाँ प्रधानमन्त्रीका रुपमा सोमबार नियुक्त गरेका हुन्।

२४ जना आप्रवासी पक्राउ

मध्य अमेरिकी मुलुक हाइटी र गिनीबाट संयुक्त राज्य अमेरिकातर्फ हिँडेका २४ जना अवैध आप्रवासीलाई ग्वाटेमाला प्रहरीले पक्राउ गरेको छ ।

राष्ट्रसंघीय मिसन पूरा गरेर हाइटीबाट नेपाली सुरक्षा टोली फर्कंँदै

क्यारेबियन मुलुक हाइटीमा विधिको शासन स्थापना, कानून पालना तथा त्यहाँको राष्ट्रिय प्रहरीलाई सुरक्षा व्यवस्थापनमा सघाएर नेपाली विशेष सुरक्षा टोली घर फर्कंदै छ। द्वन्द्वोत्तर उक्त देशमा न्याय प्रवर्द्धनका निम्ति संयुक्त राष्ट्रसङ्घीय ‘मिनुष्टा’ ‘मिशन’मा नेतृत्वदायी भूमिकामा रहेको १४० सदस्यीय नेपाली टोली आगामी वैशाख १८ गतेपछि स्वदेश फर्कन लागेको हो।

हाइटीका पूर्वराष्ट्रपति प्रेभलको निधन

हाइटीका पूर्वराष्ट्रपति रेने प्रेभलको शुक्रबार ७४ वर्षको उमेरमा निधन भएको छ। गरिबका अगुवाका रुपमा चिनिएका भएका प्रेभलले हाइटीको नेताका रुपमा दुई कार्यकाल सेवा गरेका थिए।

हाइटीमा सामुन्द्रिक आँधीले ल्याएको पीडा

उत्तरी आन्ध्र महासागरमा तीन दिनदेखि उठेको ‘म्याथ्यु’ नामक कडा सामुन्द्रिक आँधीले हाइटीमा विध्वंश मच्चाएपछि पूरा देश पिडामा परेको छ । उत्तरी आन्ध्र महासागरमा गत शुक्रबारबाट उठेको ‘म्याथ्यु’ नामक कडा सामुन्द्रिक आँधीले हाइटीमा विध्वंश मच्चाएपछि सो आँधी संयुक्त राज्य अमेरिकाको तटीय क्षेत्रतर्फ बढिरहेको छ ।

हाइटीमा आँधीले २३ को ज्यान लियो

हाइटीमा आएको शक्तिशाली आँधीका कारण मृत्यु हुनेको संख्या बिहीबार २३ पुगेको छ । बुधबार नौ जनाको मृत्यु भएको यहाँको गृह मन्त्रालयले जानकारी दिएको थियो । यस प्रकोपको कारण दशौं हजार मानिस विस्थाापित भएका छन् ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्