ट्रम्पसँग सहकार्य गर्न असद इच्छुक
सिरियाका राष्ट्रपति बसर अल असदले अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पसँग सहकार्य गरेर आतंकबाद विरुद्ध लड्ने बताएका छन्। पोर्चुगलको एक टेलिभिजनसँग कुरा गर्दै असदले ट्रम्पले आफ्नो चुनावी प्रचारसारमा आतंकबादका विरुद्ध लड्ने प्रतिबद्धता जनाएकाले उनीसँग स्वभाविक रुपमा आतंकबाद विरुद्धको लडाईमा गठबन्धन हुने विश्वास व्यक्त गरेका हुन् ।