गेटा मेडिकलको लागि बनाइएको भौतिक संरचनामा स्वास्थ्य विज्ञान विश्वविद्यालय स्थापना गरिँदै
सरकारले कैलालीको गेटामा मेडिकल कलेज सञ्चालनका लागि निर्माण गरिएको भौतिक संरचनामा स्वास्थ्य विज्ञान विश्वविद्यालय नै बनाउने भएको छ।
सरकारले कैलालीको गेटामा मेडिकल कलेज सञ्चालनका लागि निर्माण गरिएको भौतिक संरचनामा स्वास्थ्य विज्ञान विश्वविद्यालय नै बनाउने भएको छ।
अघिल्लो सरकारका युवा तथा खेलकुद मन्त्री महेश्वरजङ्ग गहतराजले खेलकुद विश्वविद्यालय खोल्ने नीति तथा कार्यक्रममै प्रस्ताव गरे। वर्तमान पर्यटन मन्त्री सुदन किराँतीले त अझ हौसिएर ३ वटा विश्वविद्यालय खोल्ने तयारीका लागि विभिन्न समिति नै बनाए।
'अब खेललाई हामीले शिक्षाको रुपले अगाडी बढाउने पहल सुरु गरेजस्तै हामीले एउटा पहल थालौँ। सांस्कृतिक विश्वविद्यालयको कन्सेप्टभित्र कसरी लाने? सबैलाई जीवन दिने मानिसहरुको तेरो सर्टिफिकेट कति हो भनि सोध्नुपर्ने जस्तै। उसले डिग्री हासिल गर्न मार्कसिट त लिनै पाउँदैन नि।'
मंगलबार बसेकोमन्त्रिपरिषद्को बैठकले वीरगन्ज प्राविधिक विश्वविद्यालय र कृषि विश्वविद्यालय सप्तरी स्थापना सम्बन्धि अध्यादेश जारी गर्न प्रदेश प्रमुखलाई सिफारिस गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं अर्थ मन्त्री शैलेन्द्र प्रसाद साहले बताए।