coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml

नेपालमा स्विस व्यापार प्रतिनिधिमण्डल

स्विट्जरल्यान्डको दूतावासले स्विट्जरल्यान्ड ग्लोबल इन्टरप्राइज र नेपाल स्विस चेम्बर अफ कमर्स एन्ड इन्डस्ट्रिजसँगको सहकार्यमा स्वीस व्यापार प्रतिनिधिमन्डलको चार दिने नेपाल भ्रमण सम्पन्न गरेको छ।

एफएनसीसीआई र राष्ट्रिय स्वतन्त्र पार्टीबीच छलफल

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरू सम्मिलित प्रतिनिधिमण्डल र एफएनसीसीआईका पदाधिकारीबीच महासंघ सचिवालयमा अर्थतन्त्रमा उत्पन्न समस्या एवं समाधानका उपायहरू बारे बृहत् छलफल भएको छ।

युरोपियन आकाशमा नेपाली जहाज उड्ने अध्यक्ष तिमिल्सिनाको विश्वास

'युरोपियन आकाशमा नेपाली वायुसेवा उड्न पाइरहेको छैन, यहाँहरूमार्फत समन्वय गरेर नेपाली जहाज उड्ने वातावरण बन्नेछ भन्ने विश्वास गरेको छु', उनले भने। भेटमा फ्रान्स नेपाल संसदीय मैत्री समूहका अध्यक्ष साल्मोनले नेपालमा गरिएको आतिथ्यका लागि आभार व्यक्त गरे।

कसरी पूरा हुन्छ सन् २०४५ सम्ममा कार्बन शून्य उत्सर्जनमा पुर्‍याउने लक्ष्य

नेपालले जलवायु परिवर्तनसम्बन्धी अन्तराष्ट्रिय सम्मेलन, कोप–२६ मा नेपाली अर्थतन्त्रका सबै क्षेत्रलाई कार्बनरहित बनाउने महत्वाकाङ्क्षी योजनासहितको राष्ट्रिय जलवायु योजना (एनडिसी) पेस गरेको जनाउँदै सन् २०४५ भित्र विशुद्ध शून्य उत्सर्जनमा पुग्ने लक्ष्यको प्रतिबद्धता व्यक्त गरेको थियो।

नेपाल-अमेरिका सम्बन्ध र आपसी हितका विषयमा छलफल

प्रधानमन्त्री शेरबहादुर देउवासँग संयुक्त राज्य अमेरिकाका नागरिक सुरक्षा, लोकतन्त्र र मानवअधिकार उपविदेशमन्त्री उज्रा जिया नेतृत्वको प्रतिनिधिमण्डलले शिष्टाचार भेटवार्ता गरेको छ।

भारत-नेपाल सम्बन्ध विश्वमै उदाहरणीय छः प्रधानमन्त्री मोदी

भारतका प्रधानमन्त्री नरेन्द्र दामोदरदास मोदीले भारत–नेपाल सम्बन्ध विश्वमै अनुपम उदाहरणका रुपमा विकास भइरहेको बताएका छन्।

स्पेनिस संसदीय प्रतिनिधिमण्डल भक्तपुरमा

बागमती प्रदेश सभाका सभामुख सानुकुमार श्रेष्ठको निमन्त्रणमा नेपाल भ्रमणमा आएको स्पेनका सभामुख ब्लान्का मार्टिन डेल्गाडोको नेतृत्वमा २४ सदस्यीय प्रतिनिधिमण्डल बिहीबार साँझ भक्तपुर पुगेको छ।

भारतसँगको सम्बन्धलाई सुमधुर बनाउन काँग्रेस नेताहरु भारत भ्रमण जाँदै

पूर्व परराष्ट्रमन्त्री समेत रहेका काँग्रेस सहमहामन्त्री महतले दुई पार्टीबीचको छलफलले दुई मुलुकको बीचको नेतृत्व र जनता–जनताबीचको सम्बन्धलाई पनि बलियो बनाउने विश्वास व्यक्त गरे।

