२२ आश्विन २०८१ मंगलबार
image/svg+xml

शैक्षिक प्रमाणपत्र धितोमा सात लाखसम्म ऋण

सरकारले शैक्षिक प्रमाणपत्र धितोमा राखेर सात लाख रुपैयाँसम्म ऋण दिने भएको छ । पाँच प्रतिशत ब्याजदरमा उक्त ऋण दिने भएको छ । अर्थमन्त्री युवराज खतिवडाले मंगलबार सार्वजनिक गरेको आर्थिक वर्ष ०७५- ७६ को बजेटमा उक्त व्यवस्था गरिएको हो ।

ब्रोकरबाटै सेयर धितोमा ऋण

सेयर धितो राखी बैंकबाट कर्जा लिँदै आएका लगानीकर्ताले अब बैंकसम्म धाउनु नपर्ने भएको छ । सेयर किनबेचमा सहजीकरण गर्ने ब्रोकर कम्पनीले नै सेयर धितो राखेर कर्जा दिन पाउने कार्यविधि धितोपत्र बोर्डले पारित गरेपछि लगानीकर्ता बैंकसम्म पुग्नु नपर्ने भएको हो।

गैरकानूनी रुपमा धितोपत्र निष्काशन नगर्न आग्रह

नेपाल धितोपत्र बोर्डले गैरकानुनी ढंगबाट धितोपत्र सार्वजनिक निष्काशन नगर्न तथा लगानीकर्तालाई भ्रममा नपार्न आग्रह गरेको छ। एक सूचनामार्फत ‘धितोपत्रसम्बन्धी ऐन, २०६३’ को दफा २७ ले संगठित संस्थाले आफूले निष्काशन गर्ने धितोपत्र निष्काशन गर्नुअघि बोर्डमा दर्ता गराउनुपर्ने स्पष्ट कानूनी प्रावधान रहेको भनी बोर्डले सचेत गराएको छ।

आक्रमक बन्दै धितोपत्र बोर्ड

नेपाल धितोपत्र बोर्डले तीन दलाल कम्पनीलाई कारबाही गरेको १५ दिन नवित्दै पुनः एक अर्को दलाल कम्पनीलाई कारबाही गरेको छ । आइतबार व्यावसायिक आचरण पालना नगरेको भन्दै नेपाल धितोपत्र बोर्डले धितोपत्र दलाल व्यवसायी प्रज्ञान सेक्युरिटिज प्रालिलाई ७५ हजार रुपैयाँ जरिवाना गरेको छ ।

एनआईसी एशिया बैंकको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक नियुक्त

एनआईसी एशिया बैंक लिमिटेडले नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेडलाई धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकका रुपमा नियुक्ति गरेको छ।

ब्रोकरबाटै सेयर धितो राखेर कर्जापाइने

सेयर धितो राखी बैंकबाट कर्जा लिँदै आएका लगानीकर्ताले अब बैंकसम्म धाउनु नपर्ने भएको छ । सेयर किनबेचमा सहजीकरण गर्ने ब्रोकर कम्पनीले नै सेयर धितो राखेर कर्जा दिन पाउने व्यवस्था धितोपत्र बोर्डले गरेपछि लगानीकर्तालाई बैंकसम्म पुग्नु नपर्ने भएको हो ।

घर धितो राखेर ऋण

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले भूकम्पपीडितलाई बनाउँदै गरेको घर र घडेरी  धितो राखेर सहुलियत दरमा ऋण दिन प्रस्ताव गरेको छ। प्रधानमन्त्रीसहित सरोकारवाला मन्त्रालयको  आइतबार बसेको बैठकमा प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत गोविन्दराज पोखरेलले सो प्रस्ताव राखेका हुन्।

‘ग’ वर्गका वित्तीय संस्थाद्वारा धितोपत्र बोर्डको विरोध

नेपाल वित्तीय संस्था संघले ‘ग’ वर्गका वित्तीय संस्थाले धितोपत्र खरिद (सार्वजनिक निष्कासन) सम्बन्धी निर्देशिका, २०७३ बमोजिमको आस्बा प्रणाली अन्तर्गत आफूले पनि सेवा दिन पाउनुपर्ने माग गरेका छन् ।

सुनका गहना धितो राखेर गाउँमा सडक

म्याग्दीको भकिम्ली– ५ राखुका महिलाले गाउँमा सडक पुर्‍याउनका लागि सुनका गहना धितो राखेर उपभोक्ता समितिलाई पैसा जुटाइदिएका छन्।

एकै दिन धितोपत्र बोर्डका दुई विज्ञप्ति

धितोपत्र बोर्डले सोमबार एकै दिन दुई विज्ञप्ति निकालेको छ। सम्पत्ति शुद्धीकरण छानबिन समिति गठन गरिएकोमा त्यस्तो समितिले नकारात्मक प्रभाव पारेको भन्दै विघटन गरिएको एउटा विज्ञप्तिमा उल्लेख छ भने अर्कोमा लगानीकर्ता हतोत्साहित हुने अवस्था नरहेको बताइएको छ।

कसियो सेयर धितो र घरजग्गा कर्जा

सरकारले सेयर र घरजग्गा कर्जामा कडाइ गर्दै उत्पादनमूलक क्षेत्रमा लगानी बढाउने मौद्रिक नीति लिएको छ। साढे ६ प्रतिशत आर्थिक वृद्धि हासिल गर्ने लक्ष्य लिएको विस्तारकारी बजेटको पृष्ठभूमिमा केन्द्रीय बैंक नेपाल राष्ट्र बैंकले बिहीबार सार्वजनिक गरेको नयाँ मौद्रिक नीतिमा उत्पादनमूलक क्षेत्रको लगानीलाई बढावा दिँदै अन्य क्षेत्रलाई कसेको हो।

शेयर धितो कर्जामा कडाइ, बजारमा देखिएन असर, २७ अंककाे वृद्धि

काठमाडाैं– राष्ट्र बै‌कले बिहीबार सार्वजनिक गरेको नयाँ मौद्रिक नीतिले सेयर कर्जा धितोमा कडाइँ गरे पनि त्यसको असर सेयर बजारमा देखिएन। नयाँ नीतिअनुसार बैंकहरुले शेयर धितोमा प्रवाह गर्ने मार्जिन (मार्जिन लेन्डिङ) प्रकृतिको कर्जामा शेयरको मूल्यको ५० प्रतिशत मात्र कर्जा पाउनेछन् । यसअघि शेयर मूल्यको ७० प्रतिशतभन्दा बढी कर्जा बैंकहरुले उपलब्ध गराउँदै आएका थिए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्