१८ वैशाख २०८१ मंगलबार
image/svg+xml
अर्थ

नेपालमा स्विस व्यापार प्रतिनिधिमण्डल

स्विट्जरल्यान्डको दूतावासले स्विट्जरल्यान्ड ग्लोबल इन्टरप्राइज र नेपाल स्विस चेम्बर अफ कमर्स एन्ड इन्डस्ट्रिजसँगको सहकार्यमा स्वीस व्यापार प्रतिनिधिमन्डलको चार दिने नेपाल भ्रमण सम्पन्न गरेको छ।

भ्रमणको उद्देश्य स्विस कम्पनीहरूलाई नेपाली बजार र यसका प्रमुख सरोकारवालाहरूसँग परिचित गराउने रहेको थियो। जसमा फेरिङ, रोचे, स्टोन स्टेप र स्विस रे जस्ता संस्थाहरू सहभागी थिए।

प्रतिनिधिमन्डलले स्वास्थ्य मन्त्रालय, काठमाडौं महानगरपालिका, औषधी तथा प्रशासन विभाग, नेपाल विद्युत् प्राधिकरण, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, स्वास्थ्य सेवा विभाग, विकास साझेदारहरू, विभिन्न सरकारी तथा निजी अस्पतालहरू लगायतका उच्चस्तरीय निकायसँग भेटघाट गरेका थिए। प्रतिनिधिमन्डलले मुख्यतया स्वास्थ्य र पूर्वाधार विकासमा केन्द्रित विभिन्न निजी क्षेत्रका कम्पनीहरूसँग अन्तरक्रिया गरेको थिए।

यसै क्रममा नेपालका लागि स्विट्जरल्यान्डका राजदूत डा. डोनियल मेउलीले नेपाल र स्विट्जरल्यान्डबीच भएको हवाई सेवा सम्झौता जस्ता उपलब्धिहरू उल्लेख गर्दै नोभेम्बर २०२२ मा भएको पहिलो तथ्य खोजी अभियानको सफलतालाई प्रकाश पारिन्।

प्रकाशित: ८ चैत्र २०८० ०८:११ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App