२३ वैशाख २०८१ आइतबार
image/svg+xml

एनआरएनएको वर्तमान नेतृत्वमाथि सुनियोजित षड्यन्त्र गरियोः महासचिव डा. शर्मा

मध्यपूर्वका एनआरएनए प्रतिनिधिहरुलाई भर्चुअल रुपमा सम्बोधन गर्दै डा. शर्माले कोरोनाकालमा संस्थाको परीक्षा भएको र त्यसमा वर्तमान नेतृत्व उच्च अंकसहित पास भएको बताए। आफूहरु संघप्रति सधै इमान्दार रहेको जनाउँदै डा. शर्माले कुनै आर्थिक वा अन्य गलत गतिविधिमा संलग्न भएको भए प्रमाणित गर्न चुनौति दिए। 'हामी यहीँ छौ। एनआरएनए छाडेपनि हामी हाम्रो ठेगाना दिन तयार छौं,' उनले चुनौति दिँदै भने, 'संयुक्त राष्ट्रसंघ वा कहाँ गएर छानबिन गराउने हो गराए हुन्छ।'

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्