१९ असार २०८१ बुधबार
image/svg+xml

खानेपानी योजना समुदायलाई

भूकम्पपछि पुनर्निर्माणलाई सघाइरहेको अन्तर्राष्ट्रिय गैरसरकारी संस्था अक्सफाम नेपालले जिल्लामा २३ वटा खानेपानी आयोजना निर्माण गरी समुदायलाई हस्तान्तरण गरेको छ।

भूकम्पको ४१ महिनापछि बल्ल सर्भे

भूकम्पले पूर्ण क्षति भएका जिल्लाका दुईवटा विद्यालय पुनर्निर्माणका लागि बल्ल सर्भे सुरु भएको छ। भूकम्पको ४१ महिनापछि नेपाल राष्ट्रिय आधारभूत विद्यालय र नवविजयी मावि पुनर्निर्माणका लागि सर्भे थालिएको हो।

समयमा शहीद स्मारक निर्माण नगर्नेलाई कारवाही : गृहमन्त्री थापा

गृहमन्त्री रामबहादुर थापाले राष्ट्रिय शहीद तथा शान्ति पार्क (स्मारक) गोकर्णको काम अलपत्र छोड्ने निर्माण व्यवसायीलाई कानूनी कारवाहीको दायरामा ल्याउने प्रतिबद्धता व्यक्त गरेका छन्।

व्यवसायीका जायज काममा हस्तक्षेप हुँदैन: मन्त्री महासेठ

भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठले निर्माण व्यवसायीका जायज काममा सरकारी हस्तक्षेप नहुने प्रतिबद्धता जनाएका छन्।

बजेट नहुँदा दर्जनौ योजना अलपत्र

रोल्पा र प्युठानका विभिन्न सडक निर्माणको जिम्मा पाएको सडक डिभिजन कार्यालय चकचकेले बजेट नभएका कारण ‘काम रोक्नु’ भनेर ठेकेदारलाई मौखिक जानकारी गराएपछि निर्माण व्यवसायीसँगै योजनाहरू पनि अलपत्र परेका छन।

भूकम्पपछिको पुनर्निर्माण : इन्जिनियरद्वारा विशेष भत्ता माग

भूकम्पपछिको पुनर्निर्माणमा खटिएका इन्जिनियरको खोसिएको सेवा सुविधा पू्र्ववत् रुपमा कायम गर्न प्रोग्रेसिभ इन्जिनियरिङ एशोसियशनले माग गरेको छ।

बुटवल उपमहानगरमा चक्रपथ निर्माण हुने

प्रदेश ५ को अस्थायी राजधानी बुटवलमा चक्रपथ निर्माण प्रक्रिया सुरु भएको छ। दिनप्रतिदिन जनघनत्व बढ्न थालेपछि बुटवल उपमहानगरले १९ वटै वडामा नगरबस सञ्चालन गर्ने गरी चक्रपथ निर्माण थालेको हो।

नाका खोल्न पूर्वाधार निर्माण तीव्र

चीन जोड्ने उत्तरको मुख्य तातोपानी नाका खुलाउन सडक लगायत पूर्वाधार विकासको काम थालिएको छ । २०७२ वैशाख १२ को बिनासकारी भूकम्पपछि आयात–निर्यात व्यापारबाट वार्षिक २० अर्ब रुपैयाँ कारोबार हुने यो नाका बन्द रहँदै आएको छ ।

निर्माण व्यवसायीको रकम चाँडै भुक्तानीगर्छौं : मन्त्रीमहासेठ

भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले निर्माण व्यवसायीका बाँकी रकम चाँडै भुक्तान गरिने बताएका छन् । मंगलबार नेपाल निर्माण व्यवसायी महासंघको प्रतिनिधिमण्डलसँगको भेटमा मन्त्रीमहासेठले प्रक्रिया पुर्याएर व्यवसायीको रकम भुक्तानी गर्ने बताएका हुन्।

युद्धस्तरमा उकालो

हामीलाई त्यतिबेला मात्र हतार हुन्छ, जतिबेला हामी सडकमा निस्कन्छौँ। अरूबेला हाम्रो गति सुस्त छ। सरकारी कार्यालयदेखि विकास निर्माणको गतिसम्म सुस्त छन्। हाम्रा विकासका कामलाई सुस्त बनाउन आन्तरिक र बाह्य दुवै कारणले भूमिका खेलेका छन्। आन्तरिक कारणले विकास निर्माण जति ढिलो हुन्छन् बाह्य कारणको पनि उत्तिकै ठूलो प्रभाव छ। हाम्रा काममा हतार किन नभएको ?

सतप्रतिशत घर बनाउने कालिका पहिलो वडा

भूकम्पबाट सर्वाधिक क्षतिग्रस्त सिन्धुपाल्चोकको कालिका गाउँ जिल्लामा पुनर्निर्माण (व्यक्तिगत आवास निर्माण) सम्पन्न गर्ने पहिलो वडा बनेको छ। सुनकोसी गाउँपालिका–३ कालिकाका ६ सय ५३ परिवारले पुनर्निर्माण सकेका हुन्।

मेन्छ्यायेममा निर्माणाधीन संरचनाको विषयमा विवाद बढ्दै

तेह्रथुम, संखुवासभा र ताप्लेजुङको सिमानामा पर्ने मेन्छ्यायेम डाँडामा बन्दै गरेका भौतिक संरचनालाई लिएर लिम्बू समुदायबीच विवाद बढ्न थालेको छ। मेन्छ्यायेमको उच्च भू–भागमा किराँत धर्मावलम्वीले माङहिम (मन्दिर) निर्माण गर्न थालेपछि युमा धर्म मान्ने लिम्बु समुदायले लिम्बु जातिको ऐतिहासिकता र मौलिकता नष्ट भएको भन्दै विरोध गर्न थालेपछि लिम्बू समुदायबीच विवाद बढ्न थालेको हो।

सडकका ठेकेदारलाई जिम्मा

ललितपुरको बुङमतीमा रहेको ऐतिहासिक रातो मच्छिन्द्रनाथ मन्दिर पुनर्निर्माणमा खेलाँची गरिएको पाइएको छ। उपत्यकाको पुरानो र परिचित ऐतिहासिक जात्रा बोकेको मन्दिर बनाउन सडकका ठेकेदारलाई जिम्मा दिइएको छ।

पावर हाउस निर्माण कार्य सुरु

रसुवाको आमाछोदिङ्मो गाउँपालिका–५ चिलिमेमा निर्माण भइरहेको माथिल्लो सान्जेन जलविद्युत् आयोजनाको पावर हाउस निर्माणको काम सुरु भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्