पोखराको प्याराग्लाइडिङ: पाइलटले लागुपदार्थ र मादकपदार्थ सेवन गरेको गुनासो
पोखराको आकाशमा पर्यटकलाई सयर गराउने प्याराग्लाइडिङ पाइलटले मादकपदार्थ र लागु पदार्थ सेवन गर्ने गरेको गुनासो आएपछि कास्की प्रहरीले प्याराग्लाइडिङको ‘टेकअफ प्वाइन्ट’मै पुगेर परीक्षण गरेको छ। पाइलटले लागुपदार्थ र मापदक पदार्थ सेवन गरे वा नगरेको थाहा पाउनका लागि कास्की प्रहरीको टोली नै प्याराग्लाइडिङको टेकअफ प्वाइन्ट पोखरा–१८ मान्द्रेढुंगा पुगेको थियो।