१८ असार २०८१ मंगलबार
image/svg+xml

नेपाल-कोरिया उडानमा प्राधिकरण नै बाधक

समयमै सेफ्टी अडिट भएको भए सिओलस्थित इन्चोन इन्टरनेसनल एयरपोर्टमा वायुसेवा निगमको सिधा उडान भइसक्ने अवस्थामा प्राधिकरणकै कमजोरीले सात वर्षसम्म उडान हुन नसकेको हो ।

असार पहिलो साताबाट सिड्नीमा उडान गर्ने नेपाल एयरलाइन्सको तयारी

राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)ले अष्ट्रेलियाको सिड्नी विमानस्थलमा उडानको समय (स्लट) पाएको छ।

वायुसेवा निगमले तिर्‍यो दुई कोषलाई एक अर्ब ३५ करोड

'डेढ वर्षको दौरानमा तिर्न नसकेको रकम नयाँ नेतृत्व आएको आठ महिनाभित्रै तिर्न सफल भएको छ। फ्लाइट अकुपेन्सी बढ्नुका साथै उडान गन्तव्य पनि विस्तार भएकाले निगमले ऋण दायित्व भुक्तानी गर्न सफल भएको हो।'

निगमको साउदी अरेबियाको रियादमा सिधा उडान सुरु

निगमले हालै रियाद, दमाम र जेद्दामा उडानको अनुमति पाएको थियो। रियादस्थित नागरिक उड्डयन कार्यालयको जेनरल अथोरिटी अफ सिभिल एभिएसन्सले त्यहाँका तीनवटा सहर जेद्दा, दमाम र रियादमा दुईतर्फी उडानको अनुमति दिएको थियो। निगमले पहिलो चरणमा वैशाख ९ गतेदेखि काठमाडौँ–रियाद–काठमाडौँ सातामा तीन उडान गर्नेछ।

वायुसेवा निगमले वैशाख ९ गतेदेखि साउदी अरेबियाको रियाद उडान गर्दै

राष्ट्रिय ध्वजावाहक नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) ले यही वैशाख ९ गते (२२ अप्रिल २०२२) देखि साउदी अरेबियाको रियादमा सिधा उडान भर्ने भएको छ।

नेपाल एयरलाइन्सको नियमित काम कार्बाही सञ्चालनमा

समाचारको सारांशराष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को नियमित काम कार्बाही सञ्चालनमा आएको छ।

नवनियुक्त अध्यक्ष अधिकारी भन्छन्ः राष्ट्रिय ध्वजावाहकको प्रतिष्ठा बढाउँछु

राष्ट्रिय ध्वजावाहक नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) का कार्यकारी अध्यक्षमा युवराज अधिकारी नियुक्त भएका छन्। मन्त्रिपरिषद्को आज भएको बैठकले निगमका पूर्व कर्मचारीसहित रहेका अधिकारीलाई कार्यकारी अध्यक्ष पदमा नियुक्त गर्ने निर्णय गरेको हो।

नेपाल–श्रीलंका सम्बन्ध

श्रीलंका सरकारले पनि नेपाल र श्रीलंकाका जनताबीचको सम्बन्ध कसिलो बनाउन नेपाली पर्यटकका लागि किफायती प्याकेज ल्याउनुपर्छ।अहिले काठमाडौं–कोलम्बो एकतर्फी भाडा ६५ हजारछ, जुन दूरीका हिसाबले अत्यन्त महँगो हो।

निगमको एक उडान शवका लागि

राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को वाइडबडी ए ३३० जहाजले मलेसियाको राजधानी क्वालालम्पुरबाट हरेक महिनाको एक उडानबाट नेपाली नागरिकको शव ल्याइरहेको छ।

स्वास्थ्य सामग्री लिन निगमको जहाज बेइजिङ जाँदै

बेजिङबाट स्वास्थ्य सामग्री लिएर निगमको जहाज भोलिपल्ट राति (सोमबार) काठमाडौँ अवतरण गर्ने निगमको उडान तालिका रहेको निगमका प्रवक्ता करिश्मा श्रेष्ठले जानकारी दिए। यही चैत १ गतेको मन्त्रिपरिषद्को बैठकले मित्रराष्ट्र चीनबाट प्रदान गरिने कोभिड–१९ विरुद्धको खोप ‘भेरासेल’ लगायत सहायता सामग्री स्वीकार गर्ने निर्णय गरेको थियो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्