नेपाल–भारत परराष्ट्र सचिवस्तरीय बैठक सुरु

करीब एक वर्षको अन्तरालपछि राजधानीमा नेपाल र भारतका परराष्ट्रसचिवहरूको प्रतिनिधिमण्डलस्तरीय बैठक सुरु भएको छ।

सिद्धिचरण लोकमार्ग स्तरोन्नतिको माग गर्दै प्रतिनिधिमण्डल जाने तयारी

सिरहाको मिर्चयादेखि कटारी–घुर्मी हुँदै ओखलढुंगा जोड्ने सडक सिद्धिचरण लोकमार्गको स्तरोन्नति हनुपर्नेमा यहाँका सरोकारवालाहरुले जोड दिएका छन्। माथिल्लो सगरमाथाको प्रवेशद्वार मानिएको कटारी बजारदेखि ओखलढुंगाको सीमास्थल सुनकोसीस्थ्ति घुर्मीबजारसम्मको सडक अत्यन्त दूरावस्था रहेको भन्दै यसको दीर्घकालीन स्तरोन्नतिका लागि सरोकारवालाहरुले सम्बन्धित पक्षको ध्यानाकर्षण गराएका हुन्।

युनेस्कोको प्रतिनिधिमण्डल भक्तपुरमा

युनेस्कोको एक प्रतिनिधिमण्डलले विहीबार भक्तपुरको अवलोकन भ्रमण गरेको छ। युनेस्कोबाट आएका डा. गमीनी वीजीसुरीया, क्याथरिन फोर्बस् र नपिना श्रेष्ठ सिंहलगायत पुरातत्व विभागबाट आएका कर्मचारीहरु भक्तपुर घुमेका हुन्। प्रतिनिधिमण्डलले भक्तपुर दरवार स्वायरलगायतको अवलोकन भ्रमण गरेको थियो।

तालिबानले उच्चस्तरिय प्रतिनिधिमण्डल पाकिस्तान पठाउने

तालिबान प्रवक्ता सुहेल साहिनका अनुसार तालिबानका सहसंस्थापक तथा कतारको दोहास्थित राजनीतिक कार्यालयका प्रमुख मुल्लाह अब्दुल घानी बरादरले ११ सदस्यीय प्रतिनिधि मण्डलको नेतृत्व गर्ने छन्। प्रतिनिधि मण्डलले इस्लामाबादमा पाकिस्तानी उच्च अधिकारीसँग वार्ता गर्नेछ।

जापानी महिला सांसदको प्रतिनिधिमण्डल नेपालमा

जापानको लिबरल डेमोक्रेटिक पार्टीका महिला सांसदको प्रतिनिधिमण्डल बिहीबार नेपाल आइपुगेको छ। पार्टीका मुख्य उपमहासचिव एवं पूर्वरक्षामन्त्री तोमोनी इन्डा नेतृत्वको प्रतिनिधिमण्डलमा हाउस अफ काउन्सिलरकी सदस्य फुसेइ ओता, हाउस अफ रिप्रिजेन्टेटिभकी सदस्य मियो सुगितालगायत छन्। तीनदिने भ्रमणका क्रममा उनीहरुले राष्ट्रपति विद्यादेवी भण्डारी, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री थममाया थापालगायतसँग भेट गरेको छ।

तातोपानी नाका जेठ १७ देखि

उत्तरी चीन जोड्ने मुख्य नाका तातोपानी आगामी जेठबाट सञ्चालनमा ल्याउने तयारी भएको छ। २०७२ वैशाख १२ को विनाशकारी भूकम्पपछि उक्त नाका चार वर्षदेखि बन्द छ।

‘विवाद समाधानका लागि आधार तयार’

बेइजिङमा अमेरिकी प्रतिनिधिमण्डलसँग भएको व्यापार वार्ताले व्यापार विवाद समाधानका लागि आधार तय गरेको चीनले बिहीबार जनाएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्