१६ वैशाख २०८१ आइतबार
image/svg+xml

विनाशलाई अवसरमा बदल्न सफल भयाैंः प्रधानमन्त्री

नेपालको पुनर्निर्माणसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन–२०७८ घोषणापत्र जारी गर्दै सम्पन्न भएको छ। प्रधानमन्त्री शेरबहादुर देउवाको प्रमुख आतिथ्यमा सम्मेलनको समापन गरिएको हो। २०७२ वैशाख १२ को भूकम्पपछिको पुनर्निर्माणका उपलब्धी, अनुभव तथा सिकाइ आदानप्रदान गर्न सम्मेलनको आयोजना गरिएको हो।

भूकम्पपछिको पुनर्निर्माणमा दातृ निकाय सन्तुष्ट

२०७२ सालको भूकम्पमा ८ हजार ७ सय ९० जनाले ज्यान गुमाएका थिए। भूकम्पका कारण करिब सात खर्ब रूपैयाँबराबरको क्षति भएको थियो। प्राधिकरणले भूकम्पले क्षतिग्रस्त ६ हजार ६ सय ४७ विद्यालय, ७ सय ५१ स्वास्थ्य चौकी र ३ सय ८८ वटा सरकारी भवन निर्माण गरेको बताएको छ। त्यसैगरी ७ सय ६४ किलोमिटर सडक र १५ सय खानेपानीका संरचना निर्माण गरिसकेको छ।

पुनर्निर्माणसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन मंसिरमा हुने

अन्तर्राष्ट्रिय सम्मेलनको मूल नारा ‘पुनर्निर्माणबाट उत्थानशीलतातर्फ’ रहेको छ।सम्मेलनमा निजी आवास पुनर्निर्माण, सांस्कृतिक सम्पदा पुनर्निर्माण, सार्वजनिक पूर्वाधार पुनर्निर्माण, जीविकोपार्जन तथा आर्थिक पुनस्र्थापना र सुशासनका विभिन्न पक्षमा गरिएका अनुसन्धानमूलक प्रस्तुतिका साथै विषयगत गोष्ठीसमेत गर्ने कार्यक्रम रहेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्