१३ मंसिर २०८१ बिहीबार
image/svg+xml

‘माइक्रो म्यानेजमेन्ट छोडे नेपाल–भारत सम्बन्ध सुध्रिन्छ’

नेकपा एमालेका सचिव योगेश भट्टराईले आफ्नो पार्टी निर्वाचनको पक्षमा रहेकोले बताउँदै यसको लागि संविधान बाधक नभएको स्पष्ट पारेका छन्। भट्टराईले संविधान संशोधन सुनियोजित तरिकाले संसदमा दर्ता गराएर निर्वाचनको वातावरण विथोल्ने षड्यन्त्र भइरहेको आरोपसमेत उनले लगाए। उनले प्रचण्ड नेतृत्वको वर्तमान सरकार संविधान कार्यान्वयन गर्न र प्राप्त उपलब्धिहरुको रक्षा गर्न गठन भएको भए वैशाखको अन्तिमसम्म स्थानीय तहको निर्वाचन गर्नुपर्ने र आगामी ०७४ माघ ७ गतेभित्रै बाँकी निर्वाचनहरु गर्नुपर्ने माग गरे।

युपीसँग जाेडिएका नेपाल–भारत सीमा नाका ४८ घन्टा बन्द हुने

भारतको उत्तर प्रदेशसँग जोडिएको नेपाल–भारत सीमा नाका माघ १२ गते बिहान ७ बजेदेखि ४८ घन्टाका लागि बन्द हुने भएको छ।

नदी नियन्त्रण बारे नेपाल–भारत सांसदहरूकाे सर्लाहीमा छलफल

नदी नियन्त्रणका विषयमा नेपाल–भारत दुई देशका सांसदबीच मंगलबार सर्लाही सदरमुकाम मलंगवामा छलफल भएको छ। सर्लाही भएर बग्ने लखनदेही खोलाको बाढीले दुबै देशका गाउँहरु डुबानमा पर्दै आएका कारण नदी नियन्त्रणका लागि सोमबार सर्लाहीको मलंगवामा नेपालका सांसद र भारतका विधायकहरुबीच फलफल भएको छ।

काठमाडौंमा नेपाल–भारत मैत्री मेला हुने

काठमाडौंमा नेपाल–भारत मैत्री मेला कार्यक्रम अयोजना हुने भएको छ। नेपाल–भारत युथ मैत्री संघको आयोजनामा उक्त कार्यक्रम आयोजना हुन लागेको हो। मेलामा नेपाल तथा भारतको सांस्कृतिक तथा पर्यटन प्रदर्शनी समेत हुने भारतीय संस्था क्रेजी चेप्सका अध्यक्ष अमिन चन्द्रकारले बताए।

नेपाल–भारत द्विपक्षीय परियोजना कार्यान्वयन गर्ने सहमति

नेपाल र भारत द्विपक्षीय सहयोगमा आधारित परियोजनाको प्रभावकारी कार्यान्वयन गर्न सहमत भएका छन् ।

नेपाल–भारत सम्बन्ध सुध्रियोः भारतीय राजदूत

नेपालका लागि भारतीय राजदूत रञ्जित रायले पछिल्लो समय नेपाल र भारत दुबैको तर्फबाट भएका उच्चस्तरीय द्विपक्षीय भ्रमणले नेपाल–भारत सम्बन्ध नयाँ उचाईमा पुगेको बताएका छन्।

नेपाल–भारत संयुक्त विज्ञिप्तिप्रति ओलीको आपत्ति

एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहालको भारत भ्रमणले अनावश्यक भूमिका आमन्त्रण गरेको भन्दै आपत्ति जनाएका छन्। ‘प्रधानमन्त्रीले नेपाल–भारत सम्बन्धमा सुधार आयो भन्नुभएको छ’, मंगलबार संसदमा बोल्दै उनले भने, ‘के कुरामा सप्रियो सम्बन्ध? नाकाबन्दी खुलाउनु भयो कि कुनै रोकिएको सन्धि सम्झौता गर्नु भयो कि ?’

