१० मंसिर २०८१ सोमबार
image/svg+xml

प्रश्न उठेपछि नैतिकताको आधारमा राजीनामा दिँए : गोकुल बास्कोटा

सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले आफ्नोबारे प्रश्न उठेकाले राजीनामा दिएको बताएका छन्। उनले आफुले नैतिकताको आधारमा राजीनामा दिएको बताएका छन्। ट्वीट गर्दै बास्कोटाले भनेका छन्, 'मेरो बारेमा प्रश्न उठेकोले सम्माननीय प्रधानमन्त्रीज्यू समक्ष नैतिकताको आधारमा मन्त्री पदवाट राजिनामा दिएको जानकारी गराउँदछु।'

कांग्रेसद्वारा संसद अवरुद्ध

सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटालाई बर्खास्त गर्न माग गर्दै नेपाली कांग्रेसले प्रतिनिधि सभा बैठक अवरुद्ध गरेको छ।

सञ्चारमन्त्री बास्कोटाले दिए राजीनामा

सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले राजीनामा दिएका छन्। मन्त्री बास्कोटाले राजीनामा दिएको सभामुख अग्नी सापकोटाले संसदमा जानकारी दिए।

गृह सचिव राईको राजीनामा, अख्तियारको आयुक्त बन्दै

गृहसचिव प्रेमकुमार राईले सचिव पदबाट राजीनामा दिएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगको आयुक्तमा नियुक्त गर्ने तयारी भएको छ । उनले आगामी २२ माघमा अनिवार्य अवकास पाउने भए पनि पाँच दिनअगाडि राजीनामा दिएका छन् । सरकारले राईको २० माघदेखि लागु हुनेगरी राजीनामा स्वीकृतसमेत गरिसकेको छ । अख्तियारमा दुई आयुक्त पद रिक्त रहेको अवस्थामा सरकारले राईलाई सिफारिस गर्ने तयारी गरेको छ । स्रोतका अनुसार केही दिनमै संवैधानिक परिषद्को बैठक राखेर राईलाई आयुक्तमा सिफरिस गरिनेछ ।

राज्यमन्त्री झाकाे राजीनामा

भौतिक पूर्वाधार राज्यमन्त्री डिम्पल झाले मंगलबार पदबाट राजीनामा दिएकी छन्। राज्यमन्त्री झा राष्ट्रिय जनता पार्टी(राजपा)संसदीय दलका नेता तथा भौतिक पूर्वाधार मन्त्री जितेन्द्र सोनललाई राजीनामापत्र बुझाएकी हुन्।

राष्ट्रपतिका सल्लाहकार प्याकुरेलले दिए राजीनामा

सुशील प्याकुरेलले राष्ट्रपति विद्यादेवी भण्डारीको सल्लाहकारबाट राजीनामा दिएका छन्। उनले पहिलो कार्यकालका दुई वर्ष र दोस्रो कार्यकालमा करिब दुई बर्ष राष्ट्रपतिको सल्लाहकारको रुपमा विताए।

'मेरो ब्याकअपमा कुनै व्यक्ति वा संस्था छैन, संविधान थियो’

उपसभामुख शिवमाया तुम्बाहाङ्फेले राजीनामा दिएकी छन्। नेपालको संविधानको धारा ९१ को उपधारा(६) को खण्ड (ख) तथा प्रतिनिधिसभा नियमावलीअनुसार उनले सोमबार राजीनामा दिएकी हुन्।

उपसभामुख तुम्बाहाङ्फेद्वारा राजीनामाको घोषणा

प्रतिनिधिसभा उपसभामुख शिवमाया तुम्बाहाङ्फेले राजिनामा दिने घोषण गरेकी छन्। सोमबारको प्रतिनिधि सभा बैठकमा सम्बोधन गर्दै आफू मार्गप्रसस्त गर्ने निष्कर्षमा पुगेको जानकारी तुम्बाहाङ्फेले गराएकी हुन्।

यही अवस्‍थामा कसरी पदबाट राजीनामा दिने ?

उपसभामुख शिवमायाँ तुम्वाहाङ्फेले आफुनै सभामुख पदको दावेदार भएको बताएकी छन्। न्यूज एजेन्सी नेपालसँग कुरा गर्दै उनले यो स्वभाविक भएको समेत बताएको छन्। 'उपलाई प्रमुख बनाउन नसक्ने के छ त्यस्तो प्रावधान, संविधानले रोकेको छ ? छैन', भन्दै प्रश्न गरेकी छन्।

शहरी विकासमन्त्री राईले पनि दिए राजीनामा

समाजवादी पार्टीले सरकारबाट हट्ने निर्णय गरेपछि शहरी विकासमन्त्री मोहम्मद इश्तियाक राईले पनि राजीनामा दिएका छन्।

यस्तो छ उपेन्द्र यादवले तयार पारेको संविधान संशोधन प्रस्ताव

उपप्रधानमन्त्री तथा कानूनमन्त्री उपेन्द्र यादवले सोमबारको मन्त्रिपरिषद बैठकमा संविधान संशोधन प्रस्ताव पेश गर्न खोजे पनि प्रधानमन्त्रीले त्यसलाई रोकेपछि उनले मंगलबार पदबाट राजीनामा दिए। उनले मन्त्रिपरिषदमा दर्ता गर्न खोजेको प्रस्तावमा नेपालको संविधानमा संशोधन परिमार्जन एवं सुधार गर्नु पर्ने विषय अध्ययन गर्न समिति गठन गर्ने विषय समेटिएको छ।

समाजवादी पार्टी सरकारबाट बाहिरिने

समाजवादी पार्टी सरकारबाट बाहिरिने भएको छ। पार्टीको तर्फबाट सरकारमा सहभागी उपप्रधान तथा कानुन मन्त्री उपेन्द्र यादवले आजै(मंगलबार) राजिनामा दिने उनका प्रेस सल्लाहकार महेश चौरसियाले जानकारी दिए।

सुनसान थवाङको उपनिर्वाचन: सबै सदस्यको राजीनामा

यहिं मंसिर १४ गते उपनिर्वाचन हुन थालेको थबाङ गाउँपालिका वडा न. १ का सबै वडा सदस्यहरुले राजीना दिएका छन्। गत स्थानीय तहको निर्वाचनमा स्वतन्त्रबाट निर्वाचित उनीहरुले एक मुस्ट राजीना दिएका हुन्। आउदै गरेको वडा अध्यक्षको चुनावमा स्वतन्त्र उमेदवार भद्र झाकृलाई निर्विरोध नबनाएपछि उनीहरुले राजीनामा दिएका हुन्।

राजीनामा दिन नेतान्याहुलाई आग्रह

इजरायलको ‘ब्लु एन्ड ह्वाइट’ पार्टीका नेता बेनी गान्जले प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको दल लिकुड पार्टीका नेताहरूलाई सरकार गठनमा आफूलाई सघाउन आग्रह गरेका छन्। उनले प्रधानमन्त्री नेतान्याहुलाई सरकारको नेतृत्वको दौडमा पछि हट्न सुझावसमेत दिएका छन्।

स्वास्थ्य सचिव चौधरीको राजीनामा अस्वीकृत

सरकारी सेवा छाडेर विश्व स्वास्थ्य संगठन(डब्लुएचओ)मा जागिर खान जाने डा. पुष्पा चौधरीको योजनामा सरकारले रोक लगाएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्