७ वैशाख २०८१ शुक्रबार

कुमारी बैंकको जुम्ला शाखा सञ्चालन

कुमारी बैंकले आफ्नो नयाँ शाखा सञ्जाल बिस्तार गरेको छ। बैंकले जुम्ला जिल्लास्थित चन्दननाथ नगरपालिका ६ मा मंसिर ४ गतेबाट जुम्ला शाखा सञ्चालनमा ल्याएको छ।

मुक्तिनाथ क्यापिटलको नयाँ शाखा चिप्लेढुंगामा

मुक्तिनाथ क्यापिटलले शाखा बिस्तारको क्रममा पोखराको चिप्लेढुंगामा नयाँ शाखा सञ्चालनमा ल्याएको छ।

सिटिजन्स बैंकको १८३ औं शाखा सञ्चालनमा

सिटिजन्स बैंकले काठमाडौंको काँडाघारीमा १८३ औं शाखा सञ्चालन गरेको छ। यससँगै काठमाडौं उपत्यकाभित्र सिटिजन्स बैंकको शाखा३६ वटा पुगेका छन्।

काठमाडौं उपत्यकामा सिटिजन्स बैंकको थप ३ शाखा

सिटिजन्स बैंकले शाखा विस्तार गर्ने क्रममा आफ्नो १७५ औं, १७६ औं तथा १७७ औं शाखा काठमाडौंको ठूलो भर्‍याङ, थली र बुढानीलकण्ठमा गरी थप ३ वटा शाखा सञ्चालनमा ल्याएको छ।

मञ्जुश्रीको कलङ्की शाखा सञ्चालनमा

मञ्जुश्री फाइनान्स लिमिटेडले काठमाडौं महानगरपालिका वडा नम्बर १४, कलङ्कीमा आफ्नो २५ औं शाखा उद्घाटन गरेको छ।

एभरेस्ट बैंकका थिमी र काँडाघारीमा शाखा

एभरेस्ट बैंक लिमिटेडले भक्तपुरको थिमी र काठमाडौंको काँडाघारीमा आफ्नो नयाँ शाखा सञ्चालनमा ल्याएको छ।

राजापुरमा सांग्रिला डेभलपमेन्ट बैंक

सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले बर्दियाको राजापुर नगरपालिका वडा नम्बर ४ मा रहेको राजापुर शाखा सञ्चालनमा ल्याएको छ।

मुक्तिनाथ बैंक १६औं वर्षमा

मुक्तिनाथ विकास बैंक १६औं वर्षमा प्रवेश गरेको छ। सो अवसरमा बैंकले डिजिटल माध्यमद्वारा एकै साथ ३२ वटा शाखा उद्घाटन गरेको छ।

ग्लोबल आइएमईको शाखा कटारी बजारमा

ग्लोबल आइएमई बैंकले उदयपुरको कटारी बजारमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ। कटारी नगरपालिका–३ स्थित कटारी बजारमा नयाँ शाखा सञ्चालनमा आएको बैंकले जनाएको छ।

वीरगन्जमा सांग्रिलाको शाखा सञ्चालन

सांग्रिला डेभलपमेन्ट बैंकले वीरगन्जस्थित लिंकरोडमा शाखा स्थापना गरेको छ। उक्त शाखा कार्यालय सञ्चालनमा आएसँगै सो क्षेत्रका सर्वसाधारणलाई सहज बैंकिङ सुविधा पुग्ने बैंकको विश्वास छ।

आइसिएफसीको २०औं शाखा सञ्चालनमा

आइसिएफसी फाइनान्स लिमिटेडले रूपन्देहीको तिलोत्तमा नगरपालिका, वडा नम्बर १ ड्राइभरटोलमा २०औं शाखा सञ्चालनमा ल्याएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्