‘नेपाल–भारत सम्बन्ध कसैले बिगार्न सक्दैन’

नेपाली काँग्रेसका नेता नारायण खड्काले नेपाल–भारत सम्बन्ध कसैले बिगार्न नसक्ने दाबी गरेका छन्।‘नेपाल र भारतबीच अत्यन्तै मैत्रीपूर्ण र ऐतिहासिक छ,’ बुधबार रिपोर्टस क्लबले आयोजना गरेको साक्षात्कारमा उनले भने,‘यो सम्बन्ध अहिलेदेखि होइन, प्राचीनकालदेखि नै घनिष्ठ छ।’

नेपाल–भारतबीच द्विपक्षीय उच्च तहको भ्रमण छिट्टै: रणजित राय

नेपालकालागि भारतीय राजदूत रणजित रायले नेपाल–भारतबीच द्विपक्षीय उच्च तहको भ्रमण छिट्टै हुने बताएका छन्। उनले उपप्रधान एवं गृहमन्त्री विमलेन्द्र निधीको भारत भ्रमण भारतको राष्ट्रपति प्रणव मुखर्जीको नेपाल भ्रमण, नेपालका प्रधानमन्त्री पुष्पकमल दाहालको भारत भ्रमण र नेपालका राष्ट्रपति विद्या भण्डारीको भारत भ्रमण मिति तय गर्नेमा केन्द्रित हुने बताए।

नेपाल–भारत सैन्य सामग्री आपूर्ति समझदारीमा : भारतीय दूतावास

भारतीय दूतावासले आपसी समझदारीका सर्तमा आधारित भएर नेपाल–भारतबीच सैन्य सामग्री आपूर्ति हुने गरेको बताएको छ । नागरिकमा मंगलबार प्रकाशित ‘भारतले माग्यो उपहारको मोल’ शीर्षक समाचारमाथि प्रतिक्रिया व्यक्त गर्दै दूतावासले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘दुई सरकारबीच सहमति भएर गरिएका कुनै पनि आपूर्तिमा कुनै विचलन रहेको छैन ।’

नेपाल–भारत सीमा व्यवस्थापन गरिन्छः भूमिसुधार मन्त्री सुब्बा

काठमाडाैं– भूमिसुधार तथा व्यवस्थामन्त्री रामकुमार सुब्बाले नेपाल–भारतबीचका सीमा व्यवस्थापन गर्न लागिएको जानकारी दिएका छन्। विनियोजन विधेयक, २०७३ अन्तर्गत भूमिसुधार तथा व्यवस्था मन्त्रालयको शीर्षकमाथिका छलफलमा उठेका प्रश्नको बुधबार संसद् बैठकमा जवाफ दिँदै उनले दुवै देशका बीचका सीमा स्तम्भ निरीक्षण गर्ने कार्य सम्पन्न भएको बताए।

नेपाल–भारत सन्धि सम्झौता पुनरावलोकन गर्न प्रबुद्ध समूह एकमत

काठमाडौँ-नेपाल–भारतबीच गठित प्रबुद्ध समूहको पहिलो बैठक दुई देशकाबीच सन् १९५० मा भएको सन्धिदेखिका सन्धि सम्झौतालगायतका द्विपक्षीय विषय पुनरावलोकन गर्न एकमत भएको छ।

नेपाल–भारत सम्बन्धको नयाँ अध्याय सुरुः राजदूत रे

नेपालका लागि भारतीय राजदूत रन्जित रेले नेपाल–भारत सम्बन्ध कसैले चाहेर पनि विगार्न नसक्ने बताएका छन्। दुईदेशबीचको सम्बन्ध अब नयाँ अध्यायबाट सुरु भएको उनको दाबी छ।

नेपाल–भारत सम्बन्ध सामान्य बन्दैछः पूर्वराजदूत उपाध्याय

भारतकालागि निवर्तमान नेपाली राजदूत दिपकुमार उपाध्यायले प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमणपछि नेपाल र भारतको सम्बन्ध सामान्य बन्दै गएको बताएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्