१३ मंसिर २०८१ बिहीबार
image/svg+xml

दुर्घटनास्थलबाट हटाइयो मलिन्दो एयरको जहाज

बिहीबार राति त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको घाँसे मैदानमा दुर्घटनाग्रस्त हुन पुगेको मलिन्दो एयरको जहाजलाई दुर्घटनास्थलबाट हटाइएको छ ।

दुर्घटनाग्रस्त मलिन्दो एयरको जहाज (फोटो फिचर)

काठमाडौंबाट मलेसियाको क्वालालम्पुरतर्फ उडान भर्न लागेको मलिन्दो एयरको जहाज बिहीबार राति १०ः०७ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दुर्घटनाग्रस्त भएको छ।

त्रिभुवन विमानस्थलभित्र ठूलो दुर्घटनाबाट जोगियो मलिन्डो एयरको जहाज

काठमाडौंबाट मलेसियाको क्वालालम्पुरतर्फ उड्न लागेको मलिन्डो एयरको जहाज बिहीबार राति त्रिभुवन अन्तर्राष्ट्रिय विभानस्थलमा ठूलो दुर्घटनाबाट जोगिएकोा छ।

सगरमाथा आरोहणको कालो दिन, हिमपहिरो दुर्घटनाको ४ वर्ष

१६ जनाको मृत्यु हुने गरी सगरमाथा क्षेत्रमा हिमपहिरो गएको बुधबार ४ बर्ष पूरा भएको छ। २०७१ बैशाख ५ अर्थात सन् २०१४ अप्रिल १८ मा गएको हिमपहिरोमा परी १६ जना नेपाली शेर्पा गाइडको मृत्यु भएको थियो।

विवाहको गाडी दुर्घटना हुँदा २१ को मृत्यु, २९ घाइते

वैवाहिक समारोहका लागि जाँदै गरेका व्यक्तिहरु चढेको मिनी ट्रक दुर्घटना हुँदा भारतमा २१ जनाको मृत्यु भएको छ भने २९ जना घाइते भएका छन्। मिनी ट्रकमध्ये प्रदेशमा पर्ने नदीमा पुलबाट तल खसेर दुर्घटना भएको प्रहरी अधिकारीहरुले बुधबार जानकारी दिएका छन्।

दुर्घटनामा शिक्षकको मृत्यु

धादिङको गल्छी गाउँपालिका–१ मा रहेको भैरवी आधारभूत विद्यालयका शिक्षक हरिप्रसाद खतिवडाको मोटरसाइकल दुर्घटनामा परी मंगलबार साँझ मृत्यु भएको छ।

१८ यात्रु बाेकेकाे समिट एयरको विमान दुर्घटनाबाट बच्यो

समिट एयरको विमान दुर्घटनाबाट जोगिएको छ। बिहान १०ः३० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट लुक्लाको तेञ्जिङ हिलारी विमानस्थल आएको नाइन एनएएमएच कल साइनको उक्त जहाज धावनमार्गमा अवतरण गर्ने क्रममा उफ्रिएर पछाडिको भागले जमीन छोएको प्रहरी निरीक्षक प्रद्युम्न अधिकारीले जानकारी दिए।

जन्ती हिडेको कार दुर्घटना हुँदा एकको मृत्यु, दुई गम्भीर

रौतहटमा कार दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ। दुईजना घाइते भएका छन्। रौतहटको सदरमुकामलाई जोड्ने मुख्य राजमार्गको यमुनामाई गाउँपालिकाको सुकदेव चौकनजिक बीआर ३० टी ०३३५ नम्बरको भारतीय स्कारपियो तीव्र गतिका कारण दुर्घटना हुँदा चालकको मृत्यु भएको हो।

एमाले अध्यक्ष तामाङ सडक दुर्घटनामा घाइते

नेकपा (एमाले) कञ्चनपुरका अध्यक्ष तारालामा तामाङ सडक दुर्घटनामा घाइते भएका छन्। उनलाई थप उपचारका लागि जहाजबाट काठमाडौं लगिएको छ। सोमबार साँझ धनगढी उपमहानगरपालिका वडा नम्बर १ स्थित नयाँबजारको बेल्सक्याफे नजिक रिक्सा चढ्ने क्रममा से ५ प ५०९१ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा तामाङ घाइते भएका हुन्।

मोटरसाइकल दुर्घटनामा दुईको मृत्यु

नयाँ वर्षका अवसरमा शैलुङ घुम्न आएका दुई जनाको मोटरसाइकल दुर्घटनामा परी गए राति घटनास्थलमै मृत्यु भएको छ।  दोलखाको तामाकोशी गाउँपालिका वडा नं १ मा तीव्र गतिमा रहेको मोटरसाइकल दुर्घटना हुँदा चालक रामेछाप, मन्थलीनगरपालिका–१ का १८ वर्षीय सागर श्रेष्ठ र मोटरसाइकलमा सवार सिन्धुपाल्चोक, साँगाचोकगढी नगरपालिका–४ का २५ वर्षीय राजकुमार मोक्तानको मृत्यु भएको हो।

छुट्टाछुट्टै दुर्घटनामा दुईको मृत्यु, नौ घाइते

चितवनमा दुई छुट्टाछुट्टै घटनामा दुई जनाको मृत्यु भएको छ। अन्य नौ जना घाइते भएका छन्। पूर्वी चितवनको राप्ती नगरपालिका–२ गडौलीस्थित राजमार्गमा नवलपुरबाट हेटौँडा जाँदै गरेको ना १ ज ३६०९ नम्बरको सुमो गाडी अनियन्त्रित भई सडक छेउमा पल्टिँदा एक जनाको मृत्यु भएको छ। सो दुर्घटनामा नौ जना घाइते भएका छन्।

नगरपालिकाकी उपप्रमुख दुर्घटनामा घाइते

कास्कीको पोखरा लेखनाथ उपमहानगरपालिका ३२ तल्लो गगनगौँडामा भएको सवारी दुर्घटनामा परी पर्वतको कुश्मा नगरपालिकाकी उपप्रमुख सीता काफ्ले लामिछाने घाइते भएकी छन्।

बाँदरमुढे घटना जनयुद्धमा भएको सबैभन्दा ठूलो दुर्घटना : अध्यक्ष दाहाल

नेकपा माओवादी केन्द्र्रका अध्यक्ष पुष्पकमल दाहालले चितवनको बाँदरमुढे घटना जनयुद्धमा भएको सबैभन्दा ठूलो दुर्घटना र गल्ती भएको दोहोर्‍याएका छन्।

धादिङमा मोटरसाइकल दुर्घटना, चालकको मृत्यु

पृथ्वी राजमार्ग अन्तर्गत धादिङको थाक्रे गाउँपालिका वडा नं ८ मा मोटरसाइकल दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्