सर्वोच्चले १५ प्रतिशत लाभांश दिने
आर्थिक वर्ष २०७७/२०७८ मा कुल सेयर पुँजी एक करोड ४९ लाख ९३ हजार सात सय रहेको सस्थाले कुल निक्षेप संकलन १३ करोड ४० लाख कुल कर्जा लगानी आठ करोड ७४ लाख गरी कुल आम्दानी एक करोड ७५ लाख गर्दै सञ्चालन मुनाफा २९ लाख १७ हजार बनाएको छ ।