५ जेष्ठ २०८१ शनिबार
image/svg+xml

जलवायुजन्य जोखिमबारे थप अध्ययन आवश्यक

जलवायुजन्य विपद् जोखिम गर्ने हिसाबले नेपाल विश्वमा अग्रसूचीमा पर्ने भएकाले जलवायुजन्य हानिनोक्सानीको अध्ययन, मापन तथा क्षतिपूर्तिबारे थप अध्ययन र अनुसन्धान गर्न आवश्यक रहेको विज्ञको सुझाव छ।

छुवाछूतविरुद्ध संकल्प प्रस्ताव

संविधान र कानुनमा व्यवस्था भएबमोजिम छुवाछूत वा विभेद गर्नेलाई कडा कारबाही गर्ने र पीडितलाई उचित क्षतिपूर्ति भराउने व्यवस्थाको प्रभावकारी कार्यान्वयन गर्न माग गर्दै संकल्प प्रस्ताव दर्ता गरिएको छ।

‘प्रदूषकले क्षतिपूर्ति तिर्नुपर्छ’

विश्वमा तातो हावा, बाढी, अनिकाल तथा अन्य जलवायुजन्य प्रकोपले ठुलो नोक्सानी गरिरहेको औंल्याउँदै गुटरेसले प्रदूषकले क्षतिपूर्ति तिर्नुपर्ने (पोलुटर मस्ट पे) बताएका हुन्।

करेन्ट लागेर मृत्यु भएका रावलको परिवारलाई क्षतिपूर्ति र करार जागिर दिने सहमति

विद्युत सेवा प्रवाहका लागि फिल्ड स्तरमा काम गर्दै करेन्ट लागेर ज्यान गुमाएका रावलका परिवारको माग र सर्वपक्षीय सहमति अनुसार प्राविधिकरण क्षतिपूर्ति र करारको जागिर दिन सहमत भएको हो।

सिटिजन्स लाइफद्वारा एक महिनामा ५७ लाख मृत्यु दाबी भुक्तानी

रघुगंगा गाउँपालिका–१ बेगका दुई जना बिमितका परिवारलाई आइतबार ५४ लाख मृत्यु दाबी रकम भुक्तानी गरेको कम्पनीले बेनी नगरपालिका–३ का शान्तराम बुढाथोकीका परिवारलाई तीन लाख ३८ हजार ३८८ हस्तान्तरण गरेको थियो।

वडाध्यक्षको मनोमानीः कार्यकर्तालाई राहात, किसानलाई आहात

गुलरिया नगरपालिका वडा–९ का अध्यक्ष हरी पासीले मनोमानी गरेको तथ्य सार्वजनिक भएको छ। किसानले पाउने क्षतिपूर्तिका लागि गरेको सिफारिसमा वडाध्यक्षले मनोमानी गरेको खुलासा भएको हो।

भारतीय जेलमा बिनाकसुर ४० वर्ष बिताएका इलामका दुर्गाप्रसादलाई क्षतिपूर्ति दिन आदेश

भारतीय जेलमा बिनाकसुर ४० वर्ष राखिएका ६१ वर्षे दुर्गाप्रसाद तिम्सिनालाई क्षतिपूर्ति दिन कोलकाता हाइकोर्टले आदेश दिएको छ।

करेन्ट लागेर मृत्यु भएको व्यक्तिका परिवारलाई १६ लाख क्षतिपूर्ति

ग्रामीण पूर्वाधार तथा वातावरण विकास मञ्च र पीडित परिवारबीच आज भएको छलफलपछि पीडित परिवारलाई रु १६ लाख क्षतिपूर्ति दिने सहमति भएको हो।

अर्बौं ठगीमा न्यून क्षतिपूर्ति

हरेक वर्ष एक अर्ब रूपैयाँ हाराहारी वैदेशिक रोजगारीको नाममा ठगी हुँदा औसतमा १०–१२ करोड रूपैयाँ क्षतिपूर्तिबापत पीडितले पाउने गर्छन्। यस्तो क्षतिपूर्ति पनि लामो दौडधुप र अनेक प्रयासपछि मात्रै हात लाग्छ।

जबरजस्ती घरटहरा भत्काएको भन्दै स्थानीय आक्रोशित

उचित क्षतिपूर्ति नदिई भक्तपुरको हनुमन्ते खोला करिडोर विस्तारको नाममा जबरजस्ती घरटहरा भत्काएको भन्दै स्थानीय आक्रोशित भएका छन्। बुधबार भक्तपुरको राधेराधेको अघिल्तिरको करिडोरमा प्रशासनले प्रहरी लगाएर टहरा भत्काएको भन्दै स्थानीय आक्रोशित भएका हुन्।

सुरुङमार्गमा पर्ने गुठीका मोहीले क्षतिपूर्ति पाउने

सरकारले कलंकी थानकोट नागढुंगा सुरुङमार्ग आयोजना क्षेत्रभित्र पर्ने जग्गा अधिग्रहणका लागि क्षतिपूर्ति दिने निर्णय गरेको छ। जसमध्ये श्री ५ को बायु गुठिका मोहिहरुलाई ५० प्रतिशत क्षतिपूर्ति रकम उपलब्ध गराउने निर्णय मन्त्रिपरिषद्ले गरेको हो।

हावाहुरीले लाखौंको गोलभेडा नष्ट, क्षतिपूर्तिको माग

बुधबार दिउँंसो यहाँं परेको हावाहुरी र असिनापानीले सयौं व्यवसायीक गोलभेडा खेतीमा क्षति पुर्‍याई लाखौंका गोलभेडा नष्ट भएका छन् । ब्यवसायीक कृषि फर्महरु नष्ट भई सयौं व्यवसायीक फर्मका गोलभेडामा क्षति पुगेका हुन् ।

पाँच अस्पताल स्तरोन्नति, किसानलाई राहत प्याकेज

विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस(कोभिड–१९) नियन्त्रण, रोकथाम तथा उपचारको क्रममा ज्यान गुमाउने स्वास्थ्यकर्मीका परिवारलाई ५० लाख क्षतिपूर्ति घोषणा गरिएको छ। प्रदेश २ सरकारले शुक्रबार मन्त्रीपरिषदको बैठकबाट उपचारमा संलग्न स्वास्थ्यकर्मी तथा नियन्त्रणमा अग्रमोर्चामा खटिने कर्मचारीको निधन भए परिवारलाई उतm रकम क्षतिपूर्ति दिने निर्णय गरिएको हो।

कोरोना उपचारमा खटिँदा स्वास्थ्यकर्मीको मृत्यु भए ५० लाख क्षतिपूर्ति दिने घोषणा

स्वास्थ्यकर्मीहरुले उपचारमा खटिँदा आवश्यक पर्ने सुरक्षा सामग्रीको जोहो गर्न माग गरिरहेका बेला प्रदेश १ सरकारले भने त्यसक्रममा कसैले ज्यान गुमाए ५० लाख रुपैयाँ उपलब्ध गराउने घोषणा गरेको छ।

किसानलाई क्षतिपूर्ति र प्रहरीलाई कारबाही माग

किसानले वीरगन्ज भन्सारमा लिलामी गरिएको आलुको क्षतिपूर्ति र सशस्त्र प्रहरी बल, राजस्व सुरक्षा गुल्म १४ पर्सा वीरगन्जका प्रमुख सशस्त्र प्रहरी नायब उपरीक्षक अमरबहादुर खत्रीलाई कारबाही माग गरेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्