५ आश्विन २०८१ शनिबार
image/svg+xml
राजनीति

'त्रिदेशीय सहकार्य जरुरी'

काठमाडौं- चीनले तीन देश (नेपाल, चीन र भारत) को विकासलाई अघि बढाउन त्रिदेशीय सहकार्यमा जोड दिएको छ।

चीनको विदेश मन्त्रालय प्रवक्ता हुआ चुन्यिङले मंगलबार नियमित पत्रकार सम्मेलनमा तीन नेता (दाहाल–मोदी–जिनपिङ) बीच भारतको गोवामा हालै भएको छलफलमा आफ्ना राष्ट्रपतिले त्रिदेशीय सहकार्यबारे प्रस्ट पारेको जानकारी दिइन्।

नेतात्रयबीचको भेटले तीन देशको मात्र नभई यस क्षेत्रकै स्थायित्व र विकासमा योगदान दिने राष्ट्रपति सीको भनाइ उनले उद्धृत गरिन् । ‘नेपाल र भारत चीनका मित्र छिमेकी हुन् । तीन जनाबीच भएको छलफलले तीन देशको आर्थिक तथा सामाजिक विकास मात्र प्रवद्र्धन नगरी पूरै क्षेत्रको स्थायित्व र विकासमा सहयोग गर्छ भन्नेमा विश्वस्त छौं,’ हुआले भनिन्, ‘तीन देशका साझा विकासलाई अघि बढाउन हामीले कसरी नेपाल र भारतसँगको सहकार्य विस्तार गर्न सकिन्छ भन्ने विषय खोज्न चाहेका छौं ।’

गोवामा गत साता ब्रिक्स सम्मेलन क्रममा नेपाल, भारत र चीनका शीर्ष नेताबीच अनौपचारिक भेटवार्ता भएको थियो । प्रधानमन्त्री पुष्पकमल दाहालले उक्त भेटवार्तामा आफूले त्रिदेशीय साझेदारीको विषय उठाएको बताएका थिए ।

त्रिदेशीय साझेदारीप्रति खासै सकारात्मक नभएको भारतको विदेश मन्त्रालयका प्रवक्ता विकास स्वरुपले भने संयोगवश भेट भएका नेताबीच यसबारे अनौपचारिक छलफल मात्र भएको जनाएका थिए । त्रिपक्षीय अनौपचारिक भेटअघि चिनियाँ राष्ट्रपति सी र दाहालबीच वार्ता भएको थियो ।

त्यस क्रममा आफ्ना राष्ट्रपतिले ५० वर्षयता विश्वमा धेरै परिवर्तन भए पनि नेपाल र चीनबीचको सम्बन्ध राम्रोसँग अघि बढिरहेको प्रस्ट पारेको उनले उल्लेख गरिन् ।

उक्त भेटमा राष्ट्रपति सीले दुई देशबीच उच्चस्तरीय राजनीतिक सम्पर्क र भ्रमणमा जोड दिएको भन्दै प्रवक्ता हुआले थपिन्, ‘महŒवपूर्ण विषय र चासोमा एकअर्काबीच सहयोग आदानप्रदान हुनुपर्ने पनि बताउनुभएको थियो ।’

प्रकाशित: ३ कार्तिक २०७३ ०१:३० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App